Skip to content

बहुभाषिक राष्ट्रिय कविता गोष्ठी


म भर्चुअल लाइफमा बढी रम्ने मान्छे । बाध्यता, विवशता अथवा समयको माग भनौंबन्द कोठामा बसेर विश्व परिक्रमा गर्न मन पराउने म एउटा जीव । तर यही समयकहिलेकाहीँ मलाई उडाउँछदुरदराजमा, अनन्त यात्रामा र पुर्याउँछफ्ल्यास ब्याकमा ।

लगभग एक वर्ष अगाडि एउटा सन्देश प्राप्त गरेकी थिएँ फेसबुकमा। सन्देश प्रवाहकहुनुहुन्थ्यो हेटौंडाको प्रतिभाशाली गजलकारभाइ धर्मराज स्याङ्तान र सन्देश् थियो-दिदी नेपाल प्रज्ञाप्रतिष्ठानको सहकार्यमाहेटौडा शक्ति एफएमले आयोजना गरेको बहुभाषिक राष्ट्रिय कविता गोष्ठी आयोजनागर्दैछ। नेपालभरिबाट अन्य प्राय सबै भाषामाकविताहरू प्राप्त भैसक्यो तर तामाङभाषाको भने एउटा पनि आएन। हाम्रोसमुदायको तर्फबाट तपाँईले एउटा कविता पठाएर प्रतिनीधित्व गरिदिनुपर्‍यो ।

मेरो प्रश्न थियो – कहिलेसम्म पठाउनुपर्ने?

उत्तर – आज राति १२ बजेसम्ममा। १२बजेबाट समय समाप्त हुदैछ।

-हुन्छ भनिदिएँ ।

मैले अलिक् प्रेशर महसुस गरें ।

कविता लेख्नु त छदैछ त्यो पनि दुई भाषामा, फेरि अफिस पनि जानु छ। त्यसमाथि केही दिनदेखि इन्टरनेटको गतिकछुवाकोभन्दा पनि स्लो भैरहेको थियो । एउटै मेल गर्न ४, ५ पटक रिट्राई गर्नुपर्ने ।

यस्तोमा मैले सोचें आ होस् -लेख्दिनकविता। पठाउँदिन मेल। अनि हिडें अफिस ।

तर मनमा एककिसिमको उदासिनता छायोदिनैभरि । धर्मराज भाइको अनुरोधले मलाईपटक पटक सोच्न बाध्य बनायो। कत्रो आशाअनि विश्वास गरेर भाइले अनुरोध गर्नुभो ।

निर्णय भयो । भरे जसरी जे जस्तो भए पनि कविता पठाउने।

कम्तीमा पनि समुदायको तर्फबाटप्रतिनीधित्व त हुन्छ, फेरि भाइको मन पनिराख्न सकिने ।

साँझको घरधन्दा सकिएपछिको समयलाईभरपूर उपयोग गरें ।

मनको तर्कना, असन्तुष्टि, समयको अभाव रयि सबको दबाबको समिश्रणले तयार भयो कविता ‘जुनकिरी’ (मेतिपतिप)। त्यसलाइनेपाली र तामाङ दुवै भाषामा टाईप गरी मेलगर्दा झण्डै १२ नै बज्यो ।

मलाई लागेको थियो प्रतिनीधित्व जनाउनेमात्रै न हो । नेपालभरिबाट आउने सबैभाषीको कविताहरूमा मेरो कविता उत्कृष्ट१०मा पर्ने सम्भावनै छैन । त्यसैले ढुक्क थिएँवाचनको लागि हेटौडा जान नपर्नेमा। (उत्कृष्ट १० कविता वाचनको लागि कविश्वयं उपस्थित हुनुपर्ने, उपस्थित नभएकविता प्रतियोगितामा समावेश नहुने नियमथियो ।)

तर मैले सोचेभन्दा ठिक विपरित २७ गतेदिउँसो स्टेशन म्यानेजर गिरिजा अधिकारीजीको फोन आयो -तपाँईको तामाङ भाषाकोकविता उत्कृष्ट १०मा पर्न सफल भएकोमाबधाई छ। अब तपाँई २९ गते बिहान ११ बजेदर्शन पार्टी प्यालेस हेटौंडामा कवितावाचनको लागि आउनुपर्नेछ ।

खबर एक्दमै अपत्यारिलो तर खुसीको थियो।

मुटु फुत्रुक्क उफ्र्यो खुसीले सायद् । यद्यपीक्षणभरमै त्यो यथास्थानमा बस्न र सोच्नबाध्य भयो-कविता वाचनलाई त हेटौंडा पोजानुपर्छ त । अनि लत्रक्क पर्‍यो ।

‘हेटौडा’ मेरो जन्मस्थान जहाँ मैले १६ वटावसन्तहरू बिताएकी थिएँ, उत्सवहरूमनाएकी थिएँ। एस् एल् सीसम्मको शिक्षाहासिल गरेकी थिएँ, औधोगिक क्षेत्र साईकलचढेर फन्को मारेकी थिएँ।

अँझ भनुँ मेरो यादमा, रगतमा खोपिएकोनाम हो हेटौडा तर त्यही हेटौडासँग मेरोसम्बन्ध विच्छेद भएको १८ वर्ष भैसकेकोथियो ।

एकाध अवसरमा हेटौडा पुगेकी भएपनि त्योएकदमै छोटो अवधीको लागि मात्रै थियो । त्यसैले अहिल्यै गैहालुँ, घुमिहालुँ, अंगालीहालुँझै लागिरहने।

जिन्दगीको एउटा उर्वर र अविश्मरणियसमय व्यतित गरेको ठाउँमा जाने यो एउटासुनौलो अवसर र बहाना बनेको थियो मेरोलागि ।

वास्तवमै म कविता वाचनको बहानामाहेटौंडा जान ब्यग्र थिएँ । एउटा हुटहुटीचल्यो। त्यही हुटहुटीमै साथी रोजें डोल्मा ।

२८ गते स्कुलबाट बिदा लिएँ । बिहान ११बजे बल्खुबाट सिदै टाटा सुमोमा हुईकियौं। बाटोमै खबर गरें फुपूको छोरी, मेरी स्कुलेसाथी गोदेश्वरीलाई आफू आउँदै गरेको । उखुब खुसी भैइ।

हाम्रो भेटघाट चुडिएको वर्षौं भैइसकेको थियो आज जोडिनेमा ऊ ढुक्क थिई ।

दिउँसो ३ बजे हेटौंडा बजारबाट बिक्रम ट्याम्पो चढेर पुगेपछि खुसीले यो मन गार्डेन गार्डेन भयो ।

गोदेश्वरीले मिठो खाजा खुवाई । साँझ हामी आउने जानकारी पाएकीले मेरी प्रिय बहिनी दुतुमाया सिङतान जो पत्रकार र समाजसेवी हुन् उनी मलाई भेट्न हनुमान गेट अगाडि आउने भएकीले हामी त्यतातिर लाग्यौं । बाटोमा मेरो बालसखा दिनेशलाई भेटें । खुसी लाग्यो। तर साँझको समय भएकोले हामी सबैलाई हतारो औपचारिक भेट गरेर हामी छुटियौं। त्यसपछि डोल्मालाई औधोगिक क्षेत्र घुमाउन लग्यौं।

यता गोदेश्वरीकोमा हामीलाई भेट्न मदनदाइ र भाउजू आउनुभएको रहेछ तर हामीघुम्न निस्केका छौं भन्ने थाहा पाएर उहाँहरूफर्कदै हुनुहुदों रहेछ हामीले बाटैमा भेट्यौं । बाटैमा उभिएरै ऊ बेलाका रमाइला गफगाफ गर्‍यौं। आत्मीयता साटयौं, छुटियौं तरएकदम हतारमा, सासै नफेरीकनभन्दा पनि हुने।

दिनभरको घुमघाम पछि गोदेश्वरीको हातकोमिठो खानाले तृप्त भयौं। राति अबेर सम्मघरपरिवार, साथीभाइ, जागिर, भविष्यकोबारेमा गुनगुन गरिरहयौं ।

भोलिपल्ट अबेर मात्रै ब्यूँझियौं । हेटौडामापुगेपछि सम्झिनुपर्ने थुप्रै नामहरू छन् । त्यसमध्ये मितिनीआमा, भाइ प्रह्लाद, बहिनीसम्झना, साथीदिपेन्द्र, अनिता, संगीता, दिनेश, उमेश, प्रमिलालगायत अरु पनि।

उपलब्ध भएसम्म सबैलाई फोन गरें। तर केहीसँग मात्रै सम्पर्क भयो। बिहान ७ बजेतिर हेटौडा सिमेन्ट फ्याक्ट्री अवलोकन गरेपछि ८ बजे हामी मितिनीआमाकहाँ पुग्यौं । मितबुबाको खाना नखाई जान नपाइने चेतावनीसहितको मायाले विभोर भएँ। भाइ प्रह्लाद हेटौंडाको पहिलो सुपरमार्केट ओपनिङको दौडधुपले गलत्तै भएर आईपुगेपछि हामीले खाना खायौं

११ बजे कविता गोष्ठीमा पुग्नुपर्ने म १०:३०सम्म एच आई डी मै थिएँ त्यसैले भेना दिपेन्द्रले बाईकमा मलाई कार्यक्रम स्थल पुर्याइदिने र डोल्मा गोदेश्वरीसँग ट्याम्पुमा आउने सम्झौता भयो।

दर्शन पार्टी प्यालेस पुग्दा कार्यक्रम शुरुभैसकेको रहेछ । त्यहाँ धर्मराज भाइ, बनस्थम भाइ, बहिनी दुतुमाया, अस्मिताबहिनी, साहित्यकार मित्र राजेशजी अरु थुप्रै साथीभाइलाई भेटें ।

यश भाइले संचालन गरिरहनुभएको उक्तकार्यक्रम एफएमबाट लाइभ प्रसारणभैरहेको र यसमा चन्द्रा भाइले सहयोगगरिरहनुभएको जानकारी धर्मराज भाइलेदिनुभयो ।

कविहरू, राजेश रुम्बा लामा ‘अतृप्त’, राजेन्द्र तारकिणी, छबि अनित्य, सनोज श्रेष्ठ, गणेश राई, सुनिल न्यौपाने लगायत अन्यकोकविता श्रवण गरिरहदाँ हृदय अल्हादितभैइरह्यो । एउटा ईतिहासको साक्षी बनिरहदाँम निकै बेर भावुक भैइरहेँ ।

आदरणीय कविहरू भूपिनजी, एल बिघोणेजीसँगको क्षणिक नै सही तरसामिप्यताले अत्यन्त खुसी दिलायो ।

कवि भाइ राजेन्द्र तारकिणीको डोटेलीभाषाको कविता कवि दिप सागरप्यासीजीको आवजमा श्रवण गरेपछिजिन्दगीलाई कुच्चिएको कसौंडीसँग तुलनागर्न म स्वयं पनि बाध्य भएँ। कवि छबिअनित्यको नेपाल भाषाको कवितालेदेशभक्तिको सन्देश यसरी प्रवाह गर्यो कि मनिकैबेर झझंकृत भैइरहें ।

आफ्नो पालो आएपछि मैले पनि तामाङ रनेपाली भाषामा कविता वाचन गरें।

कार्यक्रम औपचारिक भएपनि अत्यन्त रोचकलागिरह्यो ।

समय बिस्तारै घर्किदैं थियो । त्यस कार्यक्रममा शक्ति एफएमका म्यानेजर गिरिजा अधिकारीको बज्जि भाषामा अनुवादित कविता संग्रह ‘ईतिहास र लाल झा’को विमोचन समेत गरियो भने मकवानपुरका साहित्यकारहरू आनन्दराम पौड्याल, रामविकास तुलसी घिमिरेलाई सम्मान समेत गरियो जून् ऐतिहासिक थियो। सबै प्रतियोगी कविहरूको कविता वाचनपश्चात अप्रतियोगी कविहरूले पनि कवितावाचन गर्नुभयो । कार्यक्रमको समय अलिकलम्बिने सम्भावना देखें। निर्णायक मण्डललेनिर्णय गर्नु त छदैंथियो त्यसमाथि खाजाकोसमय पनि राखिएकोले म अलिक् हतासभएँ। त्यही दिन काठमाण्डौं फर्किनुथियोकारण भोलिपल्टदेखि अनिश्चितकालीन बन्दघोषणा थियो । समयले ३ बजाएपछि भने मधर्मराज भाइ, दुतुमाया बहिनी लगायतअन्य साथीहरूसँग बिदा लिएर कार्यक्रमस्थलबाट हिडें । ४ बजेको सुमोको टिकटलिएर डोल्मा र गोदेश्वरी अघि देखि बजारमामलाई पर्खिरहेका थिए । उनीहरूले पटकपटक फोन गरेर त्यसपछिको गाडी नभेटेकोजानकारी गराएका थिए । त्यसैले पनिहतारिएकी थिएँ ।

