Skip to content
NityaNathAdhikari


गुरु चरण कमलमा शिरलाई नुहाई ।
गणपति शिव,विष्णु देवीलाई रूझाई ।।
सकल भुवन बिचमा सार भएकी ती गङगा ।
पृथ्वी बिच झरेकी लेख्दछु यो प्रसङग ।।

स्वर्ग र पृथ्वीमा र ती पातालमा ।
डुली फिरी हिँड्दामा फेरी त्यस ठाउँमा ।।
घुमीकन ऋषी नारद त्यही लोकमा पुगेका ।
श्रुती गण ति सबैको अङगहिन भई गलेका ।।

कर पयर नजर फेर नासिका मुख बिभङ्ग ।
जब नजर पऱ्याथ्यो भै गएछन नि दङग ।।
अनि सोधनी गरेछन नी सबैलाई त्यहाँ ।
अनि पछि ती पुगेछन् ब्रह्माका लोकमा ।।

गईकन ती पिताका साथमा भन्न थाले ।
श्रुती गण पति सबैको दुख त्यो देखीहाले ।।
अब मकन पिता जी त्यही नै भन्नुहोला ।
जुन कर्मले सब अङगको पूर्ण होला ।।

सुनीकन ती सबै हाल पुत्रले त्यो कहेको ।
मर्म बुझी सकल त्यो वेदलाई भएको ।।
मन बिच त्यो बिचारी एक सभाको बिचार भयो ।
झटपट गरी त्यहाँ नाचघरको तयार भयो ।।

दिव्यै रुप सभा घरै तयार भई गयो उसै बिचमहाँ।
विष्णु रुद्र सरस्वती अनि पछि इन्द्र जी ले त्यहाँ ।।
ताहीँनै जब गई बिराज हुन गए साराति द्यौताहरु ।
गन्धैर्व हरुले पनि झट् गरी त्यो नाचको भयो सुरु ।।

लाग्नु भयो ताहीँ गाउन कन ताहाँ ति भारतीले पनि ।
नाच्या गई शिवले पनि यस बखत लौ नाच्छु मैले भनी
मादललाई बजाउन कन भनि श्री इन्द्र लाग्दा भए ।
त्यो नाटक हेर्नलाई कन भनि द्यौताहरु सब गए ।।

पूर्णै रुप जब नाचको सुरु भयो त्यो नाच घरैमा जब ।
बिष्णुको पनि त्यो शरीर उस बखत पानि भई गयो सब ।।
ब्रह्माको जब दृश्टी पात हुन गयो त्यो विष्णुको जलमाहाँ ।
बाँधी अञ्जली कमण्डलु बिचमाहाँ राखी दीए झट् त्यहाँ ।।

त्यो जल बिष हजार वर्ष भरी ता कमण्डलुमै रह्यो ।
बिश्वजित भनी नाम यज्ञ बलिले त्यसै बखतमा गऱ्यो ।।
राज छाडी कन हनुले पनि त्यहाँ मर्त्यै महानै गए ।
स्वर्गकै सुख छाडी देवहरु सब मर्त्यै महानै बसे ।।

द्यौताका हितका निमित्त दितिले कस्यपजीलाई कहिन ।
छोरा एक अजय लौ मकनता आजै दिनुहोस् भनिन ।।
कस्यपले जब भाव त्यो दितिजीको मनमा बिचारी कन ।
गर्भै एक उनलाइनै दिनु भयो पैदा भयो बामन ।।

कर्मै ब्रह्माण्डको भयो जब ताहाँ त्यो मेखलाले सहित ।
छाता दण्ड कमण्डलु लिई कनै यज्ञोपतिले सहित ।।
पृथ्वी कम्प गराउँदै गमन भो त्यो यज्ञ सालमा ।
देखे छन् बलिले पनि उस बखत आउन्या ती बाटामा ।।

लागे तर्क बितर्क गर्न बलिले राम्रा थिया ती अति ।
मोहित भई बलिले पनि उस बखत आँट गऱ्या खुब अति ।।
के कामले गरदा हजुर यस बखत पाल्नु भयाको भनि ।
कन्या वा अथावा त जे छ मनमा पृथ्वी भएता पनि ।।

दिन्या छु मइले हजुर कन यहाँ इच्छा छ जे भन्नुहोस् ।
यस्तो त्यो जब वाक्य पाउनु भयो आनन्द राजन हवस्।।
विद्या खातिरका निमीत्त अहिले माग्छु म पृथ्वी यहाँ ।
तिन पाउ भरी मात्रले म अहिले खुसी हुन्याछु ताहाँ ।।

यस्तो बिन्ती सुने त्यहाँ ती नृपले बिन्ध्या बलिले पनि।
दिन्छु लै लिनुहोस् भन्या उस बखत साह्रै भया खुस पनि ।।
पाए थे जब ताहा सभा बिचमाहाँ बढ्दै गए ति अति ।
ढाकी त्यो जब ती दशै दिशाहरु बाँकी रहेनन् कति ।।

एक पाउ भरिले जमिन भरी लियो दायाँ पयरले जब ।
बायाँ लाई उठाउँदा पयर त्यो फेर ब्रह्म लोकमा तब ।।
देखे थे बिधिले र झट् उस बखत मनमा बिचारी कन ।
जल कर्मपात्र लिई त्यहाँ लागे पखाल्न कन ।।

पाउलाई पखाली त्यो जल सबै ओर्लीयो शिश मारमा ।
त्याता बाट बगेर फेरी सहजै ओर्लीयो ध्रुबैमहाँ ।।
ध्रुबैबाट पनि सहजै झरी गईन् श्री चन्द्रलोकमा जसै ।
सूर्यका किरणले महामिली बसिन् दिव्यै हजारौँ तसै ।।

त्यता बाट झरेर मेरु गिरीमा आएर बस्दी भइन् ।
केहि काल बिताई त्यै गिरीमा आनन्दलेनै रहिन् ।।
त्यस बेला भुवनमा सप्तर्षी भनि यज्ञै सगरले गरे ।
थान छोड्नु परला भनेर डरले घोडा हरे इन्द्रले ।।

अनती यज्ञ माहा हरेर ऋषि आश्रम कपिल देबको ।
छेउमा लगी बाँधिना कन गए घोडा उहि यज्ञको ।।
घोडा हरायो भनि खोज्नलाई सगर साठि हजार ।
खने पृथ्वी सारा लिई त्यो निसानै बराबर ।।

गङगा सागरका नजिक जब पुगे छोरा सगरका सबै ।
घोडा आश्रमका नजिक जब मिल्यो साह्रै रिसाए तसै ।।
हाम्रो चोर यहि रहेछ पकडियो लै मार भन्दा भए ।
कोलाहाल हुँदा ताहाँ ती ऋषिको पलट उघार्दा भए ।।

तपको अग्नी बल्यो ताहाँ ती ऋषिको सारा खरानी भयो ।
आएनन् भनि खोज गर्ने श्री अशुंमानै गए ।।
देखेथे त्यहीँ भष्मरासि नजिकै त्यो अंशलाई जब ।
कोधाग्नी ऋषीको मिलेछ र यहाँ भस्मै भएछन सब ।।

विचार यति गरेर फेरी मनमा ति अंशु मानले पनि ।
लाग्या छ स्तुती गर्नलाई त पनि साह्रै रिसाए भनि ।।
स्तुती धेर गरेर नै जब बसे ति अंशु मानले पनि ।
खुसी भईकन झट्ट उस बखत तप गर्नलाई भनि ।।

गन्धैमादनमा गएर नृपले तप गर्न लाग्दा भए ।
केहि काल नृपले गरे तप जसै तपमै परमधाम गए ।।
छोरा जोत थिया दिलिप भनि नाति अंशुमानका जउन् ।
तप गर्दा गर्दै त्यहीँ लय भए दिलिप फेरी तउन् ।।

दिलिपको पनि पुत्र जो हुन गया नाम भगिरथ रह्यो ।
तिनैका तपले गरेर दर्शन गङगाजिको भै गयो ।।
भन्नु भो नृपले हे नरपते तिम्रा ती तपले गरी ।
मेरो यो तीमीले अलौकिक स्वरुप देखी लियौ यो घरी ।।

तिम्रा पितृहरू उतारन भनी तिमीले गऱ्यौ यो तप ।
मर्त्यैमा तिमीले मलाई अहिले लाने गऱ्यौ मतलब ।।
जान्छु लौ अब म मर्त्यै लोकमा तिम्रै हितैषी बनि ।
मैला सब जनहरूले पनि त्यहाँ फ्याँकी दिन्याछन् भनि ।।

त्यो सब पाप मइले कसो गरी यहाँ धारण गरुँला अब ।
राजन त्यो सब पाप नास गर्नको उपाय रच ।।
यती बिन्ती गरेर त्यस बखतमा गङगाजी मौन नै भईन् ।
लागे भन्न ती देवीलाई नृपती बिचार जो त छन् ।।

हे देवी अहिले हुकुम जउन् भो मैले बिचार सब गऱ्याँ।
सन्सारमा जित जो हुन् सो जनले पाप नास्याछन् यहाँ
तिनमा जो रहला उसै उपनिता नासि लिन्याछु हरी ।
मनमा यो मैले बिचार गरी यहाँ भन्छु अगाडी सरी ।।

झर्दा मैले अवश्यै बुझ लौ पाताल पुगुँला भनि ।
यसको केही उपाय लौ गर भनि भन्दी भईन् तै पनि ।।
त्यो आज्ञा जो देवीको सुनी लिए खुसी भगिरथ भए ।
शंकरको तप गर्नलाई भनि फेर कैलाश पर्वत गए ।।

केहिकाल गरेर तप जब गरे खुसी भए शंकर ।
लौ झर्नुस भनेर झन् हर्सले निडर भए शंकर ।।
ठुलो वेग गरेर झट्ट गरि ताहाँ झर्दी भईन् झर्झर ।
ओर्लीए शिवका जटा बिचमा पस्दी भईन् सरसर ।।

केहि काल शिवका जटा बिचमा भुल्दी भईन् स्वरधुनी ।
एक जटा जब फेरी बक्सनु भयो पायर बाटो अनि ।।
लगिन् फेर नृपका पछाडी दिविजा सारा भुवनमा घुमी।
शंङखको स्वरको पछाडी भई फेर घुम्दी भईन् फन्फनी।।

बाटामा ताहीँ एक आश्रम थियो जन्हुँ ऋषिको ताहाँ ।
पूजा ती ऋषिले ताहाँ गर्दथे पाञ्चायनीको ताहाँ ।।
पूजाको सरजाम देव कन पनि तिनले बगाई दिईन् ।
त्यसैले गर्दा ताहीँ ति ऋषि जी क्रोधित गराई लिईन् ।।

आफनो काम विफल भयो भनि ताहाँ स्तुती भगिरथ जी ले ।
गर्दामा ऋषिले बहुत खुसी भई जंघाउ धारी दिए ।
छोरी जन्हुँ जी को भईन् उस बखत ती स्वर्ग गङगा पनि ।।
नाउँ जान्हवि का ताहीँ हुन गयो ती स्वर धुनीको अनि ।।

ऋषि केश हरिद्वार हुँदै बाटामा पनि ।
प्रयागमा पुगी फेर ती भेटिन् जमुना पनि ।।
संगम दुबैको देखिन्छ गुप्त छ नि सरस्वती ।
ब्रह्माको यज्ञ थल हुँदा प्रयागै भो नि तिर्थ ती ।।

मकरमा जब सुर्यको गति पूग्यो कल्प बासै पनि ।
बस्छन् मानिस हरु झटपट गरी मुक्तै हुन्या छु भनि ।।
फेरी अक्षकट् तहाँ छ बुझनु प्रयाग किल्लामा ।
हेर्नु होस् सबले देखिन्छ अहिले केहि छैन झुटो यहाँ ।।

यहिँ नै मरि मुक्तिको पथ लिए मानिसहरुले पनि ।
यस कारण सब देव गणहरु पनि आएर नुहाँउछन् भनि
ठूला पातकी हरुले पनि मुक्ति हुन्या सब ।
सन्देह पनि छैन केहि यसमा साँचो म भन्छु सब ।।

त्यता बाट गएर कासि पुरिमा दुर्गाजी घाट मा पुगिन् ।
बिर्सेछन् शिव पार्वती कन पनि फर्केर भेटनै गईन् ।।
आई फेर्मणि कर्णिका बिचमाहाँ भेटेर जाँदा माहाँ ।
फर्केको लहरै सबै तिन जनले देख्दछन् त एैले ताहाँ ।।

श्री अन्न पुर्ण अनि विश्वनाथ को ।
बाराणसी यो सहरै बन्या को ।।
गएर हेर्नोस् तखता परेको ।
लेखिरह्याको छु म देखिएको ।।

यस ठाउँमा गई अघि श्री बिष्णु जी ले ।
हजार कमलले शिवजी नै पुजेथे ।।
कम जब भयो एक कमल फेरि ताहाँ ।
नयन् उखाडी कन फेर्दिदामा ।।

त्यो कर्म देखि कन्द विष्णु जी को ।
शंकर बहुतै खुसिनै हुनु भो ।।
कुनै पुरुष बाट पहिले मैले सुनेको ।
यो दीव्य पथै पनि लेखिएको ।।

श्री राम दिक्षा दिन लाई फेरी ।
बस्नु भयाको शिव कासी नेरी ।।
अध्यात्म रामायण मा कहेको ।
यो लेख जानी लिनु है भएको ।।

तिनै भुवनको सब सार्भएको ।
बाराणसी यो सहरै रचेको ।।
यहिँ बसि जो जन प्राण छाड्छन् ।
फेरि ती मुक्त भै सगरमै रहन्सन।।

द्यैता दानव नाग हरु याहिँ आई ।
बास गर्छन ती स्वर्गको भोग हराइ ।।
साठि हज्जार बर्ष राज पहिले जो गरेथे ।
दि वो दासले धर्म लेनै गरेथे ।।

स्कन्दपुराण काशिको खण्ड माहाँ ।
मैले यो सब देखि लेख्दैछु यहाँ ।।
जसलाई योहि विद्या पर्न जाला ।
ग्रन्थै खोजि त्यो सब हेर्नुहोला ।।

पञ्च गङगा घाटै त्यहिँ छँदैछ ।
किरण र घट पाया मिलेछ ।।
मंङगला गैरि मन्दीरैका ती भित्र ।
मयुखा दिव्य छन् बसेका विचित्र ।।

मयुखा दिव्यका किरण वाट बनेकि ।
किरण गङगा लोक लेनै कहेकि ।।
पञ्च गङगा घाट मा गई मिलेकि ।
देख्छु मैले मणि भित्र रहेकि ।।

दृन्डी विनायक काशि मै छन् बसेका ।
विन्द माधव मस्जिदै नेर हेर ।।
पहिले मुस्लीम हरुले माधव लाई ।
गङगा जीमै दिएछन् बगाई ।।

परा पुर्वका नारी हरु गएर ।
खोजि ल्याई पिपलका वस्व्यनेर ।।
थापन गरेका छन् भनेको सुनेको ।
हुँदा हेर्दा ठिक छ आज मिलेको ।।

वेद व्यास छन् काशिका पुर्व भागमा ।
गङगा परि गई हेर्नोस् वाग्मा ।।
त्यो भल सारा अति राम्रो खुलाछ ।
वखत वखत मा तिर्थ यात्रा गरिन्छ ।।

काल भैरव छन् वसेका शहरमा ।
गोला वर्जाको भई फेर्न बिचमा ।।
लाठ भैरव छ हेर्नलाई पुरैमा ।
मृत्युञ्जय फेरि ताहिँ नजिकमा ।।

जुन् प्राणिमा दृषको दशि पर्ला ।
त्यहीँ आई झरी नै हाल्नुपर्ला ।।
मन्दा किनी मत्स्यो दरि त्याहीँ छ ।
त्यसमा सारा यज्य हरु देखिन्छ ।।

वषन्त ग्रिष्म ऋतुमा धर्म नुष्य ।
सोखका निती गई बस्द छन् ती विचित्र ।।
फुलका सारा वासना उड्छ त्यसमा ।
सारा मैले देखि लेख्दछु यसमा ।।

वडी दुर्गा पाञ्ची मै मा रहेकि ।
राजा शुर्दसनले नै पुजेकी ।।
देवीभागवत्मा छ दिएको चरित्र ।
देवि ले नै त्यो गरेको विचित्र ।।

कुघुट् बा्रह्मण दक्षिणै मा छन् बसेका ।
श्री सुमन्तु फेर्र उत्तर मै बसेका ।।
प्रातः कालमा जो भजन पाठ गर्ला ।
ठूलै फल जो त्यो मनुज भोग गर्ला ।।

काशि सहरमा गई जो जनै वास गर्ला ।
अन्न पुर्णा ले सवै पाल्नु पर्ला ।।
भोको कोहि त्यो शहरमा हुँदैनन् ।
त्यो सब हेर्न अन्न पुर्णा ठहर्छन् ।।

जो जन दुषृ काशि मागै ठहर्ला ।
त्यसले धार्तन घेर भोग्नु पर्ला ।।
मैले पहिले यो रुदिमा सुनेको ।
सारा गन्थन् यो सबै लेखिएको ।।

यस पछि ती भगिरथ बड्न थाले अगाडि ।
दि बीज नदी पनि फेर्लागी हालिन् पछाडी ।।
क्रम सित पुगिन्छ गोमति लाई भेट भो ।
पथ विच गई तिनको भेटघाटको सफल भो ।।

अनि पछि गई फेरि जिल्ला आरा नजिकमा ।
सरयु पनि मिलिन् है ताहीँ नै फेरी पथमा ।।
सोन नदि गई मिल्दा त्यो त्रिवेणी परेको ।
बुझिकन मैले टिपणी लेखियको ।।

अनि पछि ती भगिरथले गमन् गर्न थाले ।
पछि पछि ती नदिले फेर्गमन गर्न थाले ।।
त्यस पछि गई फेरि कोशिको भो सवारी ।
पथ विच ती दुबैको मेल भैगोनी भारी ।।

गइन् ती कपिल्का सगै मा तसैता ।
भयो भेट फेरि ती सागरसँगैता ।।
बगाई खरानी सगर्का सुतैको ।
मिल्यो दिव्य मुक्ति सब ती नृपको ।।

जो जन त्यहाँ गई कन बासगर्ला ।
जनि मरणको सब दुख हर्ला ।।
पद् पद् माहाँ ती सबैले क्रमैले ।
मिल्याछन् त्यो फल् पनि त्यही प्रभावले ।।

श्री राज सुर्याश्व दुबै तर्फ भागको ।
श्री भागवत्मा पनि त्यो भयाको ।।
देखेर कोहि पदलाई लेख्याँ ।
सुनेर कोहि पद लाई राख्याँ ।।

यो आज मैले रचना गरेको ।
हुँदा माहाँ केहि त्रुटि भएको ।।
समाली सारा अवलोकन नै होस् ।
हेरेर सारा पदको विचार होस् ।।

माग्छु म यति गुरुहरुको साथ ।
राखुन सबैले भई कन दया भाव ।।
यति भनि आज भने विराम ।
भन्दैछु यो लौ वुधका सभामा ।।

गङगा जी ले यो भवमा झरेको ।
चरित्र देखेर सबै भयको ।।
आनन्द सारा अव लिनु पर्ला ।
के काम लाग्ने छु बुझेर हेर्दा ।।

वषन्त ऋतु को वैषाख मास ।
गुरुको भयो वार फेरि त खास ।।
हज्जार दुई फेरि पैँतिस साल ।
पुर्णै भयो यो कविता पनि आज ।।

पर्छु शरणमा म विदुर हरुको ।
कल्याण गर्नु सबको घरको ।।
भन्छन् कृपा होस् अव नित्यनाथ ।
विद्वान् हरुको सँगमात आज ।।

२०३५ बैशाख

Leave a Reply

Your email address will not be published. Required fields are marked *