Skip to content

अफ्रिकाको कम्पाला — नैरोवीका केही महत्वपूर्ण स्थानहरूको यात्रा संस्मरण, (तेस्रो भाग)


अफ्रिका कै कुनै मुलुक यस्ता छन् जुन नेपालभन्दा पनि स्तरीय र मननीय पनि छन् । यस्ता देशहरूका भ्रमणले आफ्ना देश र यी देशहरूमा के भिन्नता पाइन्छ भनेर तुलना गर्ने र कमीकमजोरी लाइसुधार गर्ने मौकाहरू पनि पाइन्छ । यसै शिलशिलामा अगस्त १५ तारिक २००९मा तीनजना नेपाली अधिकृतका टोली भ्रमणमा गएको थियो रमाइलो मान्दै १६४५ बजेतिर केनिएको सीमाना पुगियो ।

सबै यात्रीहरूलाई ओरालेर समानसहित बस सीमा पारी गयो, हामी बहिर्गमन भिसा लगाउन लामबद्ध भयौं, झण्डै १५.२० मि.को पर्खाई पछि, पासपोर्टमा एक्झिटको छाप लगाएर केनियाको क्षेत्रमा गइयो । यी दुवै देश अंग्रेजी बोल्ने देश भएकोले भाषाको ससमस्या भएन । पहिलेभन्दा अलि बढीको पर्खाई पछि फलामे झ्यालबाट हात छिराएर पासपोर्ट दिइयो।

ती झ्यालका कारिन्दाले सोधे You are from Nepal ? मैले भने Right now I’ m from Sudan’ भने उसले अरु प्रश्न गर्न नपाउदै I work there in UN Mission भने । उसले एउटा सानो कागतमा मेरो विबरण भरेर पासपोर्टमा टास्यो, आफूले भरेको कार्डचाहि उसले लियो र केनिया प्रवेशको छाप लगाइदियो । धन्यवाद भन्दै बाहिरिन लाग्दा छेवैमा अर्को झ्यालमा बसेका कारिन्दाले पहेलो कागत Yellow Card देखाउन भने जसमा आफूले लगाएको खोप तथा रोगका विबरण हुन्छ उसले त्यो कार्डबाट आफ्नो रजिस्टरमा भर्नु पर्दो रहेछ, त्यो मान्छेले कार्डको बाहिर हेरेर NO Stamp भन्यो अनि त्योकार्डको भित्री भागमा लगाएको छाप र खोपको विवरण देखाइयो । खोपको अभिलेख चाहिदो रहेछ । हामी सबैको प्रवेशाज्ञा – ENTREE VISA _लगाए पछि बस चडन जान लागियो, पैसा सटही गर्ने दलालहरू हातमा पैसाको बिटो लिएर you need Money? भन्न आउदा रहेछन्, उसो त युगाण्डा पट्टी पनि लाममा बस्दा नआएका हैनन । तर यिनीहरूको एउटा छुट्टै किसिमको पोशाक हुदो रहेछ, उसो त यस्ता पोशाक शुरुका बस बिसौनीमा केरा र मासुका सील बेच्ने ती हावकरहरूले पनि निला पोशाक लगाएको देखिएको थियो ।

यी केन्या देशमा काम गर्ने र सिभिल मानिस छुट्टयाउन सजिलो छ । एक जना मानिसले भने कुन बसमा आएको, कालिता हो हामीले भन्यौ हो उसले भन्यो त्यो बस अलिपर गएर अडिएको छ, हामी पुगेपछि यात्रीहरूको यकिन गरेपश्चात नैरोवी तर्फलाग्यो । त्यतिबेला करीब २००० जति भएको थियो । अन्धेरो भइसकेका बत्ती बलिसकेको थियो, केही समय पछि बस पुन रोकियो, बुझ्दा प्रहरी जाच चौकी भएकोले सबैले ओलर्नु पर्ने भने अनि सबै यात्रु आर्लियौ । प्रहरीले भने महिला एक लाइनमा तथा पुरुष अर्कोलाइनमा हामीले त्यसै गर्यौं । बस भित्र र डिक्कीमा चेक गरेपछि मानिसको पासपोर्टलिएर बस्न भनेकाले हामीले यु.एन को पासपोर्ट हेरेर बसमा जान भने सबै जनाको चेक भए पछि बसमा चडे, बाहिरको दृश्य नदेखिने भएकोले प्राय सबै जना सीटलाई ढलाएर सुत्नलागे भित्रको बत्ती पनि निभ्यो,बस आफ्नो रफ्तारमा कुदिरह्यो । बीच बीचमा रोकिएको जस्तो लाग्दथ्यो तर राम्रो बाटो र चालकको होशियारीलेले होला यात्रा एकै प्रकारको थियो ।

नेपालमा जस्तो टाउको ठोकिनेगरी बजार्ने र उफार्ने कहीं कतै भएन, एकै पटक पौने पांच बजेतिर ब्यूँझदा बस रोकिएको थियो । सुनसान र चकमन्न जस्तो लाग्थ्यो, केही गाडी जाने र आउने गरेको हुन्थ्यो, चीसोले होला पेट दुखिरहेको थियो,कुन स्थानमा, किन बस रोकिएको पनि थाहा थिएन, सबै मस्तसँग सुतिरहेका थिए । लाग्थ्यो त्यो कुनै चेकपोष्ट थियो होला र विहान नभई प्रवेश नदिनेकारणले बस रोकिएकोहोला, तर जब ०६०० बज्यो केही मानिस व्युजनथाले र बसबाट तल झर्न थाले, आफू पनि शौचगर्नमन लागेर तल झर्दै थिए, एक जना मान्छेले आएर Welcome In Nairobi भन्यो, उसले मलाई देखेर भनेका् रहेछ, मैले सर्माउदै Thank You भने । अनि Toilet सोधे, उसले यो कालिता बस काउण्टरहो ०६३० बजे खुल्छ यो भवनभित्र छ भन्दै आराम गर्न मन लागे भित्र बस्दा हुन्छ भन्यो । पछि थाहा भयो त्यो व्यक्ति त्यही काउण्टरको स्टाफ पो रहेछ । धेरै यात्रीहरू ओर्लन थाले ०६२५ हुन लागेको थियो हाम्रो समूह पनि ओर्लिएर समानलिन लाग्यो समान लिएर काउण्टरमा गद्धावाला कुर्सीहरू रहेछन, समान त्यही राखी शौचतिर लागियो, एउटामात्र शौचालय भएकोले लाममा बस्नुसिवाय उपाय थिएन, तर पानीको व्यबस्था भने रहेछ, सफा पनि निवृत्त भएर बाहिरको यात्रु प्रतिक्षालयमा बसियो । त्यो बस त सबेरै आएर बसेको रहेछ काउण्टर नखुलेकोले सोही अगाडि खडागरिएको रहेछ । ०६३० बजे यात्रुलाई झारेर आ आफ्नो गन्तव्य स्थानतिर लाग्न पाईदो रहेछ । केही उज्यालो भए पछि टयाक्सीहरू आउन थाल्यो सगैंका यात्रुहरू बिस्तारै जान थाले हामी बसिरहेका थियौ, हामी मध्यका एक जना साथी होटेलको प्रबन्धमा गएकाले हामी दुइजना उनकै प्रतिक्षामा बस्यौ,उक्त बसमा आउदा सीट नं ७मा साथी प्रेम र ८मा एक जना नैरोवी जाने मोटी अधवैसे बसेकी थिइन, उनी एक व्यपारिरहिछिन् उनले प्रेमको अनुरोधमा होटेल देखाउन लगेकिरहीछिन । झण्डै एक घंटा जतिपछि आएर बाई भनेर बिदा भइन तर पछि बुझ्दा १० डलर मागेर लगिन रे देखाए बापत । अनि हामी SANDTON CITY HOTELमा गयौं जसमा B3 को दुई वेड र C1एक वेड को बुक भयो जम्मा तीनहजार नौ सय केनियन सिलिङ्ग एक रातको एउटा ब्रेकफास्ट त्यसैमा दिदो् रहेछ । ब्रेकफास्टको कुपन लिएर सोही भवनको अर्को पट्टीको लवीमा लागियो । फलफूल, जुस,कर्नल्फस्क, दुईपीस टोस्ट पाउरोटी जाम, चिया (अण्डा र सस खानेलाई) को व्यवस्था थियो । यहाँ कम्पालाभन्दा राम्रो व्यबस्था थियो । नस्ता पछि बुकिङ्ग काउण्टरमा गयौ र सो दिन कहां जान उपयुक्त हुन्छ सल्ला लिन लाग्यौ । रिसेप्सिनिष्ट बहिनीका अनुसार म्युजियम र बोमस अफ केन्या हेर्न जान सल्लाह दिइन र एउटा टेक्सी पनि व्यबस्था गरिदिने भइन । हामी पैसा सटही गर्न BARCLAYB मनी सटही काउण्टमा गयौ । हामी होटल फर्कदा टेक्सी आइसकेको रहेछ तीनहजारबाट तेइस सय केनियन शिलिङ्गमा उल्लेखित दुई स्थानमा घुमाएर ल्याउने भयो ।२०/ २५ मिनेटमा नैरोवी शहर घुम्दै म्युजियम पुगियो । प्रति व्यक्ति आठसय प्रवेशशुल्क तिर्नु पर्ने भए पनि हामी यु.एन कार्डहोल्डर्र भएकाले चारसय तिरेर प्रवेश पाइयो, घर्षर्ने ( रेप्टाईल) जातका प्राणी हेर्न प्रवेश गरियो । शुरुमा त अक्वारियममा राखिएका माछाकाका प्रकारहरू हेर्दै सर्पका जाति र अजिङ्गर, गोही तथा संसारमा सबैभन्दा लामो आयु हुने कछुवाहरूकाबारेमा हामीसँग गएका गाईडले बताए । उसले त्यो गाईड गरेबापत सय सिलिङ्ग हातमा राखिदियौं । अनि पुन त्यति नै प्रवेश शुल्क तिरेर म्युजियम हेर्न त्यही भवनको अर्को ढोकाबाट प्रवेश गरियो । हामीसँग गएका ड्रईभर जोसेफ पनि सगै गए उनलाई भने कही पनि प्रवेश शुल्क लागेन । भईतलामा राखिएका हात्तीका ठूला मूर्ति तथा अफ्रिकामा पाइने ठूला जनावरहरू हिप्पोपोटामस आदिका कंकाललाई संरक्षण गरी राखिएको रहेछ । हामीसँग गएका ड्राईभर र गाईड पनि फोटोमा छन् ।

हजारैं प्रकारका चरा र तिनका फुल र गुडसमेत दुरुस्त बनाएर जातसमेत लेखेर राखिएको मनोरम दृश्य हेर्दै एउटा कुनामा सिशाबाहिर मानवका पूर्वजका काला मूर्ति बनाएर आदिम कालमा बाच्नकालागि गरिने शिकार र चलाउने हतियार सहितका लेआउट निकै रमाइलो थियो ।त्यस्तै गररे अर्को कोठमा मानव खप्परहरू र तिनका नाम समेत संरक्षण गरी राखिएका थिए भने अन्य कोठामा त्यही पाइने हात्ती, अर्ना, निल गाई,बदेल, आदिका फोटाहरूको लेआउट गररेर राखिएको थियो । त्यसै भवनको माथिल्लो तलामा केनियाका प्रमुख व्यक्तिहरूका तस्वीर छोटो फेहरिस्त र विश्वमा गनिएका प्रमुख व्यक्तिहरूकाबारेमा समेत उल्लेख भएको ईतिहांस संरक्षण गरिएको रहेछ । उनीहरूका बाजाहरू, संस्कार, परम्परा, प्रगोग गरिने कपडा आदिका पतिनीधित्व हुने गरी राखिएको थियो भने ठूला जनावरहरूका छालाका विशेष प्रकारले आकृति बनाएर राखिउको थियो सफा र ठूला ठूला कोठाहरू निकै आकर्षक थिए । सबैको सामान्य अवलोकनपश्चात तल्लो तलाको मुलढोकानिर बनाईएको, मानिसले प्राय वास्ता नगर्ने तर प्रयोग गर्नै पर्ने स्थान शौचालय गयौं । सफा र आकर्षक शौचालयको निमार्ण र मेनटेन प्रशंसनीय थियो । मूलढोकाको दाइने तर्फ राखिएको अग्लो डाइनोसोर्स अगाडि फोटो खिची जोसेफसगै बाहिरियौं ।

नैरोवी शहर अवलोकन गर्दै बोमस ( केन्याको संस्कति केन्द्र ) अफ केन्या अवलोकन गर्न गयौं । बाटोमा भव्य भव्य सरकारी एवं व्यक्तिका भवनहरू देख्दा युरोप जस्तै लाग्द थियो । संसद भवन, हाईकोर्ट, कमुनिकेशन केन्द्र, तीस पैतीस तले गगनचुम्बी भवनहरू, बाक्लै गाडीका तातीं, कंम्पालाभन्दा सफा अँझबडी बाक्ला र सफा अग्ला भवनहरू रहेछन् । मानिसहरू पनि अँझै सव्य र सफा देखिने, कोर्ट टाईमा सजिएका छन् धेरै जसो महिलाहरू पनि सुटमै सजिएका देखिन्छन् । बाटाका किनारामा राता ढकमक्क फूल फूलेका देखिन्छन् । प्रशस्त साना कारहरू चलेका छन् जहां पार्क गर्ने ठाउ पनि छैनन् । एकै छिन जाम हुन्छ पुन खुली हाल्छन् । सबै भवनहरू रङ्गfएका छन्, झ्यालका ठूला ठूला शिसापनि रङ्गfएका छन् । मानिसहरू आ–आफ्ना काममा व्यस्त देखिन्छन् । सबै चिल्ला चिल्ला कारहरू बायातर्फीबाटोको प्रयोग गर्दै कुदिरहेका छन् । लाग्छ युरोपकै एउटा टुक्रा हो । हाम्रो टेक्सी आन्तरिक विमानस्थल नजिक हुदै आधा घंटामा उक्त केनद्रमा पुग्यो । प्रवेश गर्ने ढोका माथि BOMAS OF KENYA लेखिएको थियो । पार्क स्थलमा टेक्सी पार्क गरी उक्त केनद्रमा बुझ्दा १४३०बाट १६०० बजेसम्म चल्ने भएकोले हामी सग बाकी आधा घंटाको समय सोही केन्द्रभन्दा भित्र रहेका केनियाका आदिबासीहरूका प्रतिनीधित्व गर्ने नमूना गाउँ हेर्न ठूलो चउरका बीचमा भएका ( बुट्रयानबीच रहेका यी प्रतिनीधी परम्परागत छाप्रोहरू बनाईएका थिए ), हेर्न गयौं ।

जुन हाम्रा नेपालका तराईका धान राख्ने धनसार जस्ता गोला र खरका छाप्रा खासै आकर्षक लाग्दैन थे । चिरपट वा साना झिक्राले बारेका, कुनै छाप्रका भई लिपेका कुनै नलिपिएका, उनीहरूका जातिविच्छे फरक–फरक आकारका त्यो भवन भित्र साना चिरपटका खाट,त्यस्तै ढोका थिए। कुनै कुनै गाउमा मूल ढोका नेर गार्ड हाउस अलि अग्ला र तला बनाएका बाहिर अवलोकन गर्न मिलने गरी बनाइएका यस छाप्रका बीचतिर पशुराख्ने खोर बनाइएको थियो छाप्राहरू धेरै कराला थिए, मुख्य ढोकानेर GRANDMA, FIRST WIFE, SECOND WIFE, GRANERY, HUSBAND आदि अलग अलग छाप्रा थिए, यी सव । चार पांच वटा गाउँ हेरेर केन्द्र नजिकै खाजा खान लाग्यों, यी सबै छाप्राका बस्ती स्थनीय जंगलमा पाइने काठ, लहरा, खर आदिबाट निमार्ण गरिएका थिए । दिईएको समयमा छव सय प्रति व्यक्तिकादरले प्रवेश शुल्क तिरी, एउटा ठूलो गोलो घर (हल)मा गयौं । यो घर लामो ठूला गोला काठहरू जोडेर ३०/४० फिटको उचाईमा बनाईएको थियो । करीब हजार जना अट्न् सक्ने घुमाउरो सिँढीमा कुर्सी मिलाएर राखिएको थियो । विशिष्ट श्रेणीका लागि अँझ अग्लो बनाइएको थियो । यसको भई भिल्लो गरिएका थिए, त्योभन्दा माथि अर्को स्टेज पनि थियो । लामा सिगैं काठमा फलामको पातामा नटबोल्ट कसेर नौलो प्रकारले बनाईएको थियो । १२ /१५ फिट माथि र तलबाट पनि अवलोकन गर्न मिल्ने गरी बनाईएको थियो । गोलो बारमा पूरै शिसा लगाईएको कारण प्रशस्त उज्यालो आउँदै थियो ।

उसो त लाईट को प्रबन्ध थिदै थियो । प्रवेश गरेको केही क्षणमै दुई तीन जना हातमा छयाई छ्याई बजाउदै नाच्दै मंचमा आए । सिमेन्ट लगाईएका चिल्ला गोला भई जहा माथिबाट हेर्दा टल्कन्थ्यो । तिनीहरू बसेर बजाउदै थिए अर्को ढोकाबाट ६ जना केटा र त्यतिनै केटीका समूह उनीहरूकै भेष भुषामा सजिएर नाच्दै आए । उनीहरूको भाषामा भनिएकोले होला बुझ्न सकिएन, झारलाङ्ग झुरलुङ्ग तारलाङ्ग तुर्लुङ्ग हरिया, कुनै मृगका छाला ओडेका,कुनै चरायोको छाला ओडेका अचम्मको पोशाक थिए । रङ्गे चङ्गे अर्ध पोशाक आदिमकालका जस्ता । खुट्टाका खाली भाग,शरीरका केही भाग देखिने काला कालीहरूका समूह कस्ता भन्नु? तर शरीरका बिभिन्न अङ्गहरू हल्लाउन माहिर थिए । उफ्रेर घुम्दै नाच्थे, ढोलक बजाउने, पशुका छाला, रौं पुच्छरहरू प्रयोग गर्ने, उनीहरूका परम्परागत र पाषण युगका हतियार बोकेका । उनीहरूका बिभिन्न भेष भुषा र संस्कृति झल्कने पोशाक र गीतहरू गाएर गए, हामी बाहिरियौं । सोही बाटो फिर्ता भइयो र इन्धन भर्ने केन्द्रमा आएर रोकियो हामी शहरका भव्य महलहरू देखिने गरी फोटो खिच्न लाग्यौं । होटेल पुग्यौं झमक्क हुन लागेको थियो, १९ तारिक मसैमारा जाने कार्यक्रम राखेका थियौ । गाडी र भाडा तय गर्नुृ थियो । जोसेफले १२ हजार भन्यो हामीले १० हजार दिएका थियौ तर उसको टेक्सी त्यति राम्रो थिएन बाटो लामो थियो । रिसेप्सनिस्टको सहयोगमा पुन एक सय डलर साट्न पठाइयो तीन जनाको तीनसयको २२ हजार पाँच सय तीस सिलिङ्ग आयो । बिहानाकै होटलमा डिनर खायौं ।

दिव्य दीप दहाल, हाल लाईबेरिया

पहिलो भाग – https://www.majheri.com/node/15105
दोस्रो भाग – https://www.majheri.com/node/15208

Leave a Reply

Your email address will not be published. Required fields are marked *