Skip to content

कोही गरिब कोही अमिर छन यहाँ

  • by


कोही गरिब कोही अमिर छन यहाँ
बाटो बिराएका फकिर छन यहाँ

म त दूर तिमीबाट धेरै दूर छु प्रिया
सम्झनालाई तिम्रा तस्विर छन यहाँ

सपनाको शहर भन्दै भन्नेहरूपनि भेटे
भेटे कति काटिएको शिर छन यहाँ

नदेख भो तिमी सपना पराई माटोको
हाँसो खुसीभन्दा पिरै पिरछन यहाँ

दया माया देखाउने भेटीदैनन कोही
बोलिबाटै मुटु रोप्ने झिर छन यहाँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *