Skip to content

बोल-बोल एबोला


बोल-बोल एबोला ? कति गाँस खाने हो ?
अफ्रिकाका यी मानिस किन लाने हो ?

उन्का, कोठा, बेड छोई, हेरचाह गर्ने
सहयात्रीभई सवार गर्दा, पसिनाले सर्ने
ज्वरो नै हो शुरुमा त पछि वान्ता, रगत
यी लक्ष्यण देखा परे, नगर्नु है संगत

बोल-बोल एबोला ? कति गाँस खाने हो ?
अफ्रिकाका यी मानिस किन लाने हो ?

टाउको दुखी, वाक्वाकी र कमजोरी लाग्ने
यी कुरा नि देखापर्छन्, एबोलामा जान्ने
भोक्नलागि, मांशपेसी नि गल्ने हुन सक्छ
केहीदिन पछि घाटीं दुखी असर गर्न पुग्छ

बोल–बोल एबोला ? कति गाँस खाने हो ?
अफ्रिकाका यी मानिस किन लाने हो ?

शरीरमा बिविरा साना,देखिइने हुन्छ
गल्दैगइसकेपछि किड्नीलाई नि छुन्छ
सजग र सतर्क अब हुनै पर्ने भयो
लापर्वाही गर्नेको त ज्यानै पनि गयो

बोल-बोल एबोला ? कति गाँस खाने हो ?
अफ्रिकाका यी मानिस किन लाने हो ?

एकिन गर्न ल्याव जांचमा पठाउनै पर्छ
सकारात्मक लक्ष्यण देखे, आइसोलेशन गर्छ
दुइदिन देखी माथि, यसले असर शुरु गर्ने
एक्काइस दिनको, अवधी हो हेर्नु, कुर्नु पर्ने

बोल-बोल एबोला ? कति गाँस खाने हो ?
अफ्रिकाका यी मानिस किन लाने हो ?

यी रोगीलाई छुनु हुन्न, नमिलाऔ हात
जोसुकै होस्, गोरा, काला भन्दैन है जात
गाह्रै हुन्छ, बच्न, अँझ सद्गत जानेहरू
छोएर नि सर्ने हुँदा, टाढै बसौ बरु

बोल-बोल एबोला ? कति गाँस खाने हो ?
अफ्रिकाका यी मानिस किन लाने हो ?

नखानु बुशमिट, फल कीर् चमेरोले छोको
सावुनले हातमुख घोई, अब बसौं चोखो
छिटो सर्ने भाइरस यो, किन आको होला ?
सगैंहिड्दा, खाँदा–बस्दा पनि लिने चोला ?

बोल-बोल एबोला ? कति गाँस खाने हो ?
अफ्रिकाका यी मानिस किन लाने हो ?

रचयिताः दिव्यदीप दहाल
२०७१०४२६

Leave a Reply

Your email address will not be published. Required fields are marked *