Skip to content

आन्दोलन गर्नै पर्छ अब……………………..(गजल)

जुलुस निकाल्दै, आन्दोलन गर्नै पर्छ अब
झण्डा ऊचाल्दै, आन्दोलन गर्नै पर्छ अब

अति भो देशमा, दुष्कर्म र पाखण्डी पारा
समय नियाल्दै, आन्दोलन गर्नै पर्छ अब

देश राष्ट्रियता र,स्वाभिमानका खातिर पुत्लाहरू
यी दलालका बाल्दै, आन्दोलन गर्नै पर्छ अब

सहि को? गलत को?,एक-एक गरी देशका कंयौ
कलङ्कहरू फाल्दै, आन्दोलन गर्नै पर्छ अब

भ्रष्ट र भ्रष्ट्राचारी, देश सिध्याउनेका शिरहरू
अचानोमा छिन्दै, आन्दोलन गर्नै पर्छ अब

Leave a Reply

Your email address will not be published. Required fields are marked *