Skip to content


शय्या लाई अवनि-बिचमा, शैल लाई सिरानी
सप्ना नाना मनभरि बुनी पर्खिएकी बिहानी
पू्र्नेको दीप्ति छ बदनमा, उर्लिएको जवानी
को होलिन् यी कुन जगतकी यत्तिकी रुपवानी !

हत्केला, पाउ, कर सबमा मेहँदी चम्किएको
बास्ना मीठो भुवनभरि लौ कस्तरी फैलिएको
यस्तो लावण्य र चमकले नित्य सिंगारिएकी
को होलिन् यी सकल दुलही झैं यहाँ ढल्किएकी !

उस्तै माधुर्य बक्ष-स्थलमा, बेरिएकी लतामा
माला मोतीसरि चमकिला शीतका छन् गलामा
छाड्दै मीठो सुरभि जगमा मग्मगाई बहेकी
को होलिन् यी कुन अवनिकी फक्रिएकी वसन्ती !

हाँस्छन् आदित्य जब यिनको केश छोई सुनौलो
झु्क्छन् ती मिर्ग-नयन लजाई लिई स्पर्श नौलो
रुक्छन् चञ्चल् पवन पनि मुस्कान त्यो हेर्न मिठो
को होलिन् यी जगमग बलेकी, अहो रूप् गजब्को !

यस्तो कौतूहल अधिर मन्मा छिनैमा पलाई
खोलेँ अन्तर्हृदय अब त्यो भन्न थाल्यो मलाई
“जाऊ ए मानुष अब ! लौ हात तिन्का समाऊ
उभ्याऊ यो जगत-बिच को हुन् तिनी लौ चिनाऊ” ।

(छन्द- मन्दाक्रान्ता)
ढाका
२०७१ असोज २२

2014-10-09 14:43:08 +0900

4 thoughts on “को हुन् यिनी”

  1. कविता निकै मेहनत गरेर लेख्नु
    कविता निकै मेहनत गरेर लेख्नु भएको देखियााे । बधाइ । तर छन्दमा भने तपाइँ अालोकाँचो नै देखिनु भयाे । अरु कुरा साेध्न मन भए भन्नु होला ।

  2. कविता निकै मेहनत गरेर लेख्नु
    कविता निकै मेहनत गरेर लेख्नु भएको देखियााे । बधाइ । तर छन्दमा भने तपाइँ अालोकाँचो नै देखिनु भयाे । अरु कुरा साेध्न मन भए भन्नु होला ।

    1. nirmal.bhattarai.98

      पढिदिनुभयो । धेरै आभारी छु ।
      पढिदिनुभयो । धेरै आभारी छु । भर्खर सिक्दैछु । सबैको सुझावको अपेक्षा गर्दछु ।

  3. बंगाली लवज “मानुष”
    ढाकाबाट बंगाली लवज “मानुष” आएको जस्तो लाग्यो…. राम्रो कविता पढ्ने मौका दिनु भएकोमा धन्यवाद…

Leave a Reply

Your email address will not be published. Required fields are marked *