• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • विचारात्मक निबन्ध
  • हास्यव्यङ्ग्य
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा

भयवाद विश्वको कान्छो र नौलो दर्शन हो - देश सुब्बा

editor — Thu, 09/18/2014 - 04:02

  • साहित्यिक छलफल
  • देवराज राई

विगत १५ वर्षदेखि हङकङमा बसेर देश सुब्बाले भयवाद दर्शनको विकास गरिरहेका छन् । उनै देश सुब्बासित लिइएको अन्तरवार्ता—

१. देश सुब्बाज्यू तपाईलाई के भनेर बोलाउ ? दार्शनिक, कवि, उपन्यासकार वा लेखक ?

म दार्शनिक, कवि, उपन्यासकार बन्ने खोज्ने सामाग्री हुँ । बनिसकेको छुइनँ । घर बन्नलाई जग, झ्याल, ढोका, छाना, बालुवा, सिमेन्ट, काठ धेरै चाहिन्छ । बनिसकेपछि हामी घर भन्छौं । म पनि दार्शनिक, कवि, उपन्यासकार बन्ने कोसिसमा छु । बनिसकेपछि कुनै नाम आउला । वैचारिक शक्तिको हिसाबले दार्शनिक शक्तिशाली हुन्छ । दर्शन विशुद्ध विचारको कोष हो । यसमा मनोरञ्जनको मात्रा कम हुन्छ, विचारको खेल बढी । यसमा अर्थको कुरा पनि आउँछ—कसले कसरी बुझेको छ । मैले अर्थ बुझ्नलाई चेतना, ज्ञान, स—संकेतक प्रवृत्ति, वातावरण, घटना भनेको छु । यसैको बुझाइले बन्छ अर्थहरू । यही अर्थहरूले निर्माण गर्छ जीवन र जगत् । कविता, उपन्यास, कथा, नाटकजस्ता साहित्यमा विचार र मनोरञ्जनको सँगम हुन्छ । मेरो निर्माणको यो संक्रमणकाल पूरा भएपछि कसैले दार्शनिक भन्ला, कसैले साहित्यकार । एउटा साँचो कुरा हो, समाजमा धेरै साहित्यकार जन्मिन्छन्, परन्तु विरलै जन्मिन्छन् दार्शनिक । नेपालीमा त दार्शनिक छैनभन्दा हुन्छ । त्यसैले मलाई बोलाउने कुरा पनि यस्तै हो ।

२. भयवाद दर्शनका बारेमा धेरै चर्चा परिचर्चा भइरहेको छ नि ?

हो बिस्तारै गति लिइरहेको छ । “भयवाद चिन्तन र विमर्श”, “भयवाद वैचारिक चिन्तन”, भयवादमा आधारित उपन्यास “आदिवासी”, भयवादमा समालोचना गरिएको नाटक “हेच्छाकुप्पा” र कवितासंग्रह “वैशको रूख” आइसकेका छन् । कृति आउने क्रम जारी छ । भयवादको मुख्य पुस्तक नेपालीमा अँझै पनि आएको छैन । अविश्वासिलो तरीकाले अमेरिकन प्रकाशनबाट भयवाद दर्शन प्रकाशित भएपछि यसको चर्चा चुलिएको छ । कतिलाई अँझै विश्वास नै भएको छैन । विश्वास पनि कसरी गर्नु ? नेपाली साहित्यमा हाम्रा साहित्यकारहरू वर्षौदेखि लेखिरहेका छन् । हाड घोटिरहेका छन् । किन्तु बाटो पत्ता लगाएका छैनन् । मुख्य कुरा बाटो हो । बाटो पत्ता लगाइएपछि हिँडिन्छ ।

भयवादलाई यहाँसम्म पुर्याउन म घोटिएको छु, भयवाद अध्ययन केन्द्र घोटिएकोछ, उता असम भारतबाट रण काफ्ले घोटिएका छन् । यसको चर्चा यताभन्दा उता भारततिर बढी छ । यताबाट छेलिएको छ, उता टल्किन्दैछ । सिक्किम, दार्जिलिङ, असम, मणिपुर, मेघालय, अरूणाचलप्रदेश, नागालैण्ड, म्यान्मारको टमूसम्म छलफल, गोष्ठी भएका छन् । उता असमीस, नेपाली, मणिपुरी, अंग्रेजीमा समाचार, लेख प्रकाशित हुँदै आएको छ । अँझै फैलिन्दैछ पर पर । रण काफ्लेले त बसिबियाँलो भनेर भयवादको प्रचारप्रसार गर्न नियमित कार्यक्रम नै चलाउँदै छन् । यी कारणहरूले चर्चा चुलिएको छ । अँझै चर्चा पाउनेमा म आशावादी छु ।

३. भयवाद के हो ?

भयवाद विशुद्ध दर्शन हो । यसमा भएको विस्तृत वर्णन छ । आदिमकालबाट हामीसित भय थियो । हामीसित भएको भयलाई हाम्रा दार्शनिक, साहित्यकार, संगीतकार, कलाकारले नकरात्मक ढंगले मात्र व्याख्या गरे, वास्तवमा भय चेतनाहरूमा सबैभन्दा जेठो चेतना हो । यही भय चेतनाले हामी सञ्चालित, निर्देशित र नियन्त्रित छौं । हाम्रा आविष्कार, निर्माण सबै भयचेतनाका उपज हुन् । प्रहरी, सेना, अस्पताल, कानून, समाज, अदालत, सरकार विद्यालय, बिमा, बैंक सबै नै भयलाई न्यून गर्न स्थापना भएका हुन् । यी सबैको पछाडि मृत्यु भय, प्रतिष्ठा भय, रोग लाग्ने भय, सम्पत्ति नासिने भय, समाज भाँडिने भय छन् । मैले भयवादमा सुत्रबद्ध व्याख्या गरेको छु । धेरै दर्शनको आधार भय भेटेकोछु । यस्तै भयले भय रोगी हुन्छन् भनेको छु । भय रोगी फैलिन्छ, त्यसकारण यसको उपचारको लागि अब छुट्टै अस्पताल, औषधी र डाक्टर हुनुपर्छ भनेको छु । अवसाद, तनाव, आत्महत्या, युद्ध, चिन्ता, मानसिक रोग सबैको माउ भय हो । यो यथार्थ पनि हो । मैले भएको क्षेत्रफल, आयतन मात्र हुन्छ भनेको छुइनँ यसको प्राथमिक र माध्यमिक उपचार बारेमा पनि बताएको छु । यस्तो धेरै भय वर्णनको समग्र रूप हो भयवाद ।

४. भयवाद दर्शनको उपयोगिता क–कसलाई हुन्छ ?

सबैभन्दा महत्वपूर्ण उपयोगिताको कुरा हो । भय क—कसलाई हुन्छ, कुन वर्ग र जातिकोलाई हुन्छ ? कुन उमेरकोलाई हुन्छ भन्ने प्रश्नमा हामी अल्मलिएका हुन सक्छौं । उपयोगिता जान्न अगाडि भय कसलाई हुन्छ भन्ने जान्न जरूरी छ । चेतनाको मात्र अनुसार सबै वनस्पति, प्राणी र मानिसहरूलाई भय हुन्छ । त्यसमा पनि विशेष वयस्क मानिसलाई । उनीहरूको जिम्मेवारी, कर्तव्य, प्रतिष्ठा कम उमेरका र वृद्धहरूभन्दा बढी हुन्छ, त्यसैले उनीहरूको भय पनि बढी हुन्छ । यो फैलिन्दै जाँदा भय रोग वा अन्य समस्या बन्छ । यसको उपयोग त प्राणी, वनस्पतिदेखि मानिसलाई हुन्छ । यसको आधार चेतना हो । चेतनासँगै काम, कर्तव्य, जिम्मेवार, दायित्व, प्रतिष्ठा बढी भएको मानिसलाई बढी भय हुन्छ । जसलाई बढी भय हुन्छ उसलाई नै यो सिद्धान्त बढी उपयोगी हुन्छ, त्यसमा मानिसदेखि पशुप्राणी सबै पर्छन् ।

५. विश्वसाहित्यमा भयवाद दर्शन नौलो दर्शन हो त ?

भय दार्शनिक, साहित्यकार, चिकित्सकहरूले धेरै अगाडिबाट प्रयोग गर्दै आएको शब्द हो । अगाडिका दिनहरूमा भयलाई नकारात्मक र सानो आकारमा लिइएको पाइन्छ । पश्चिममा फोयिबा भनेका छन् । पूर्वमा रस सिद्धान्तमा राखेर आचार्य भरतले भय रसको व्याख्या गरे । यी सानो बिरूवालाई मैले गोडमेल गर्दै, मलजल गर्दै ल्याएको छु । अहिले यो वयस्क भएको छ । फुल्न खोज्दैछ । हिजो सानो आकारमा भएको यो दर्शनले विश्वमा नै नौलो दर्शनको रूप लिने कोसिस गरिरहेको छ । योभन्दा अगाडि भयलाई मुख्य विषय बनाएर कसैले लेखेको, बोलेको भेटिएको छैन । भयबारेमा सानोतिनो लेख हामी भेटछौं । यही हो पहिलो पटक दर्शनको रूपमा आएको । त्यसैले यसलाई विश्वको सबैभन्दा कान्छो र नौलो दर्शनभन्दा अतिश्योक्ती नहोला ।

६. नेपाली साहित्य क्षेत्रमा भयवाद दर्शनको महत्व के छ ?

नेपाली साहित्यमा मात्र होइन, यसलाई अब विश्व साहित्य, कला, सँस्कृति, संगीत, समालोचना, विज्ञान र जीवनसँग राखेर हेर्नुपर्छ । यसको उपस्थिति चारैतिर छ । जहाँसम्म नेपालीको प्रश्न छ, यसको ठूलो महत्व छ । नेपाली साहित्य विश्व साहित्यको ऋणमा डुबेको छ । त्यो ऋणको व्याज तिर्न भयवादले मद्दत गर्दछ । “हामीसित पनि भयवाद छ” भनेर छाती चौडा पार्न सकिन्छ । जीवन र जगत्लाई आयातित चस्माहरूले मात्र हेरियो । अब मौलिक चस्माले हेर्न सकिन्छ । नेपाली साहित्यबाट अहिलेसम्म खासै शक्तिशाली विचार, साहित्य विश्वमा गएको छैन । कथा, उपन्यास, कविता गएका छन् । यसले टालोको काम गरिरहेको छ । शक्तिशाली विचार यो पहिलो हो । पहिलोको जहिलेपनि विशिष्ट स्थान हुन्छ । सगरमाथा पहिलो पटक तेन्जिङ सेर्पाले चढे, बाटो बनाए । अहिले धेरैले चढिसके । तेन्जिङ सेर्पाको स्थान सधैं सुरक्षित रहन्छ । त्यो पाइला कसैले मेटन सक्दैन । भयवाद पनि यस्तै हो जस्ता लाग्छ ।

७. भयवाद अध्ययन केन्द्र के गर्दैछ ?

भयवादलाई विकास गर्न स्थापना भएको संस्था हो भयवाद अध्ययन केन्द्र । हामी यसलाई संस्थागत गर्न खोजिरहेका छौं । कार्यक्रम गरिरहेका छौं । छलफल चलाइरहेका छौं । पुस्तक, पुस्तिका, प्रकाशन गर्दैछौं । पुरस्कार स्थापना गरेर प्रचारप्रसार गरिरहेका छौं । समग्रमा अध्ययन केन्द्र भयवाद दर्शनको विकासमा लागिरहेको छ ।

८. उत्तर भारतमा भयवाद दर्शनले धेरै चर्चा पाउनुको कारण के होला ?

उत्तरभारतमा भयवादले धेरै चर्चा पाउनुको कारण रण काफ्ले हुन् । उनी असम कार्विआङलाङ जिल्लाका बासिन्दा हुन् । उनले यसलाई फैलाउन अथक प्रयास गरिरहेका छन् । लेख लेखिरहेका छन्, बसिबियाँलो कार्यक्रम चलाइरहेका छन् । यही बसिबियाँलोको कार्यक्रम गर्दै असमको विभिन्न जिल्ला, नागालैण्ड, मणिपुर, म्यान्मार, मेघालय, दार्जिलिङ्ग, सिलगुडी पुगिरहेका छन् । कहिले उत्तरपूर्वका विद्वान्हरूलाई भेला गरेर गोष्ठी, सेमिनार गरिरहेका छन् । उहाँकै संयोजकत्वमा २०१३ सालमा धरानमा एक अन्तर्राराष्ट्रिय कार्यक्रम सम्पन्न भयो । यो कार्यक्रममा गैर नेपालीहरूको ज्यादा उपस्थिति थियो । उनले नै भयवादमा लेखिएका समाचार पत्रिका, पुस्तक बाँडिरहेका छन् । उनको एक्लो प्रयासले उत्तरपूर्वका नेपाली, गैर नेपाली धेरै साहित्यकार, पत्रकार, प्राज्ञिकहरू भयवादप्रति आकर्षित भएका छन् । उनलाई साथ दिने एकदुईजना भए यसले निकै उचाइ प्राप्त गरिसक्थ्यो । तथापि यति छोटो समयमा यतिको उचाइ सन्तोषजनक नै छ । भयवादसँग नेपाली गैर नेपाली धेरै सहमत छन् । धेरैले नौलो दर्शन मानिरहेका छन् । त्यहाँ यसले लोकप्रियता पाउनुको अर्को कारण अस्तित्व संकटको भय पनि हो । नेपालमा त्यो अवस्था छैन र प्रभाव कम छ ।

९. भयवादको नयाँ संस्करण फिलोसोफी अफ फियरीज्मको अंग्रेजी प्रकाशनले एक प्रकारको तरंग उत्पन्न गरेको छ नि ?

तरङ्ग उत्पन्न गर्ने केही काम म आफै गरिरहेको छु, धेरै साथीहरूले सहयोग गर्नुभएको छ । केही प्रकाशकले । प्रकाशकको तर्फबाट हुनुपर्ने प्रबद्र्धनको काम हुन अँझै बाँकी छ । तयारी हुँदैछ । अन्तर्राराष्ट्रिय पुस्तक प्रदर्शनीमा सहभागी, ५०० वटा प्रेस रिलिज, रिभ्यू, र वेवसाइडको काम हुँदैछ । विषय वस्तुको गाम्भीरतालाई ध्यानमा राखेर त्यही स्तरको प्रकाशन र प्रबद्र्धन गर्नुपर्छ भन्ने मेरो मान्यता हो । त्यही अनुरूप काम अगाडि बढिरहेको छ । यो वर्षमा यी काम सम्पन्न हुन्छन् । अनि मात्र पुस्तक कस्तो भयो, यसको महत्व कस्तो छ ? विश्व दर्शन, साहित्यमा यसको स्थान कहाँ छ ? मूल्याङ्कन हुन्छ । अहिले त यसको मूल्याङ्कन गर्ने बेला भएको छैन ।

१०. नेपाली साहित्य, दर्शनमा यस्तो देखिएको छैन तपाईको कसरी संभव भयो ?

कोसिस गर्दै गएपछि बाटो बन्दै जान्छ । मैले पनि कोसिस गरिरहेँ । अनलाइन प्रकाशक खोज्न थालें । मेघालय भारतकी प्रा.डा. स्टीमलेट डखारले पनि भारतको प्रकाशक खोज्न सहयोग गरिन् । तर भारतको प्रकाशकले प्रकाशन गर्न अस्वीकार गर्यो । नेपाली प्रकाशकहरूले अस्वीकार गरिरहेका छन् । हल्काफुल्काको बजार भएको ठाउँमा यस्तो गम्भीर विषयले प्रवेश पाउने कुरा पनि भएन । अहिलेको समय साइबरको हो । अनलाइनमा ठगहरूको पनि त्यतिकै बिगबिगी छ । त्यहाँ धेरै प्रकाशक भेटिन्छन् । तर इमान्दार पाउन गाह्रो छ । त्यही पनि खोजी जारी राखें । लामो समयको खोजपछि अहिलेको प्रकाशक भेटें । त्यति सजिलै विश्वास गर्ने कुरा भएन । बेलायतको प्रकाशकबाट पनि प्रस्ताव आयो । मलाई बेलायतको प्रस्ताव उचित लागेन । अहिले प्रकाशन गर्ने अमेरिकन प्रकाशकबाट काम गर्न थालें । मनमा त्रास थियो नै । छापिन्छ कि छापिन्दैन । ठगाइमा परिन्छ कि ? पुस्तक नै हातमा नपरिन्जेल मैले यसलाई बाहिर पनि ल्याइनँ । किनभने प्रतिष्ठा डुबाउने धेरै माफिया हुन्छन् । ती सबैबाट जोगिनै पर्यो । अन्तोगत्वा यहाँसम्म पुगें । अहिले म के बुझ्दैछु भने कुनै पनि कामको एउटा सिस्टम हुन्छ । यिनीहरूसँग सिस्टम छ । चारैतिर हाँगाबिँगा फैलाएर बसेका छन् । यिनीहरूको बाटोबाट हिँडियो भने विश्व बजारमा पुग्न छिटो र सजिलो हुँदोरहेछ । आफै गर्न खोजियो भने यो ब्राह्मण्डमा हराइन्छ ।

११. देश सुब्बाज्यू तपाईको कविता कर्मका बारेमा केही भन्नुहोस न ?

कुनै विषय वस्तुले प्रभाव पार्यो भने कहिलेकहीँ कविता लेख्छु । एक समय हङकङको नेपाली साहित्य निस्क्रीय भएको थियो । त्यो बेला यहाँको साथीहरूलाई सक्रिय बनाउन रेखा कविता लेख्न थालें । रेखा कविताले पनि केही उत्साह ल्यायो । बिस्तारै जीवन र जगत्लाई हेर्न दृष्टिकोण बनायो । टंक सम्बाहाम्फे लगायतका केही साथीहरू रेखा कविता लेखिरहेका छन् । म पनि लेख्छु । बीचमा दश वर्ष लगाएर चार सय पानाको अनौठो पाराको महाकाव्य लेखें । छापिएको छैन । कुनै दिन आउला त्यसको पालो । समय समयमा समकालिक कविता लेखिरहेको छु । कविता लेख्न पनि मलाई रमाइलो लाग्छ ।

१३. कुनै मुलुकमा नेपाली समाज स्थापनाका लागि हामी के गर्न सक्छौं ?

समाज स्थापना भन्ने महत्वपूर्ण कुरा हो । नेपाली समाज भनेर जब हामी भन्छौं, त्यो समाजको आधार चाहिन्छ । जुन समाजको भाषालिपि, धर्मसंस्कार मजबूत हुन्छ, त्यो समाजको अस्तित्व बलियो हुन्छ । समाजको अस्तित्व र पहिचानको कुरा आउँछ । आर्थिक, सामाजिक र राजनैतिक मजबूतीको कुरा पनि आउँछ । हामी विभिन्न मुलुकमा अल्पसंख्यक संक्रमक कालबाट गुज्रिरहेका छौं । समाज स्थापना, मजबुतीभन्दा पनि डार्बिनले भनेजस्तै बाँच्नको लागि संघर्ष चलिरहेको छ । यस्तै कुरालाई अब्राहम मास्लोले आवश्यकताको सिद्धान्त भनेर व्याख्या गरे । यी सबै भयमा गएर अडिन्छ । खाने, बस्ने र सुरक्षाको स्थिरता नआइ अरू काम गर्न सकिन्न । अहिलेसम्म पनि हाम्रो मानसिकताले त्यसैको खोज गरिरहेको छ । यसमा स्थिरता आएको दिन समाज एक किसिमले स्थापित भएको मान्न सकिन्छ ।

१४. नेपाली भाषाका लागि के गर्न सकिन्छ ?

कुनै पनि भाषालाई मजबुत गर्न सक्दो बढी प्रयोगमा आउनुपर्छ । जति सरकारी भाषासँग यसको नजिकको सम्बन्ध गाँसिन्छ, उति नै आयु लामो हुन्छ । विश्वको जुनसुकै मुलुकमा जुन भाषाले संविधान, सरकारी कामकाज, शिक्षा, नीति पत्रपत्रिकामा पुस्तक प्रकाशनमा स्थान पायो त्यो भाषा मजबुत हुँदै जान्छ । यसको लागि आफ्नो क्षेत्रबाट हामीले आफै यसको जगेर्ना गर्नुपर्छ । कतिपय मुलुकमा सरकारले सहुलियत दिएको छ । कतिपय मुलुकमा छैन । देशको कानूनको परिधिमा रहेर हामीले नेपाली भाषालाई संरक्षण, सम्बद्र्धन गर्नुपछ । त्योभन्दा अर्को विकल्प छैन ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 349
  • 825 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

नयाँ प्रतिकृयाहरू

  • Many many congratulations Mam
    1 day 21 hours ago
  • अनावश्यक
    6 days 13 hours ago
  • महाशय दर्जाको कुरा गर्दा
    1 week 3 days ago
  • डोटेली मुक्तक!!! तैँ जैसित "
    4 weeks 5 days ago
  • पर्तिकिर्यो तो देखि ना अभितक
    5 weeks 1 day ago
  • केही सच्याइएको छ।
    5 weeks 2 days ago
  • हम करै तो । केहु नकरै ।
    5 weeks 5 days ago
  • क्रन्धन
    6 weeks 3 days ago
  • ए मित्र क्रन्धन भन्ने शब्द नै
    6 weeks 3 days ago
  • Hom sir ! THANKS FOR your suggestion and affection
    7 weeks 19 hours ago

उपयोगी पृष्ठहरू

  • सरुभक्त सरोकार केन्द्र
  • समकालीन नेपाली शब्दकोश
  • प्रीति-युनिकोड रुपान्तरण
  • नेपाली टाइपिङ् (एक्स् नेपाली)
  • नेपाल साप्ताहिक

मझेरी छनौट

  • सरुभक्त
  • होम सुवेदी
  • पेशल आचार्य
  • रन्जना न्यौपाने
  • बिजु सुवेदी (विजय)

लोकप्रिय रचनाहरू

Today's:

  • जन्मदिनको शुभकामना तिमीलाई
  • खहरेको भेल-रहेछ
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • विकासको बाटोमा फड्को मार्दै ढुंखर्क
  • छोरीको जन्मदिनको शुभकामना
  • शुभकामना! जन्मदिनको !!
  • दिदीकाे पुकार
  • चर्चित नेपाली यौनकथा
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • जन्मदिनको शुभकामना
  • गजल:तिम्लाई माया गर्ने मेरो मन !!
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • अधुरो ईच्छा (यौन कथा)
  • पछिल्ला रचनाहरू
  • आँसु हाँसो मिलन बिछोड
  • पाँच मुक्तक (अब त टाढा भएछु)
  • अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
  • आँफैभित्र डुल्दा, अरुभित्र डुल्दा
  • रुपकी रानी रुपा (मनोवाद यौन कथा)
  • प्रेम कविता
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • मेरी बहिनी
  • थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
  • तिमीलाई जन्मदिनको शुभकामना
  • गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
  • तिहार तिमी.......!
  • तिहारको शुभकामना चेलीलाई
  • विद्यार्थी हुँ म
  • सबैको साथ
  • ख्रिन दोङरिन चिबा ख्रिनला ज्याबा धुन (निबन्ध)

Last viewed:

  • कामुक स्त्रीले एक युवकसँगको क्रिडा
  • बियोग रै छ जीवन
  • पर्दामा आमा बन्दा
  • जुदायौ आखा बुझ्न थाले मनको भावना
  • गजल
  • स्पन्दन
  • पाठ्यक्रममा साहित्यिक कृति
  • आधुनिक मान्छेको कथा
  • रुपकी रानी रुपा (मनोवाद यौन कथा)
  • अमेरिकामा स्व. कविताराम श्रेष्ठको सम्झनामा श्रद्धाञ्जलीसभा
  • त्रिशुलीको उत्पति वर्णन
  • जिबन यात्रा..
  • वेदसार
  • भरिया, ज्यामी, इत्यादि
  • दशैं (गजल)
  • शहिदको रगतले छोएको
  • बधाई छ धोकेबाच तिमीलाई
  • पुरानो माया
  • म पानी
  • जवानी त्यो झुकाएर आयौ
  • केउ प्रेम करे हमरा (कविता)
  • आँसु हाँसो मिलन बिछोड
  • प्रतिरुपण : स्वतन्त्रता
  • मेरो जीवनमा किताब
  • प्रेम र मेरी उनी
  • गमलामा रोपिएको पिपलको बिरुवा
  • असारे गीत
  • रामकुमार पाँडे र प्रकाश माइलाको 'हजार हाइकु' विमोचित
  • ईश्वरवल्लभको सम्झना
  • के हो यो गाई जात्रा ?
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०१७ सर्वाधिकार मझेरी डट कममा सुरक्षित