बनस्थम भाइ र मित्र कवि राजेशजी बाटोसम्म पुर्याउन आउनुभयो । हामी टिशियनरोड हुदैं बजार पुग्नै लागेका थियौं मोबाईलबज्यो। कल रिसिव गरें। गिरिजाजे गर्नुभएको रहेछ ।

-तपाँई कार्यक्रम नै नसकि त्यसरी किनहिड्नुभएको?

– साथीले टिकट काटिसकेछ। जसरी आजकाठमाण्डौं पुग्नुपर्छ। त्यसैले हिडें । सरी। मैलेस्पष्टीकरण दिएँ ।

त्यसरी कार्यक्रम संयोजकलाई जानकारी नैनदिई जान मिल्दैन। तँपाई आउनुस। अबकार्यक्रम पनि सकिन लाग्यो। गिरिजाजीकोअनुरोध नकार्न सकिन । हामी पुन: कार्यक्रम स्थलमा फर्कियौं ।

निर्णय घोषणा हुन लागेको रहेछ। सबैको कौतुहलता, व्यग्रताले निकास पाउनेसमय।

अन्य प्रतियोगितामा जस्तो यसमाप्रथम, दितीय र तृतीय स्थान छुट्ट्याईकोथिएन मात्रै सर्वोत्कृष्ट । त्यसैले मलाई त कुनैकोणबाट पनि आफूले त्यो पुरस्कारपाउनेमा विश्वास थिएन । तर मेरो सोचकोठिक विपरित १८० डिग्रीमा निर्णय सुनाईयो-राष्ट्रिय बहुभाषिक कविता गोष्ठीको सर्बोत्कृष्टकविता जुनकिरी(मेतिपतिप)कवि बिना तामाङ ‘सुनगाभा’।

मलाई विश्वासै लागेन । तर तालीको गडगहाडर ओईरिएको बधाईले मलाई विश्वास गर्नबाध्य तुल्यायो । नगद १५, ००० सहितकोप्रमाणपत्र प्रज्ञाप्रतिष्ठानका उपकुलपति डागंगाप्रसाद उप्रेतीको को बाहुलीबाट ग्रहणगर्दाको क्षण म हर्ष विभोर भैइरहेँ। सम्झिएँआफ्नो समुदाय, परिवार, भाइ धर्मराजलगायत मलाई माया गर्ने सबैलाई ।

मञ्चबाट ओर्लदाँ ओर्लदैं कवि भूपिनजी, एलबि घोणे दाजु लगायतका कवि तथाभाइबहिनी, साथीहरूको बधाई र मायाले अल्हादित भएँ।

भाइ चन्द्रले लाईभ प्रोग्राममा रहनुभएकोलेआउन नसकेको जानकारी दिदै फोनबाटबधाई दिनुभयो । बहिनी दुतु र भाइ धर्मराजले फेसबुकमाउक्त खबर राखिसक्नुभएकोले देशविदेशबाट बधाई सन्देश ओइरह्यो । काठमाण्डौंबाट सन्चुजीले कल नै गरेरबधाई दिनुभयो ।

करिब ५ बजे हामी काठमाण्डौको लागिरवाना भयौं । बाटोभरि नेटवर्कले साथदिएसम्म साथीभाइको कलसँगै बधाईआइरह्यो । दामन नजिकिदैं जाँदाको उर्लदोंझरी समेत मिठो संगीत झै लागिरह्यो । । हेटौडाको गर्मीलाई छाडेर चिसोवातावरणमा घुलिदैं जाँदा हृदयले शितलअनुभव गर्यो। शितल मन् शितल तन लिएर हामी हुईकिरह्यौं ।

बिना तामाङ’सुनगाभा’
बुढानिलकण्ठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *