Skip to content


बैशमा
जबर्जस्त जंगिए
रहेर निमुखा घोडामा
कोर्रा बजारेर जंग बहादुर
“हामी एक हौ !” म “स्वम” एक”
गधा ठान्ने बादशाह
-स्वभिमानी छ फाक्तंगलुङ्ग
– अरुण शान्त छ
-प्रतिबादमा छैन विजयपुर
त्यसैले त
अँझै गतिशील छ तमोर
मन्जुश्रीले बसालेको बस्तीमा
विवादको धरहरा?
टेकेर सगरमाथाबाट नियाल्दा
प्रस्टै देखिन्छ तिम्रो गरिमा
समयको नपुंस घण्टाघर आयु नापिरहेछ
निरकुश प्याश मेट्ने सुन्धारा
झेलको प्रतिविम्बित गर्दैछ रानीपोखरी
तिम्रो आस्थाको पशुपतिनाथ
किरातेस्वर महादेव भएपछि
ब्युझनेछ निद्राबाट बुढानिलकण्ठ
बिरुपक्ष हिड्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *