• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • हास्यव्यङ्ग्य
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • लघु निबन्ध
  • विचारात्मक निबन्ध
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा
  • धिमाल भाषा

नरेन्द्र दाइ – मेरो दृष्टिमा

editor — Wed, 12/17/2014 - 05:05

  • पुस्तक/कृति समीक्षा
  • कृष्णादेवी शर्मा (श्रेष्ठ)

विश्वेश्वर बडा नेता आकाश सरि व्याप्त हुन्
साहित्यमा मनोवेत्ता, चर्चा भित्र यिनै त छन् ।
यौनवाद नयाँ नौलो शैली दिएर लेखनी
यिनी प्रति छ आभारी नेपाली वाङ्मय पनि ।
(अनुष्टुप)

विश्वेश्वरप्रसाद कोइराला नाम लिँदा मात्र पनि म आत्म विभोर हुन्छु । हुन त मलाई उहाँसँग साक्षात्कार हुने अवसर जुटेन र पनि म उहाँको विचार र भावनासित सधैँ रमाउँछु । मलाई लाग्दछ, मान्छेको आयु कर्मसँग जोडिएको भए कति जाती हुन्थ्यो होला । राम्रो र शुभ कर्म गर्ने मानिसको आयु धेरै र नीच कर्म गर्नेहरूको आयु थोरै हुने प्रकृतिको नियम भएको भए साहेद म पनि विश्वेश्वरप्रसाद कोइरालासित एउटा परिचित नारी हुने अवसर अवश्य नै जुट्ने थियो । तर विडम्बना मान्छेको प्राय: सरदर आयु एउटै हुन्छ, यो प्रकृतिको नियम हो । हुनत विश्वेश्वर कै बारेमा चर्चा परिचर्चा गरिहरन मन लाग्छ र सुनिरहन मन लाग्छ । तर के गर्ने समयको पावन्दीलाई पनि ख्याल गर्नै पर्ने हुन्छ ।

वि.सं. १९७१ भाद्र २४ गते आफ्ना पदले धरती चुम्ने विश्वेश्वरप्रसाद कोइरालाले वि.सं. २०३९ साल श्रावण ६ गते स्वर्गको साइत गर्नुभयो । विशिष्ट राजनेता, जसले साहित्यलाई राजनीतिभन्दा माथि राखेर उच्चत म विषय मान्नुभयो । वी.पी.ले आफ्नो जीवनमा नेपाली वाङ्मय क्षेत्रमा अतुलनीय देन दिनु भयो । उहाँले कथा र उपन्यास विषयमा थुप्रै पुस्तकहरू रचना गर्नुभयो ।

उहाँका यिनै कृतिहरू मध्येको ‘नरेन्द्र दाइ” शीर्षकको उपन्यास बारे जानेका कुराहरू लेख्न तम्सिएकी छु । यो मेरो समीक्षा कृति वी.पी.को दोस्रो उपन्या वि.सं. २०२६ सालमा प्रथम प्रकाशन भएको हो । क्रान्तिकारी विश्वेश्वरको यो उपन्यासको कभर (जिल्द) पनि क्रान्तिको प्रतिक रातो रंगले पोतिएको छ । दुई महिला र पुरुषको चित्र अंकित अगाडिको कभरमा विश्वेश्वरको नाम पनि लेखिएको छ । पछाडि कभरमा वी.पी. कोइरालाका केही साहित्यिक कृतिहरू उल्लेख गरिएको छ । साझा प्रकाशनबाट मुद्रण गरिएको यो कृतिमा जम्मा ६४ पेज रहेका छन् । टेकविर मुखियाको आवरण कलाले सजिएको यो कृतिमा साझा प्रकाशनको प्रकाशकीय रहेको छ । तीन छालमा विभाजन गरिएको यो उपन्यासमा निम्नलिखित पात्रहरू रहेका छन्:–
(क) म
(ख) नरेन्द्र दाइ
(ग) गौरी र
(घ) मुनरिया

