Skip to content

मुस्कान भित्रको गहिराइ


तिनको मुस्कानभित्रको गहिराईमा म हराइसके
ओठ र आँखाको गहिराई भई हृदयसम्म पुगिसके
प्रेमको पूजारी तनका राजा आत्मालाई सोधिसके
के तिमी मेरी हुन्छौ ? म तँ तिम्रो भैसके

कम्पन्नभन्दा सानो आवाज यो हृदयले सुने
मैले पनि तिमीलाई रोजे मधुरमय स्वरले भने
दुई आत्माको मिलन नजरको रेखाले ताने
हृदयको पवित्र प्रेमलाई दुई ओठको मुस्कानले जाने

हृदयलाई तरंगित गर्ने तिनको मुस्कान प्रेम बनिसके
नजरको वाणले प्रेमको परिभाषा पढिसके
दुई धडकनको सन्देश पवनमय भइसके
विना आवज विना शब्द एक अर्का पढिसके

तिनको मुस्कानले मेरो अमूल्य हृदयलाई जितिसके
हृदयकी राजकुमारी भई यो मन भित्र खेलिरहे
प्रेमको दिप बनी दुई आत्मा विच बलिरहे
पवित्र हृदयको सम्वादले सदैव प्रेम अमर बनिरहे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *