Skip to content

गाउँ-गाउँ बाटो बत्ती


गाउँ-गाउँ बाटो बत्ती गाडी पुर्याऊ सर्कार
तिम्रो दर्बारमा सुस्ता-माडी पुर्याऊ सर्कार

भोक भोकै मरिराछन् गरिब जनताहरू
घर -घर गाँस बास राडी पुर्याऊ सर्कार

खुलेआम दिनै दिनै चोरी बलात्कार हुन्छ
अस्मिताको रक्षा गर्न साडी पुर्याऊ सर्कार

त्यसै खेर गइरा’छ किसानको पसिनाले
उत्पादन युरोप र खाडी पुर्याऊ सर्कार

सँगै टुकु टुकु हिड्ने कहाँ कहाँ पुगिसके
दुनियाँलाई अब पछाडि पुर्याऊ सर्कार

Leave a Reply

Your email address will not be published. Required fields are marked *