मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
साउनमा
इन्द्रमणि — Sun, 08/17/2014 - 19:17
साउनमा
तिमी झर्झरायौ कलिलो धरामा
अनि वग्न थाल्यौ पखेरो गरामा
रसायौ भुमिका परेका चिरामा
रमायौ खुशिले घना कन्दरामा
जसै मेघ बन्दै खुशि गड्गडायो
सयौं वायु डर्दै अहो हड्वडायो
घचेट्यो र ढाक्यो सगर् मेघले नै
अनि ओढि घुम्टो भुमि बेहुली झैं
ति मोति सरिका बुँदा तप्प झर्दा
किसानी हरुको खुशि सामु पर्दा
सबै गाउँ बेंसी कति व्यस्त हुन्छन्
भुमी मन्द हाँस्छीन् ति आकाश रुन्छन्
हिलो खेत बारी हिलै छन् किसान
हिलोमा खुलेकी परि झन् महान
हिलो छप्छपाई उनि धान रोप्छिन्
हँसाई रमाई खुशि शब्द बोक्छिन्
छ वारी र पारि ति भाका मिलेका
असारे सवाई कराई झुलेका
कतै बेठि लाए मुखिया रमाए
सबै छन् बराबर् कुरिती हराए
मकै बारी हेर्दा हरियो छ सारो
पसि काम गर्दा अनि हुन्छ गारो
छहारी मिलेमा कति शान्त हुन्थ्यो
उडेर चरि मन् वहाँ माथि पुग्थ्यो
थकाई हरायो करायो बतास
छिटो सक्नु पर्ने बनायो हताश
करायो र झ्याँउकिरी भन्न लाग्यो
पुग्यो आज जाउ यता रात जाग्यो
रमाएँ घर फर्किएर म आएँ्
मिल्यो स्नेह पाएँ मिठो झन् अघाएँ
भुलें दुख सारा पिताको नजिकै
भएँ स्वच्छ जस्तो थिएँ झैँ अघिकै ।।
सुनें बोली तोते भएँ झन् फुरुङ्ग
रमाए ति बाला भएँ झन् म दङ्ग
भुलें दुख सारा घरैमा रमाएँ
अनि दिन् सुनौलो त्यसैमा हराएँ ।।
छन्द: भुजङ्गप्रयात् य य य य
- 464 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- भावुक बनायाे
4 hours 50 min ago - सानो आग्रह गरे है सर
23 hours 32 min ago - कत्रो दुर दर्शिता
5 days 8 hours ago - सुनमा सुगन्ध हुने थियो कि
5 days 23 hours ago - appreciate
4 weeks 5 days ago - आभार
4 weeks 6 days ago - बहुत खुब कहिल्छि ।
5 weeks 2 days ago - आभार प्रकट गरे
5 weeks 4 days ago - शब्द र भाव राम्ररी मिलाउनु
5 weeks 4 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
5 weeks 4 days ago
लोकप्रिय रचनाहरू
Today's:
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- सरस्वती वन्दना
- तिमी शितल दिने छायाँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- छोरीको जन्मदिनको शुभकामना
- म पानी हुँ
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- प्रेमिलहरूको प्रेम दिवस
- विद्यार्थी हुँ म
- कुकुर
- यसै गरी मिलोस तिम्रो माया
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- प्रिय मेरी मायालु तिम्रो यादमा
- काली
- समयकाे धुन
- देशभक्त हुँ म
- नेपाली भाषाको शब्द-ढुकुटी
- महलकी रानी
- नेपाल मेरो घर
- सहकारी नारा (कविता)
- शुभ दिन बिहानीको
- गजल
- आग्रह
- हाम्रो बारेमा
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
Last viewed:
- साङ्केतिक भाषा
- निराशा
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- गौंथलीको चिरबिर (१)
- जिन्दगीको गोरेटोमा सधैं सुन्य हात लाग्यो
- धर्मग्रन्थ, यौन, र नारी
- नेपाली व्याकरण लेखन परम्परा
- वैसले ठगेको मान्छे म .......
- लोकतान्त्रिक गणतन्त्र सन्देश फुकाएर
- प्रभुको जो इच्छा
- महामारी ज्वरो
- प्रथम दुई दिने बृहत रामेछाप संस्कृति, कला तथा साहित्य सम्मेलन सम्पन्न
- विकृति प्रतियोगिताको आयोजक समिति
- लक्षण
- जिन्दगी मृत्युको कहतारोमा
- खुकुरीको चोट
- बानी क्या मजाको
- तिम्रो सम्झना
- रुवाई
- सेतो भूत
- निद्रा
- बाल अधिकार
- टोपी
- आँखाको निद खोसी लाने
- सेल्फ प्रोर्टे्रट
- पूर्ण विराम
- निका पैसा लै खोटा (डोटेली कविता)
- के फरक छ सादा र रङ्गिनमा?
- किन तिम्रो माया लाग्छ
- पद्य कविता
Post new comment