म रोएँ अतालिदै, सपनीमा हराई
कहाली लाग्दो क्षण, ब्यूँझिएँ डराई
आशुले छयाप्पै, सिरानी त्यो मेरो
मर्नु छ एकदिन, के छ या तेरो
आउँदै थिए गुन्जिएर, परबाट स्वर
साचै नै त्यो, वास्तविक हो र ?
दुखी थिए मेरा, कोमल मन
के गर्नु थुपारेर, दुई दिनलाई धन
याद आयो आज, बालापनमा हाँसेको
पुतलीसँग रमाई, मितेरी गासेको
छैन त्यो दिन, अब आउने आश
हिंड्नु छ दिलमा, राखेर विश्वास
रन्जना न्यौपाने
चरिकोट, दोलखा