चर्काएर गयौ मुटु गइनौ किन फुटाएर
हास्ने इच्छा छैन यी आँसुहरू लुकाएर
रोएको छु अतितका पानाहरू पल्टाएर
बाँच्न के सकिन्थ्यो र नङमासु छुटाएर
हत्केलाले सूर्यलाई छेकिन्न भने प्रिय
कसरी सोच्यौ खुसी छ निम्तो पठाएर
निमोठ्ने मन छ बगरका हरिया पातहरू
ओइलाउछ पक्कै त्यो किन राख्नु बढाएर
असार जस्तै भा छ मन ओभाउदैन कैले
राख्नु पर्ने बाध्यता छ यादहरू खताएर
किसान क्षेत्री ‘किस्मत’
हस्तिचौर-८पालुखा
गुल्मी