Skip to content

मानव, तिमी के चाहन्छौ ?


मानव, तिमी के चाहन्छौ ?
दौडन्छौ तिमी दिन रात एक गरी
पछारिन्छौ फेरि उठछौ

लडदै पडदै तिमी
जीवनका गोरेटोहरूमा पुग्दछौ
साथी भाइ भेट्दछौ
क्षणिक आनन्दमा तिमी
सारा दुःख कष्ट भुल्दछौ

तर ईतिहासका पानाहरू
पल्टाई तिमीले हेर्यौ भने
प्रकृतिको नियम हेर्यौ भने
सायद स्पष्ट देख्ने छौ कि
जीवनभर महशुस गरिने
यी सबै कुरा क्षण भङगुर हुन

तिम्रा दुख पीडा माया ममता
तिमीले थुपारेका तिम्रा
सबै भौतिक सम्पति
तिमीले अंगालेका तिम्रा

साथी भाइ ईष्ट मित्रहरू
उनीहरूको आत्मीयता र घनिष्टता
यी सबै क्षणभङगुर हुन
तैपनि तिमी दौडदै छौ
अँझै बढी सुखको तलासमा
भौतिक आनन्दको तलासमा
नयाँ साथी भाइ ईष्टमित्रहरू र
उनीहरूको घनिष्टताको तलासमा

तिमी आखिर कतातिर दौडदैछौ ?
के र कसको तलासमा दौडदछौ
यो तिम्रो मृग तृष्णा देख्दा
यही प्रश्न वारम्वार दोहरिरहन्छ
मानव तिमी आखिर के चाहन्छौ ?

सुवीर देउजा

Leave a Reply

Your email address will not be published. Required fields are marked *