प्रकाशको पीडामा,
छटपटाउने जीवहरूले,
आधी रातमा रोइरहेको,
औशीलाई हेर्दा
चकमन्न निर्जीव झै,
सुनसान वातावरणमा
ज्योतिविहीन आँखाको ज्योति,
आफैभित्र पाउँछ।
परिवेस शून्य,
गन्तव्यका यात्रीले
मध्यान्नमा,
आकाश नियालेर हेर्दा,
कोलाहलपूर्ण,
ज्ञात-अज्ञात दृष्यभित्र,
कमजोर आयु मात्र,
सामने लड्खडाउँछ ।
तिता मिठा भावनाका कयौ,
छालहरूमा नुहाउदा,
जीवन शैली सदाको लागि,
रङ्गिन हुने भए
प्रचण्ड गर्मीमा,
भकभकि पाकिएकोबेला,
हिमश्रिङ्खलाको,
कल्पनाले कपाउने भए ।
स्काइप, भाइवर, फेसबुक,
र नेटले दिएको आनन्द,
वास्तविक जीवनले,
उपभोग गर्न पाए
गरिबी र अभावै अभावले,
रोएको मनले त्यहाँ,
जादु कल्पनाको,
मिठासले रम्न पाए ।
स्वर्ग धर्ती हुन्थ्यो,
धर्ती स्वर्ग नै,
अशान्ति शान्ति र,
शान्ति अशान्ति मै
मृत्यु जीवन हुन्थ्यो,
जीवन मृत्यु झै,
मानिस देउता हुन्थ्यो,
देउता के हुन्थ्यो खै ?
निशा खनाल अर्याल
इजरायल
अाशावादी साेच भएकाे कविता ।
अाशावादी साेच भएकाे कविता । पहिले भन्दा केही सुधार देखियो लेखाइमा । मलाइ ता खुसी पो लागेको छ कमसे कम मैले घच्घच्याएका कारण केही सुधार भो मेरी बैनीकाे लेखाइमा ।
राम्रो कविता….
कबिता राम्रो छ तर कविताको संरचनामा भने केहि ध्यान दिनु जरुरि देखें मैले,…..