Skip to content


३६मा एउटा मिलन विन्दुलाई
तिमीले पौठे जोरिमा हरायौ
ढाडमा हात तेर्स्याएर खेल्नु पर्ने
झ्याल गर्यौ अगाडि टेकेर लड़ायौ
नहारेको हारलाई स्वीकार्दै
विजयको माला तिम्लाई दियौं
फेरि तिम्रो कर्तुतहरू गनाए
अवज्ञाहरूको सिकुवा टेकेर
तिमीले नान्ग्लो थाप्यौ
बेरेर बारुदको धुवाँले
घर पोलेर खरानी वाडयौ
अति भो अनि ४६मा
राता झन्डाहरू उठे
सम्झौताको कलमले भाग बण्डाहरू गर्यौ
बन्दकी राखेर हामीलाई
तिम्ले तिनले उनले बाडी चुडी खानलाई

तिम्ले हिर्काएकाहरू बोउरिएर
मुर्मुरिदै अंश खोज्दै आए
त्यहापनि मिले छौ भाग लगायौ
केही भनेनौं
फेरि अर्को आयो गुलेली र मट्याङ्गगरा बोकेर
भंगेरा मार्न निस्कियो भन्यौ
हामीले बिचार हो भन्यौ तिमीले टेरेनौ
नलत्याउ सुन्नु पर्छ भन्यौं मानेनौ
मट्याङ्गगराले पनि रगत बग्छ भन्यौ
तिमीले पनि टेरेनौ
बन्दुक उठ्यो तोप भयौ
रगत खेल्यौ
आफ्नैलाई बैरी बनायौ
सता भन्यौ बन्दुक बोकेर जनता भन्यौ
बन्दुकमा स्वतन्त्रता बारुद छ भन्यौ
छेउमा नडराई बस्नु भन्यौ
नमाने पड्किन्छ माने पडकदैन भन्यौ
मान्नै पर्यो
अर्कोतिर बिद्रोहीसँग बात लगायौ
हात मिलाउदा गोत्र काढ़यौ
पानी नचल्ने अछुत बनायौ
सत्ता जनताको भन्दै
बन्दुकले स्वतन्त्रता बाडिरहेछौ

सबै फगत भए
सबै आँशु भए
सबै मिथ्या भए

त्यो निरिह साहिलो सदैव पाखेनै रह्यो
उसको त्यो एक पाखे छानु टिनको कहिल्यै भएन
झरी र घाम छल्नलाई कहिल्यै उसले सकेन
धर्के कट्टुको कालो इन्जार सेतो कहिल्यै भएन
फाटेको त्यो हाती छाप चप्पलको
चुडिएको लोती नयाँ भएर आएन !!
srdhakal

Leave a Reply

Your email address will not be published. Required fields are marked *