यी मुख्य पात्र हुन् भने सान्नानी, कप्तान बा, लछमनिया, बाबुसाहेब, जौहरि, कप्तान्नी आमा, जुन्टुनानी, बाहुनी बजै, भान्दाइ, पिताजी, फगुनी, लेलाहा, गाडीवान, रमपिएरी, डाक्टर आदि सहायक पात्र रहेको यो उपन्यास आन्तरिक केन्द्रीय दृष्टिविन्दु शैलीमा रचिएको छ । यो उपन्यास सत्य घटनामा आधारित छ भन्ने कुरा स्वयं उपन्यासकारले लेखेका तलका उद्धरणबाट प्रष्ट हुन्छ –
“मलाई लाग्छ, कुनै गल्प पनि असत्य हुँदैन । कल्पना झूटो हुँदै हुँदैन । फुस्सामा सपनाको महल पनि खडा हुन सक्दैन–किमार्थ सक्दैन ।” यसैले मलाई लाग्दछ । यो उपन्यास नितान्त वी.पी. को जीवनसित सम्बन्ध राख्दछ । (पेज नं. १)

नरेन्द्र दाइ र गौरीको अनमेल दाम्पत्य जीवनको चिन्तित अवस्थालाई लिएर कथावस्तु अगाडि बढ्दछ । अत्यन्त राम्री, सुशील र भद्र स्वभावकी आफ्नी श्रीमती गौरीसँग टाढा हुन्छन् नरेन्द्र दाइ । गौरीले जति नै माया देखाउन खोजे पनि नस्वीकार्ने नरेन्द्रको हठी स्वभावका कारणले नै सबैलाई चिन्ताको विषय बनायो । त्यसो त घरपरिवार वरपरका शुभ–चिन्तकहरूबाट गौरी र नरेन्द्रलाई मिलाउने प्रयत्न नभएको होइन । तर नरेन्द्रको हठी स्वभाव कसैको अगाडि झुकेन । छुवाछुतलाई त्यागेर मानव अस्तित्वलाई स्वीकार्नु पर्छ भन्ने वी.पी.को गान्धीवादले यो उपन्यासमा प्रधान्यता पाएको कुरा ध्रुव सत्य हो ।

किनभने – “हामीलाई यस तर्कको कुनै महत्व थिएन । महारानी दिदी, जुण्टुनानी, नरेन्द्र दाइ र हामी केटाकेटीहरूको इच्छा चलेको भए चुट्की बजाएर अछुतोद्वार गरिदिने थियौं ।” (पेज नं. २३) यो भनाई स्वयं वी.पी.को हो ।

यो उपन्यासका मुख्य पात्र नरेन्द्र दाइ एउटा १७–१८ वर्षकी कसक्क कस्सिएको जीउ र कालो वर्ण भएकी मुनरियाँग ल्हसिएका थिए । महारानी दिदी भने मुनरियालाई मनपराउँदैनथिन् । तर मुनरियाको शरीर, आँखा र दाँतले नरेन्द्र दाइलाई आकर्षित गरेको भन्ने कुरा जुण्टुनानीले वारंवार दोहोर्याउँथिन् । एक दिन आफ्नै बाबु बीचमा सानो झगडा हुँदा कप्तान बाले छ्वास्स भने छन् – “के सेखी गर्छस् नरेन्द्र, आफ्नी दुलहीलाई त पाल्ने हुती छैन ।” (पेज नं. २५) त्यही झगडामा नरेन्द्रले भने रे – “कप्तान बा मलाई धेरै घोचेर नभन्नोस् । जाबो एउटीलाई मेरो गलामा झुण्ड्याइदिएर बडो उपकार गरेको छु भन्नुहुन्छ भने त त्यो तपाईले मेरो लागि ल्याएकी भनेकी तपाईलाई नै भयो ।” (पेज नं. २५) र साँच्चै नै त्यही दिन देखि नरेन्द्रले आफ्नी विवाहिता दुलही गौरीलाई त्यागेका रहेछन् । धेरै वर्षसम्म पनि नरेन्द्र दाइको मन परिवर्तन नभएपश्चात् उनले मुनरियालाई नै धेरै मन पराउँथे । टेडीको जीवनसित सम्बन्धित यो उपन्यास वी.पी.को जीवनको पूर्वस्मृति गर्दछ । मुनरिया वी.पी.को घरमा धन्दा गर्ने मान्छेकी छोरी थिई । उसले पनि सक्दो धन्दा गर्दथी । वास्तवमा नरेन्द्र दाइ सबैका दाइ नै थिए । केटाकेटीहरू त उनीसित झ्याप्प बोल्न पनि सक्दैनथे । कप्तान्नी आमा नरेन्द्र दाइकी आमा थिइन् जो आध्यात्मवादको पक्षमा थिइन् । भौतिकवादको पक्ष लिने छोरा नरेन्द्रसित उनको ठ्याकठुक चलिरहन्थ्यो । मुनरियाको कारणले अछुतले पानीको इनार छोइयो भन्ने विषयलाई लिएर घर परिवारमा ठूलो हल्ला भयो । मुनरियाले मलाई टेर्दिन भन्ने आमाको कुरा सुनेपश्चात नरेन्द्र जङ्गिन्छन् र भन्छन्– ‘अछुतोद्वार’ को ढोँग गर्नु जब घरभित्रै यत्रो ठूलो अत्याचार हुन्छ भने (पेज नं. २४) त्यो बेला ‘छुवाछुत’ बारे चर्चा हुन्थ्यो । वी.पी. को परिवारमा जुन बेला बी.पी.हरू भारतको टेढीमा बस्थे ।

अनि आमाले मुनरियालाई रण्डीको आरोप लगाएर नरेन्द्रलाई गाली गरेपछि उनी एकोहोरिए । (साना बाबु)ले मिलाउन खोज्नुभयो तर नरेन्द्रले घर छोड्ने संकल्पमा अडान लिए । मलाई लाग्दछ स्वय म आफ्नो दर्शन यो उपन्यासको मुख्य पात्र नरेन्द्रको मुखबाट ओकलिएको छ । यसैले म भन्छु यो उपन्यासको विषयवस्तुको मुखपात्र विश्वेश्वर नै हुन् । हेरौं र पढौं वी.पी.को यौनवाद निम्न हरफहरूबाट कसरी छर्लङ्गिएको छ– “पापको कुरा पनि नगर्नोस्, केवल कृष्ण मात्रै त्यस्ता समर्थवान् अवतारी हुनसके जसले निष्पाप भावनाबाट अबाध्य, स्वच्छन् यौन आनन्द, प्रेम, प्रणयक्रिया, रासलीलाको भोग लिन सके । मलाई त लाग्छ मानव सुखको साथसाथै पापभावना पनि त्यसको छायाँजस्तै टाँसिएको हुन्छ ।’ (पेज नं. ३३)

टेढीको जीवनसित सम्बन्धित यो उपन्यासमा वी.पी.को यौनवाद र भौतिकवाद दुवै छताछुल्ल भएको देखिन्छ । नेपाली नारीहरू जसले आफ्नो पतिलाई परमेश्वर सम्झेर सर्वश्व सम्झदै जीवन बिताउँछन्, ती सम्पूर्ण नारीहरूकी प्रतिनीधी हुन पुगेकी गौरी पात्रको अगाडि जीवन भौतिक संसारको सुख भोग गर्ने अवसर हो भन्ने भावनाले ओतप्रोत भएकी जवानी मुनरियालाई श्रीमतीको रुपमा ग्रहण गर्छन् यो उपन्यासका पात्र नरेन्द्र दाइ । गौरीको लाखौं प्रयासले पनि नरेन्द्र र मुनरियालाई घर नछोड्नबाट बचाउन सकेन् । आखिर यी दुवै परदेश लागे यस्तै घटनाहरूको सेरो–फेरोमा समाप्त हुन्छ । उपन्यासको पहिलो छाल ।

अब दोस्रो छाल– नरेन्द्र र मुनरिया भेष बदलेर काठमाण्डौं देखि बनारससम्म पुगे । ‘म’ पात्र पनि अध्ययनको लागि वनारस तर्फ लागे । टेढीको जीवन बिताउने अरुहरू यथावत् अगाडि बढे । एक दिन ‘म’ पात्रले मुनरियालाई बनारसमा आफ्नै फूपूको घरमा भेटे । मुनरियाले चित्कार गर्दै ‘म’ पात्रलाई भनी – “सानो बाबु तिमी यहाँ ? गाउँमा कस्तो छ ? घरमा सबैलाई कस्तो छ ? (पेज नं. ३६) यो दुई वर्ष पछिको कुरा हो । यो समयसम्म नरेन्द्रले मुनरियालाई छोडेर वेपत्ता भैसकेको थियो । थोत्रो पोशाकमा मुनरिया दु:खी भएकी थिई । उसले आफ्नो गाउँ टेढीको स्मरण गरी । उसले ‘म’ पात्रसँग नरेन्द्रले एक्लै छाडेर गएको दु:खद हाल सुनाई मुनरिया वनारसमा रसिकमण्डलीकी द्रौपदी भएर बसेकी थिई । वास्तवमा मुनरिया निर्दोष थिई । त्यो संकटको घडीमा पुर्याउने नरेन्द्र नै पापी हो, घमण्डी हो ।

रसिकमण्डलीकाहरू मुनरियालाई भन्दै थिए – “नरेन्द्र अब आँदैनन् हामी मध्ये अब कसैलाई रोज ..............हा हा हा (पेज नं. ४१) माथिको यो अभिव्यक्तिले प्रष्टाउँछ वनारसमा मुनरियाको हालत के थियो । वनारसमा मुनरियाको आफन्त भन्ने ‘म’ पात्र बाहेक कोही थिएनन् मात्र थिए दुर्योधनहरू जस्ले द्रौपदीको चिरहरण गरे । मुनरिया परिस्थिति र यौवनावस्थाले निर्दोष थिई भन्ने कुरा उस्को आफ्नै अभिव्यक्तिले प्रष्ट्याएको छ – जस्तै “नरेन्द्रको प्रेम–आग्रहलाई मैले टारिनँ, त्यही मेरो दोष हो । तर कस्ले सक्थ्यो त्यसलाइृ टार्न मेरो स्थितिमा ? जमिनदार कुमारको एकनासको प्रणयहठले गरिब दासीमाथि सम्पूर्ण रुपले विजय प्राप्त गर्न सक्थ्यो भने आश्चर्य के ? ” (पेज नं. ४४) यो छालमा मुनरियाको अन्धो प्रेम प्रतिकोपश्चाताप भएर पनि विगतलाई घृणा नगरेको अवस्था छ । कारण महिलाहरूले अज्ञानता, कमजोर आर्थिक अवस्था, ठूलावडाको तप्केनी र जवानीको वल्दो ज्वालाको तुवालोले गर्दा पनि भविष्य देख्न सक्दैनन् । यही अवस्था बताउँछे मुनरिया ‘म’ पात्रसित । आफूलाई अलपत्र छोडेर जाने प्रेमीको लागि तड्पेर बसेकी मुनरिया बिरामी नरेन्द्रको हालत बुझ्न आतुर देखिन्छे । वास्तवमा साँचो प्रेमको नजीर बनेको छ यहाँ नरेन्द्र प्रति मुनरियाको प्रेम । जेहोस् आज भोलि बाँच्नको लागि मात्र बाँचेकी छे मनुरिया ।

उता नरेन्द्र क्षयरोगले ग्रस्त पार्दै गएको अवस्थामा थिए । अन्त्यमा गौरीको साथमा पुगरेर आफ्नै घरमा बस्न थाले । गौरी खुसीले गद्गद् भइन् । आफ्ना पतिको सेवा गर्न पाएकोमा उनी आफूलाई भाग्यमानी ठान्न थालिन् । उनले आफ्ना सबै कुराहरू ‘म’ पात्रलाई लेखिपठाउँथिन् । ‘म’ पात्र पनि गौरीलाई सानै देखि माया गर्थे । नरेन्द्रको मनमा आजभोलि विचलन आएको कुरा गौरीले ‘म’ पात्रलाई लेखेको पत्रमा उल्लेख थियो । नरेन्द्रले गौरी र मुनरिया प्रति गरेको पापकर्मको प्रयास्चित् गर्दै थिए । जस्तै उनले गौरीलाई भने दिएको यो सल्लाह अनुसार आफूले निर्दोष दुई नारीप्रति गरेको अत्याचारी व्यवहारप्रतिकोपश्चाताप र प्रयास्चित बाहेक के हुन सक्छ ? जस्तै उनले भने – “गौर, तिमी अर्को विहा गर ।” “तिमीले सुख पाइनौं गौरी मबाट यो पतिबाट ।” (पेज नं. ५७) यसरी रोगले ग्रस्त भएर मृत्युको घडीलाई प्रतिक्षा गरिरहेका नरेन्द्र दाइ सारा पत्नीपीडक नेपाली पुरुषको प्रतिनीधीको रुपमा स्थापित पात्र बनेका छन् । उपन्यासकार वी.पी.को दार्शनिक वाक्यले यो उपन्यासको गरिमा धेरै माथि उठेको छ । जस्तै सुख पनि त्यस्तो प्रचण्ड अग्निशिखा हो जसले जीवनका यावत दुखलाई क्षणभरिमै पोलेर समाप्त गरिदिन्छ । त्यस शिखाको एक स्पर्शले मात्र पनि मानिस सार्थक हुन्छ । त्यही त हो नि मोक्ष ........ ।” (पेज नं. ५८) उपरोक्त वाक्य गौरीलाई भनाउने वी.पी. नै त हुन् ।

अन्त्यमा नरेन्द्र मरेपछि गौरीको मगज विग्रिन्छ उनी ९० सालको भुईचालोमा घरभित्र पुरिएर तीन दिन पछि मर्छिन् । मुनरिया जौहरीसित विवाह बन्धनमा बाँधिन्छे । मानिसको जीवन देखेर निस्सासिएका ‘म’ पात्र जीवनको अर्थहीनता बारे सोचिरहन्छन् नियतिलाई सम्झिरहन्छन् ।

प्रस्तुत उपन्यासमा कैद भएका विषयहरू मैले यसरी लेख्छु:–
(क) द्वैदचरित्रका पुरुषहरूको पर्दाफास
(ख) वी.पी.को जीवन दर्शन
(ग) वी.पी.को यौनवाद
(घ) वी.पी.को नारीवादी चिन्तन
(ङ)वी.पी.को टेढीको जीवन स्मरण
(च) पतिव्रता नारीको परिचय
(छ) वी.पी.को राष्ट्रियता र प्रजातन्त्र
(ज) प्रेम जीवनाधार हो भन्ने प्रमाण आदि

मुख्य विषयहरू यो उपन्यासभित्र अटाएका छन् । बीच–बीचमा प्रयोग भएको दार्शनिक भाषा र बी.पी.का ओजपूर्ण चिन्तनहरूको प्रस्तुतिले उपन्यसाको गरिमालाई अतुलनीय बनाएको देखिन्छ । त्यसैले अन्त्यमा:

वी.पी. महारथी हाम्रा नेपाली मनभित्रका
प्रजातान्त्री महायोद्धा सेनानी मान चित्रका ।
श्रद्धासुमन यी मेरा शब्द गुच्छा चढाउँछु
अभिवादन टक्रर्याई शिर यो निहुराउँछु ।
(अनुष्टुप)

हवस् त धन्यवाद !

कृष्णादेवी शर्मा (श्रेष्ठ)
अध्यक्ष: विश्वनारी नेपाली साहित्य सम्मेलन (लु.अ.)
देवचुली न.पा.–१५, नवलपरासी

फोन नं.: ९८४७०५९७१२

मझेरीमा पहिलो पटक प्रकाशित - 2014-09-06 16:07:55 +0545

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 331
  • 1890 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • बहुत खुब कहिल्छि ।
    1 day 16 hours ago
  • आभार प्रकट गरे
    3 days 15 hours ago
  • शब्द र भाव राम्ररी मिलाउनु
    3 days 17 hours ago
  • यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
    4 days 11 hours ago
  • सारै राम्रो पुस्तक, बधाई छ
    4 days 13 hours ago
  • किताब राम्रो रहेछ । बधाई छ
    4 days 13 hours ago
  • एकदम सान्दर्भिक
    4 days 18 hours ago
  • आज पनि उत्तिकै शान्दर्भिक छ्न
    4 days 20 hours ago
  • भुगोल ले नछेकेको माया
    1 week 2 days ago
  • आउने दिनमा अझै सुन्न पाइयोस सर
    1 week 2 days ago

लोकप्रिय रचनाहरू

Today's:

  • खहरेको भेल-रहेछ
  • जन्मदिनको शुभकामना तिमीलाई
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • जन्मदिनको शुभकामना
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • कुकुर
  • छोरीको जन्मदिनको शुभकामना
  • शुभकामना! जन्मदिनको !!
  • पछिल्ला रचनाहरू
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • चर्चित नेपाली यौनकथा
  • गजल:तिम्लाई माया गर्ने मेरो मन !!
  • पाँच मुक्तक (अब त टाढा भएछु)
  • शूण्य (विज्ञान कथा)
  • अधुरो ईच्छा (यौन कथा)
  • रुपकी रानी रुपा (मनोवाद यौन कथा)
  • हाम्रो बारेमा
  • आँसु हाँसो मिलन बिछोड
  • गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
  • प्रेम कविता
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • विद्यार्थी हुँ म
  • मेरी बहिनी
  • थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
  • दुब्ले बाइ (कथा)
  • अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
  • नयाँ बर्षको शुभकामना
  • पाठ्यक्रममा साहित्यिक कृति
  • तिमीलाई जन्मदिनको शुभकामना

Last viewed:

  • ANMA/NASeA को सयुक्त सम्मलेनमा साहित्यिक कार्यक्रम बारे सूचना !!
  • जीवन भित्र अनौठो कहानी
  • गजल (होली विशेष )
  • एउटा फूल तिम्रै नाममा
  • उसको लागि माया
  • चिनारी हाम्रो धेरै पुरानो भए झैं लाग्दछ
  • तिम्रो लागि
  • माथि माथि सैलुङ्गेमा
  • कोसिस
  • चोटिलो तर पठनीय
  • तिम्रो त्यो हँसिलो मुहारको
  • ए जिन्दगी !
  • मेरो देशमा दीपावली छ
  • विद्यार्थी हुँ म
  • बिछाेड र पर्खाइ
  • सुन्दा तिमी मस्तै भयो
  • मेरो चोक
  • बाबालाई पत्र (कथा )
  • भाषिक चिन्तन
  • अस्ताउनेहरू छन् उदाउनेहरू छन्
  • म मरें
  • गजल (यस्तै छ जिन्दगी)
  • एक्लै बस्न मन लाग्छ आज के भाको हो खै
  • हाइकू
  • सुन साइँली
  • द पाइड पाइपर
  • छन्दको तरङ्ग
  • विरहको गीत
  • गुरु पूर्णिमा
  • तगारोमा रुमाल राखी
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित