Skip to content


आजभोलि दुख्दैन गोडा मैना काँडो टेके पनि
रुन्छ मन चिरिन्छ छाती जोडी ढुकुर देखे पनि

किन फेरि छुटाइदियो दुइटा मुटु जोडी
माकुरो झैं झुन्डिरैछु यो मायाको डोरी
मेरो माया सन्चै छ होला नौडाँडा छेके पनि
रुन्छ मन चिरिन्छ छाती जोडी ढुकुर देखे पनि

शिरमाथि तारा राखी मनकामना माइ
के हुन्छ कि हेरिरहू तिम्री छोरीलाई
सुनकेशरी छन् मेरै साथमा राक्षसैले रोके पनि
रुन्छ मन चिरिन्छ छाती जोडी ढुकुर देखे पनि

फेरि भेट हुन्छ हुन्न हाय मेरी प्रिया
काया जिउँला कतिञ्जेल जिऊ सधैं माया
विपनीमा पाइन्न देख्न सपनीमा देखे पनि
रुन्छ मन चिरिन्छ छाती जोडी ढुकुर देखे पनि

शब्द – माधबप्रसाद घिमिरे
स्वर – नारायण गोपाल
संगीत – अम्बर गुरुङ
मालती मंगले (नाटक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *