Skip to content


हे ईश्वर ! यत्रो उचाइमा नपुरयाउ
धरती हेर्दा टाढा देखियोस
यत्रो खुसी पनि नदिनु प्रभु
अरुको दुख :मा हाँसो उठोस्
त्यो शक्ति पनि नदेऊ प्रभु
जो निर्वलहरूमा प्रयोग होस्
त्यो भाव पनि नबाँड प्रभु
अरुको उन्नतीमा जलेर मरुँ
त्यस्तो ज्ञान दिंदै नदेऊ
हे प्रभु
जसले गर्दा घमण्ड बढोस
त्यस्तो दरिद्र पनि नबनाउ प्रभु
जानेको कुरा लुकाउनु परोस
अनि त्यस्तो चतुरो नबनाउ प्रभु
मान्छेलाई झुक्क्याएर ठग्नु परोस !!
———————————
(अनुदित :- हिन्दी फेसबुक पेज हिन्दी सायरीबाट )

Leave a Reply

Your email address will not be published. Required fields are marked *