Skip to content


मायाले बाँध तिमी मलाई
मुटुमा साँच तिमी मलाई
चाँद तिमी नील गगनको
माया हौ तिमी निश्चल मनको
माया

मुहारमा पवित्रताको उज्यालोले छाएको
प्रकृतिको सुन्दर घटाले तिम्रो रुप सजाएको
माया

मुस्कानमा निर्दोशताको लहरहरू दौडिएको
आँखाहरूको सुन्दर तालमा माया नै माया पौडिएको
माया

मायाले बाँध तिमी मलाई
मुटुमा साँच तिमी मलाई
मायाले हेर तिमी मलाई
आँखैमा राख तिमी मलाई

शब्द, स्वर, संगीत – सम्भुजित बासकोटा
एल्बम – नेपाली माया

Leave a Reply

Your email address will not be published. Required fields are marked *