Skip to content


एक हुल मुन्द्रेहरूको बथान
अट्टाहास हाँसोमा
थोरै अस्लिन शब्दहरू मिसाउदै
पैताला भेट्नै लागेको कट्टु समाएर
जंगल सफारी लजभित्र
प्रवेश गर्छन् ।

अनुहारमा धेरै चिन्ताको कालो दाग
टाढैबाट टल्किरहेको देखिन्छ,
“पोहोर सालको दशैं त झुर भयो
तर त्योभन्दा एड्भान्स बनाउन
यो साल स्मरणीय
बनाउदैछौ सुमन दाइ,”
भन्दै थियो ।

सायद समुहको ऊ नाइके हुनु पर्छ,
सुमन दाइलाई चन्दाको बिल थमाउदै
भन्दै थियो,
“बिषय दुर्गा पूजा राख्नुहोस दाइ,
तर प्रयोग सिर्जनात्मक काममा नै हुने छ,”
सायद दशैं नजिकिदै भएर होला
विषयबस्तुको शीर्षक दुर्गापूजा जुरेको

सुमन दाइको अनुहारमा
अटुट राप्तीहरू बगिरहेका छन्
दुर्गा, शिब, राम, लक्ष्मी लगाएत कैयौ
भगवानका भक्तलाई
रसिदमा चन्दाको भेटि चदाउदा ।

यहाँ पूजा निरन्तर चलिरहन्छ
अनि भक्तहरू
जीर्णोंद्दार भएको मन्दिर निर्माणका लागि
स्रोत खोजीको प्रस्ताव उपर
छलफल गर्न
प्रत्येक दिन होटेल क्याफेमा
बिदेशी अमृत लिदै
गम्भिर चिन्तनसँगै
दुर्गा, लक्ष्मी, कालीका
एकहुल भक्तहरू
ठुलै बहसमा सदियौदेखि
जुटिरहेका छन् ।

रामकृष्ण पौडेल ”अनायास”
कविडाँडा

Leave a Reply

Your email address will not be published. Required fields are marked *