मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
मेरो जिन्दगी, मेरो विश्वास: सकारात्मक सोच
kbs — Wed, 02/25/2009 - 17:27
म यस धर्तीका हरेक चिजबिजमा राम्रो कुरा अवश्य हुन्छ भन्ने विश्वास गर्छु । म भित्री आँखाले त्यस्ता कुरा हेर्ने प्रयास गर्छु । कुनै पनि मानिस राक्षस भएर जन्मिदैन । ऊभित्र राम्रोपन लुकेकै हुन्छ । म त्यो राम्रोपन, मेरा बच्चा र साथीहरूमा हेर्न खोज्छु । म शत्रुभित्र पनि त्यो शक्ति पहिल्याउन चाहन्छु ।
म कुनै चिज आफ्नै आँखाले मात्र होइन, अरूको आँखाबाट पनि हेर्न खोज्छु । अरूको आँखाबाट आफूलाई हेर्दा म देख्छु, मैले पनि धेरै गल्ती गरेको छु । आफूबाट भएका गल्ती महसुस गर्छु र सुधार्न खोज्छु ।
मैले पुराना गल्ती सुधारेँ भनेमात्र मलाई नयाँ काम गर्न सजिलो हुन्छ । हुन त काम गर्दा समस्या आउँछन्, तर समस्याको मूल्याङ्कन र उचित व्यवस्था गरी जीवनलाई सार्थक पनि बनाउन सकिन्छ ।
जीवनमा प्रगति गर्न सकारात्मक र आशावादी सोच नभई हुँदैन । कहिलेकाहीं विषम परिस्थितिमा भविष्यप्रति आशावादी भइरहन गाह्रो हुन्छ । मलाई पनि यस्तो धेरैपल्ट भएको छ । म छोरासँग मिलेर नयाँ होटल खोल्ने तयारीमा थिएँ । द्वन्द्वका कारण देश विषम परिस्थितिमा थियो । होटल खोल्ने उपयुक्त समय होइन कि जस्तो पनि लाग्दै थियो । तर त्यसबेला मैले मेरा पुराना दिन सम्झेँ- जुन बेला एउटामात्र होटल थियो र दुई रुपैयाँ डलरमा विदेशी पर्यटकलाई कोठा दिइन्थ्यो । यो सम्झेपछि लाग्यो, "जे भए पनि विगतभन्दा त धेरै कमाएको छु नि !" त्यसपछि मलाई राहत महसुस भयो । अनि आँट पनि आयो ।
मेरो इतिहासले विषम परिस्थितिमा पनि अझ आशावादी भएर अगाडि बढ्न मलाई हरेकपटक आत्मबल दिएको छ । अझै पनि मेरो पुरानो होटलमा एउटा कोठा दुई डलर भाडामा राखेको छु, इतिहास सम्भिmराख्नका लागि ।
म चाहन्छु, म सधैं आशावादी रहुँ । यदि मसँग आशा हुँदैनथ्यो भने सायद म कहिल्यै खुसी हुन सक्दैनथेँ । मेरी श्रीमती र छोरी क्यान्सरले बिते । मेरो आशावादी सोचले नै मलाई क्यान्सरविरुद्ध उभ्यायो । एक पैसामा क्यान्सर अस्पतालको अवधारणा सरकारलाई बुझाएँ । हुन त एक पैसा आफैंमा केही होइन, तर एक-एक पैसा धेरै भए भने भक्तपुर र भरतपुर क्यान्सर अस्पताल बन्न सक्दारहेछन् । आशावादी नभएको भए ती क्यान्सर अस्पताल त के, आफैं पनि प्रोस्टेट ग्रन्थिमा लागेको क्यान्सरले मरिसकेको हुन्थेँ । तर मसँग बाँच्ने आशा धेरै थियो, अनि आत्मबल पनि । त्यही आत्मबलले आफूलाई लागेको क्यान्सरलाई पनि हराएँ ।
आशावादी भइयो भने सकारात्मक सोच पलाउँछ । राम्रो सोचाइको परिणाम पनि राम्रै हुन्छ भन्ने मलाई विश्वास छ । सकारात्मक सोचले कर्तव्यबोध गराउँछ । त्यही कर्तव्यबोध नै समस्या समाधानका लागि अचुक ओखती हुँदोरहेछ । कर्तव्यले सधैं उद्यम गरिरहन सिकाउँछ, कुनै लोभलालचविना, एउटा कविले निरन्तर कविता लेखेझैं वा चित्रकारले चित्र बनाइरहेझैं ।
म जीवनमा पीडा नहोस् भनेर भगवानसँग प्रार्थना गर्छु । तर जीवनमा आइसकेको पीडाबाट निराश हुन्न । त्यही पीडाका आशाको नयाँ बाटो हेर्छु । त्यही आशाको सहायतालेे पीडालाई शक्तिमा परिवर्तन गर्छु । म पनि अरूजस्तै साधारण मानिस हुँ । मैले पनि धेरै भूल गरेको हुँला ।
आफूलाई अत्यन्त नैतिकवान् वा आदर्श व्यक्ति भन्दिन । काम गर्ने क्रममा जीवन चलोस् भन्छु । तर जीवन चलाउन राम्रो कुरा खोज्नु पर्दोरहेछ । जीवनमा समस्यासँगै राम्रा कुरा पनि जेलिएर आउँदारहेछन् । त्यस्तोबेला म आँखा चिम्लन्छु, अनि समस्यामा छोपिएका राम्रा कुराहरू देख्छु । मैले राम्रो कुरा खोज्नसकेँ भनेमात्रै म राम्रो मान्छे हुन सक्छु । यही नै मेरो जिन्दगी हो, मेरो विश्वास हो ।
यो लेख एन्टेना फाउन्डेसन नेपालको टेलिभिजन तथा रेडियो कार्यक्रम 'मेरो जिन्दगी मेरो विश्वास' बाट साभार गरिएको हो ।
- 6702 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- बहुत खुब कहिल्छि ।
1 day 4 hours ago - आभार प्रकट गरे
3 days 3 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
3 days 5 hours ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
3 days 22 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
4 days 1 hour ago - किताब राम्रो रहेछ । बधाई छ
4 days 1 hour ago - एकदम सान्दर्भिक
4 days 6 hours ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
4 days 8 hours ago - भुगोल ले नछेकेको माया
1 week 2 days ago - आउने दिनमा अझै सुन्न पाइयोस सर
1 week 2 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- चर्चित नेपाली यौनकथा
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- पाँच मुक्तक (अब त टाढा भएछु)
- शूण्य (विज्ञान कथा)
- अधुरो ईच्छा (यौन कथा)
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- हाम्रो बारेमा
- आँसु हाँसो मिलन बिछोड
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- मेरी बहिनी
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- दुब्ले बाइ (कथा)
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- नयाँ बर्षको शुभकामना
- पाठ्यक्रममा साहित्यिक कृति
- तिमीलाई जन्मदिनको शुभकामना
Last viewed:
- तीन मुक्तक (यादमा डुब्नुको मज्जा बेग्लै, चुनाव आँउदै छ रे, बिदेशीले पेल्दैछ )
- रूप-रसिक कवि कटुवाल
- शुन्य़ लाग्य़ो
- रंग
- चोखो तिम्रो माया चोखिँदै छु म नि
- कथाको कथा (कथासम्बन्धी सोधमूलक ग्रन्थ)
- फतिमाको अनिंदो रात
- दुई हाइकु
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- सायद उस्लाई नदेखेको
- म राति निदाएको छैन
- जीवन जिउने कला
- एक्लै बस्न मन लाग्छ आज के भाको हो खै
- मधुमेह
- तिम्रो माया फर्केर हेर्दा
- नयाँ व्यवसाय
- उस्तै छ
- गजल (जिउँदो हुँदा र मरेपछि)
- कविता
- कठै त्यो प्राणी
- आखिर तिमीले फाल्नु थियो
- मलाई यी कुराहरूको डर नलागोस्
- टाइगर हिलको सूर्य र मेरो करेसो
- दशैं (गजल)
- तीन मुक्तक (व्यङग्यात्मक SLC बिशेष)
- नेपाल आमाको सेवामा यतिकै दिन रहेछन् भन्ने लाग्यो
- शहीदक पत्नी - वीरांगना
- नझारनु यी कहिल्यै तिमी आँशुहरु
- नांगो बादशाह हेरिरहेछन्
- मरी रहेछू
Post new comment