म एक़्लों कविता तिम्रो भावना सत्य निर्मल ।
प्रव्रित्तिबाट छु टाढा रचना अन्य गर्वित ।
प्रीय आफ्नै शिशु हुन्छ अज्ञानी मूर्ख जे पनि,
रचना उसकै प्यारा साच्चै हुन उसका भने
आफ्नै कर्म दीघो हुन्छ साच्चै नै चाहना भए ।
आफ्नै धर्म दिघो हुन्छ अर्कोको भर छोडदिए,
ढाटेको शिशुले माता जानेरै ज्ञान भर्दछे,
उँ आफ्नै बलियो देख्न अहोरात्र विचार्दछे…
चोरेयो घाटिको कण्ठ श्रीफुल दामी नै पनि,
लन्तुष्टी दिन सक्तैन अन्तकाल भएपनि,
मुखको वाणि झै प्यारो रुपको मान भैदिए
शान निर्लज्ज भै मर्छ ज्ञानधारा वहिरहे
थोत्रे झुप्रो ढिडो साग झुत्रा पोशाकमा पनि,
आत्मा स्फटिक झै हुन्छ सत्य निश्ठा भयो भने,
अर्काका घरको दाश सुविधा पूर्ण तैपनि,
हिनता छर्कने गर्छ पाईला पाईला गनि ।
निशा खनाल अर्याल,
हाल इजरायल,