Skip to content

“अलौकिक यात्रीहरु”

भरिलो जिन्दगीको खोजिमा
रसिलो जिन्दगीको खोजिमा
असिमित रहरहरुसँग
रहर मेट्ने आशामा
खुशी भेट्ने आशामा
धेरै यात्रीहरु
रहरका सिमाहरु छैनन् भनेर
खुसीको गन्तब्यहरु छैनन् भनेर
बुझेर पनि
जानेर पनि
भोगेर पनि
साँघुरो यथार्थको धरातलमा उभिएर
कल्पनाको फराकिलो क्षितिज हेर्दै
हलुङ्गो सास फेर्छन !
अनि
आकाशको तारापुन्जलाई समात्न खेजेर
सागरलाई अन्जुली भित्र समेट्न खोजेर
उक्लिन खोज्दा यात्रीहरु
यथार्थ भन्दा तल खस्न पुग्छन
तनावको दलदलमा फस्न पुग्छन
तर पनि
परिवर्तनसँगै
सत्यतालाई अङ्गाल्दैनन्
आँफैलाई सङ्गाल्दैनन्
सुन्दर फूल जीवनलाई
ब्यर्थैमा धिक्कार्छन
फेरी उस्तै गरी
फेरी उस्तै गतिमा
उही यात्रा गरि रहन्छन्
मुलबाटोमा उभिएर
गोरेटोमा उभिएर
दोबाटोमा उभिएर
बाटो नै खोजि रहन्छन्
बाटो नै सोधि रहन्छन्
बाटो नै बाटोमा
बाटो नै सोधि रहने
बाटो नै खोजि रहने
यै लोकको यात्रीहरु
अलौकिक यात्री जस्तो देखिन्छन् !

चाँगे: ५, ताप्लेजुङ
हाल: सिंगापुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *