देखा झ्याम्म बनी हाँगा–लता–कुञ्ज बराबरी
अनि पो आउँछे गीत गाउँदै कोइली चरी ।।
देखा रङ्गीन फक्रेर वासन्ती पुष्प–मञ्जरी
अनि पो आउँछे नाच्दै फुर्किँदै प्रेमकी चरी ।।
देखा पाकेर मीठो भै फल जामून झैँ गरी
अनि पो आउँछे उड्दै प्यारी सौन्दर्यकी चरी ।।
देखा सम्मान पन्छीमा प्रेमले निहुरी परी
अनि पो आउँछे दङ्ग–परी–आनन्दकी चरी ।।
देखा औदार्यको भाव नमाग् केही कसै गरी
अनि पो आउँछे, जान्ने, बसिराख्छे सधैँभरी ।।
नरेन्द्र पराशर
छन्द : अनुस्टुप्
http://narendraparasar.blogspot.co.uk/2013/09/blog-post.html