Skip to content

मलाई थाहा छ पिजडामा कैद चरा किन गाउँछ

SajanKumar


एक स्वतन्त्र चरा पवन पछ्याउँदै उफ्रन्छ
र परपरसम्म तैरन्छ
त्यति बेलासम्म जति बेला बहाबको बैठान हुन्छ
र उसको पखेटा सूर्यको पहेंला–राता किरणहरूमा डुब्की लगाउँछ
र ऊ गगनमाथिको अधिपत्वको दावी गर्ने साहास गर्छ

तर एक चरा जो साँगुरो पिजडा भित्र खुम्चेर हिंड्छ
कदापि बुझ्न सक्दैन ऊ माथिका आक्रोशका छेकवारहरू
उसका पखेटाहरू काटिएका छन अनि खुट्टाहरू बाँधिएका छन
र पो ऊ आफ्नो घांटी उघार्छ गाउनका निमित

पिजडामा कैद चरा भयभित अनि कम्पित स्वरमा
अज्ञात बस्तुहरू बारे गाउँछ, तर शान्ति प्रतिको चाहना छ उस्मा
र उसको धुन परपर डाँडासम्म गुन्जित हुन्छ
किनभने पिजडामा कैद चरा स्वतन्त्रताको गीत गाउँछ
स्वतन्त्र चरा अर्को सिरेटोको बारेमा सोच्दछ

र पूर्वी बतास अज्झ मिहिन बन्दछ
निश्वास वृक्षहरू हुँदै
जीवन एका बिहानै मिर्मिरेको चम्किला चौरमा प्रतिक्षारत हुन्छ
र उसले गगन आफ्नै भएको घोषणा गर्दछ

तर एक पिजडामा कैद चरा सपनाहरूको समाधिमा उभिन्छ
उसको प्रतिविम्ब दु:स्वप्नमा चिच्याउँछ
उसका पखेटाहरू काटिएका छन अनि खुट्टाहरू बाँधिएका छन
र पो ऊ आफ्नो घांटी उघार्छ् गाउनका निमित

पिजडामा कैद चरा भयभित अनि कम्पित स्वरमा
अज्ञात बस्तु बारे गाउँछ, तर शान्ति प्रतिको चाहना छ
र उसको धुन परपरसम्मको डाँडासम्म गुन्जिन्छ
किनभने पिजडामा कैद चरा स्वतन्त्रताको गीत गाउँछ

माया एन्जेलुको कविता ‘I KNOW WHY THE CAGED BIRD SINGS’ को नेपाली अनुवाद
अनुवादकर्ताः सजन कुमार

Leave a Reply

Your email address will not be published. Required fields are marked *