Skip to content

आसमय बन्यो त्यो तिम्रो माया


आशमय बन्यो त्यो तिम्रो माया हृदय जलाई
अधुरो प्रेम चोटको कथा सुनाउ कसलाई
सुकेको ओठ आँसुमय गह लुकाउ कसरी
पोल्द छाती बग्दछ आँसु याद आउदा बेसरी

बुन्नेको सपना उजाडिदै गयो एकलो भो संसार
हे दैवा हाम्रो प्रेमले तिमीलाई के गरयो बिगार ?
प्रेम हाम्रो आधा बाटो नपुग्दै टुंग्याएयौ
बिछोडको रापले हामी दुईलाई जिउदै जलायौ

तस्बिर नियाल्छु उनको छाया तस्बिरले बोल्दैन
के भयो उनलाई खै्र कुन्नि केही नि सोधदैन
भेटदा हास्ने त्यो तिनको मुस्कान किन पो टाढियो
मायाको संसार किन पो एकाएक फेरियो

दैव तिमीले नै अब बाचन सिकाऊ
प्रेमको खेलमा प्रेमीबाट नै भतकाउन नलागाऊ
बाचा कसम केही पनि प्रेमको होइन निशानी
हृदयको हासो नै हुन प्रेमको बिहानी

Leave a Reply

Your email address will not be published. Required fields are marked *