Skip to content


एक दिन झरी परिरहेका बेला
मैले सम्झिएँ मेरी प्रिय सखा सर्वरीलाई
रूखका हरिया पातहरू निरन्तर
वर्षामा रमाइरहेका बेला
यौटा पत्र लेख्ने प्यास गर्दैछुँ
अर्कै दुनियाँमा रहेकी मेरी प्रिय सर्वरीलाई
जब दिनभरिको प्रचण्ड रापले म
बेसरी सताइएको हुन्छुँ
तब पुन मेरो चाहना तिब्र भएर आउँछ
स्मरणभन्दा बाहिर गइसकेको उनको मुहार
म सम्झने निरर्थक प्रयास गरिरहन्छुँ
कल्पनाभन्दा पर पुगेर
यौटा सानो फुलबारीमा
बिरंगी फुलहरूसँग बात मार्नेछु
तिनै पुष्पहरूको भीडमा हुनेछिन
मेरी सर्वरी

यसरी कि म प्रथम पटक
उनीसंगको प्रेमलापमा छु
फागुन चैतको कलिलो मुनाजस्तो मेरो प्रेम
म उनको बगैचामा सजाउनेछुँ


उनी हर्षित हुनेछिन मेरो सन्देश पाएर
अर्कै दुनियाँबाट।।।।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *