Skip to content

दशै आयो तिहार आयो


दशै आयो तिहार आयो खुशी यतिका लिएर
म हाँसिरहेछु गहभरि आँशुका ढिका लिएर

के जवाफ दिऊँ म हाकिम को निर्णय बदलिएपछि
पर्खी होलिन मेरी आमा हातमा टीका लिएर

उँडेको बतास जस्तै गुडेको रेलगाडी हजुर
नौतुना पुगिसके छ मभन्दा पछिका लिएर

हिजोको अखबरमा दशैको यस्तो खबर आएथ्यो
जहाज गयो रे जाजरकोटमा कनिका लिएर

बाचे भने आर्को दशै तिहार सङ्गै मनाउला
मरे भने आउनेछ आमा सबै माथिका लिएर

© किसान क्षेत्री ‘किस्मत’
हस्तिचौर-८ पालुखा
गुल्मी

Leave a Reply

Your email address will not be published. Required fields are marked *