Skip to content

दशैंको कोसेली……


“यो दशैमा तिमी माइतीघर जाँदिनौ? अघिल्ला वर्षहरूमा २/४ दिन अघि नै तयार हुन्थ्यौ ।”

निन्याउरो मुख लगाएर एकोरिरहेकी सबु श्रीमानको प्रश्नले झस्किइन् ।

“जान्न यसपला घरमै मनाउला,” मन नलागी-नलागी ओकलिन् ।

“के भो सबु तिम्लाई? तिम्रा दिदीबहिनीहरू हिजै दाइको घर पुगिसके। तिमी जाँदिनौ? अस्ति त बहुत फुर्ती लाउथ्यौ?” श्रीमानले प्रतिप्रश्न तेर्स्याए।

“जान्न, अब कहिल्यै जान्न,” रुँग्ण आवाजमा सबु बोलिन् ।” अघि गएकी थिएँ, फर्केर आएँ। “सृष्टि दिदीले दाइलाई ‘सबु आइनन् दाइ?’ भनेर सोध्नु भो । ‘किन बोलाउँथे, त्यो दुई कौडी नभएको गरिबसँग बिहे गरेर जानेलाई ? हुनेखाने औकात हेरेर बिहे गर बहिनी भन्दा भागेर त्यस्तासँग गई। अहिले के खाऔ, भरे के खाऔ भइरहेको उसको परिवारमा दशैंको के कोसेली लिएर आउने औकात छ उसको ?’ दाइ फलाक्दै थिए म ढोकैबाट फर्किएँ ।”

सबुको गला अवरुद्ध थियो, भावबिह्वल बन्दै थिइन् ।

-पाँचथर
यतिखेर ; नेपाली संचार रेडियो मलेशिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *