• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • हास्यव्यङ्ग्य
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • लघु निबन्ध
  • विचारात्मक निबन्ध
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा
  • धिमाल भाषा
  • राना भाषा

मान्छे छुन नहुने सन्दर्भमा

editor — Sun, 10/12/2014 - 16:16

  • विचारात्मक निबन्ध
  • दिव्यदीप दहाल

मान्छे मान्छे वीच भेदभाव हुनु कुनै नौलो कुरा होइन । छुवाछुतको कुरो चलेकै हो, भोगेकै हो, कतै कतै अँझै पनि भोग्दैछन् । ऊ ठूलो जात, म सानो जात, म उँचो मान्छे, ऊ निचो मान्छे, उसको घरभित्र म पस्न हुंदैन, मेरो घरमा ऊ पस्न हुन्छ, हाम्रोले त्यो पधेंरोमा पानी भर्न हुंदैन, तिम्रोले यो मन्दिरमा पूजा गर्न हुंदैन, यस्ता वाद विवाद यी कानले कति सुने कति १ त्यस्तै लोग्ने (पुरुष) मान्छे, महिला (स्त्री) मान्छे वीचमा पनि छुवाछुत चलेकै हो जस्तो परसरेकी (छुई भएकी) महिला चार/पांच दिनसम्म छुन हुदैन । फेरि चोखिए पछि छुन हुन्छ, पकाएको खान हुन्छ यस्ता चलन प्रचलन थिदै थ्यो, छदै छ, केही खुकुलिएको छ । अर्थात बाटो, पधेरो छोईदैन आज भोलि १ सुकेका अन्न–पात, नभिजेका लुगा–फाटा, माझेर सुकेका भाडा–कुडां नछोइने मानेर चलनमा ल्याएका छन् ।

देशभित्रै पनि हिन्दू, मुस्लिम, क्रिस्चियन, बौद्ध आदि मार्गीहरू छन् । एक मार्गी (पक्ष)ले अर्को मार्गीका वर वा वधुसँग विवाह गर्न हुदैन थियो, पानी नचल्ने जातकासँग कसरी पारिवारिक सम्बन्ध गास्ने ? भन्ने प्रश्न हुन्थ्यो, छोरा छोरी सहमतीय पनि अविभावकले इन्कारिदिंदा, घर समाज निकाला हुनु पर्थ्यो, अजै पनि छैन भन्न खोजिएको हैन ।

परिवर्तन हुदैछ, मेरो गोरुको बाह्रै टक्का भन्नेहरू पनि छन् यो समाजमा । एक प्रकारको मार्गीसँग छिमेकी मुलूकका सोही प्रकारका मार्गीका सम्बन्ध रहदै आएको छ, उत्तर र दक्षिणसंगमात्र हैन अन्य पश्चिमा मुलूकहरूसँग पनि यसरी सम्बन्धगरी घरबार बसाउने क्रम चलेको छ, बढेको छ । यस्ता सुझ बुझकासाथ गरिने सम्बन्धहरूमा छुवा छुतको कुरा आउदैन परम्परावादी समुदायमा घरायसी समस्या एवं अस्वीकारोक्ति कतै देखिन्छ ।

यहाँ कुरा खोतल्न खोजिएको चाहिं बिल्कुलै फरक धारको छुवा छुत सम्बन्धी हो । श्रीमान् श्रीमती वीच होइन, बयस्क वीच होइन, जाती जाति वीच होइन, समूदाय समूदाय वीच नि होइन, भर्खखरै देखिएको, चिनिएको, जानिएको, अनुभव नगरिएको रोगका बारेमा हो । त्यो हो इबोला भाइरस रोग (भ्दयबि ख्ष्चगक मष्कभबकभ) यसले जात–पात, गोरो–कालो, ठूलो–सानो, अग्लो–होचो, शिक्षित–अशिक्षित, जान्ने– नजान्ने, तन्नेरी– बुढो, कोही केही हेर्दैन । मात्र उसले सर्ने माध्यम (बाटो) हेर्छ । त्यो माध्यम पायो भने जस्ताको तस्तै, उत्राको उत्रै, अणुको प्रमाणु जस्तो, अनगिन्ती संख्यामा, अनवरतरुपमा, चौविसै घंटा, तीसै दिन, बाह्रै महिना चल्न सक्छ, गल्न पर्दैन, फैलिन सक्छ, कुम्चिन पर्दैन, बड्न सक्छ, घट्न पर्दैन, उसकालागि मान्छेले बनाएको वा मानेको सीमा क्षेत्र हुंदैन, खुलम्खुला जहां पनि पुग्न सक्छ । अंह, अलिकति पनि कमजोर हुंदैन १ न भाषा चाहिन्छ, न ज्ञान नै । ऊ बोल्ने भनेको नै लक्ष्यण हो, त्यो माध्यमबाट हिंडेपछि लक्ष्यण देखाउँछ नै । के पशु, के पंक्षी के आफूलाई ठूला र जान्ने, छुन हुने र नहुने, माथि र तलका आंकलन गर्ने धर्मभीरु मान्छेहरू सबैसँग उसको त्यतिकै मित्रता हुनेमा सहमत छ । पशु र पंक्षीमा त उसको भेद छैन जंहा मित्रताको हात बढायो केही दिन पछि सोही ठाउँमा उसले अनिवार्य चोला बदल्नु पर्छ तर मान्छेमा भने भेद छ ।

सचेत मान्छेलाई मित्रता गांसे पनि चोला बदल्न मुश्किलमात्र हैन कहिलेकाहीं त हार मान्नु पर्ने हुन्छ । अचेत (होस नगर्ने) भए स्थान परिवर्तन गराई दिन्छ, अर्थात जात कर्म अनुसार डांडा, खोला, जंगल पाखा चोला बदलेपछि गरिने संस्कारमा भेद छ । त्यसमा पनि सहमति हुन सकेको छैन, जस्तो चोला बदलिएको प्राणरहित शरीरलाई मुस्लिम समुदायमा धोईपखाली गर्ने, हिन्दूको जस्तो कपडा बदली कफन ओडाएर अविर–माला पहिर्याउन लाग्यो भने उसका बशं बड्ने छ र खित्का छोडी हास्ने छ, वशंबृद्धि भएकोमा । तर सचेत मान्छेले नै तयार पारेको साधन प्रयोग गरी निश्चित आयतनका खाडल खनी एकै प्रकारले, विना भेदभावकासाथ संस्कार्ने हो भने ऊ खुम्चिन बाध्य मात्र हैन, जरो–बुट्टो हराउन पनि सक्छ । प्रयास चाहि जारी नै रहेको छ ।

यहाँ यस्तै रोग फैलिएका देशमा सहयोग गरी फर्किनेहरूका बारेमा उठाईएका तर्क–वितर्क, शंका–उपशंकाका बारेमा नै केही मन्थन गर्ने प्रयास गरिएको छ । इबोला सत्य हो, बास्तविक हो, माहामारी हो र यसको सीमा छैन पक्का हो । यस्ता माहामारी लागेका, फैलिएका देश वा क्षेत्रबाट अन्यदेशमा प्रवेश गर्दा, गरिने भेद–भाव, व्यबहार हरेक देशमा फरक छ । त्यस्तामा सर्व प्रथम छुवा–छुतको कुरोको चुरो पत्ता लगाउनु पर्ने हुन्छ र जरुरी पनि छ । बजारिया हल्लाको मात्र विश्वास गर्ने हो भने त पाउनु नपाउनु शास्ती हुने नै भो, अन्यथा एक त स्वंयहरू सतर्क, सजग र सचेतनाकासाथ कार्य सफलगरी वा पारिवारिक भेटघाटमा सीमित छुट्टी लिएर, स्वखर्चकासाथ गएका हुन्छन्, त्यसबेला यस प्रकारको व्यर्थको शास्ती खेप्नु पर्दा पीडा नभएर के होला त ? कसलाई मर्न मन लाग्ला र ? रोग लाग्नु पूर्व नै आएर सेवा प्रदान गरिरहेकाहरू स्वयं पनि सचेत छन् र के गरे सर्दैन भन्ने ज्ञान पाइसकेका छन्, दैनिक नभए नि साप्ताहिकरुपमा यो माहामारीका बारेमा लेखहरू प्रशस्त आई राखेका हुन्छन्, लेखिएका हुन्छन् यसो गर्नाले सर्छ, ? यसो गर्नाले सर्दैन भन्ने चेतनामूलक लेखहरू । त्यसकारण पनि यू.एन, स्वयंसेवक वा प्राविधिक वा अन्य घरायसी सेवामा रहेकाहरू हालसम्म सफल रहेका छन् ।

हो एउटा कुरा सजिलो भएको छ, यदि कुनै व्यक्तिलाई आफ्नो प्रिय बस्तु नभेटेको, छोडेको, बितेको वा त्यस्तै गम्भीर आर्थिक र मानसिक चोटलागि, घर नजिकको रुख, घर–कोठाको सिलिङ्गको पंखा, सार्वजनिक स्थलको झुण्डिन मिल्ने साधन, भीर–पाखा र बीषहरू खोज्नु पर्दैन, सोझै उल्लेखित भाइरस भएकाहरूसँग मज्जाले हात मिलाईदे पुग्ने भो । सँगै उठबस गरे नि भो, अंकमाल गरे नि भो वा त्यस्ता लक्ष्यण देखिएकाहरूबाट निसृत पसीना, रगत, बान्ता जस्ता रस आफ्ना खुलाशरीरमा स्वागत गरिदिए पछि त बढीमा एक्काइस दिन भित्र चाहेको काम फत्ते हुने भैगो नि ! डोरी खोज्न नि परेन, मेटासिट वा मुसाको ओषति किन्नु नि परेन, एकान्त खोज्न नि परेन, के गरी यो बन्धन (जीवन) तोडु भनी चिन्ता र हत्ते पनि गर्नै परेन । सजिलो काइदा फाईदै फाइदा ? तर सबै देशमा हाल यो सुविधा उपलव्ध छैन नि ? हो पश्चिमी अफ्रिकाका लाईबेरिया, नाइजेरिया, गिनी, सियरालियोन जस्ता देशमा यो सुविधा उपलव्त्र छ । नाईजेरियामा महंगो पर्छ, लाईबेरियामा शस्तो छ उपाए ! किनभने महामारीको संख्या यो देशमा उछिनेको छ । यदि यस्तै समूहकालागि भनेर डोरी, ओषतिको व्यवसायबाट जीविकोपार्जन गरेको भए अब सुक्न सक्छ, यी देशमा त्यस्ता व्यवसाय १ अर्को पनि छ कारण, असामयिक चोला बदल्न बन्ने त्यस्ता अनुकूल बाताबरण नै अब भेटिन मुश्किल छ यी देशमा, नचाहेको कुरा पछिलागेर आउला भन्ने चिन्ताले सताइरहेका बेला कता ती चाहेका अवसर खोजी हिड्नु ?

मान्छेको ठनाई पनि कति अचम्मको हुन्छ ? कुनै बोरामा राखिएका आलु मध्ये सडनलागेकालाई मात्र छानेर छुट्याइएमा अरु त नोक्सान हुदैन नि ! कुवाका प्रभावित माछालाईमात्र छानेर उपचार गरेमा अरु प्रयोग गर्न सकिन्छ नि ! तर त्यत्रो झन्झट कसले गर्ने ? यो हिसावले त अब मान्छेमा लागेको क्यान्सरेको भागमात्र अप्रेशन गरेर फाल्नु पर्नेमा, मान्छेलाई नै लगेर फाल्नु पर्ने भो ! विश्व स्वास्थ्य संगठनले पनि हावाबाट सर्ने होइन इबोला भनिसकेको छ । त्यस क्षेत्रबाट आएका जहाजै विटुलो, सामान नै विटुलो, खाध्यान्न विटुलो, पशुपंक्षी विटुलो अनि मान्छे विटुलो मानिन थालियो । कसरी यो विटुलोलाई सटुलो बनाउने ? ती भन्नेका आफन्त पनि यस्तो प्रभावित देशबाट फर्किनु परेको भए मुखमा बुजो लाग्थ्यो कि ? अन्यथा कलम पायो भन्दैमा जे लेख्दे पनि हुने, बोल्न पायो भने जे बोल्दे पनि हुने भए कुरो कोट्याउनुको तुक नै रहदैन । नियम पालनाको एउटा धर्सो नकोर्ने हो भने त खुला आकाश जस्तै अनन्त हुन्छ । ती देशका नागरिक पनि यो माहामारीका नियतिका घाम–पानीले पोल्ने रुझाउने नहुने पनि त होलान नि ? देशै खाली त हुदैन होला नि ! अनि कयौं प्रयास, अनुसन्धान जारी राखेर उपाय निकाल्दै होलान, मान्छे छुन नहुने त होइन होला अथवा हुन नपर्ने हो । उसँग रोग भए लक्ष्यण देखिनु पर्छ, लक्ष्यण देखिनासाथ मोलाहिजा नगरी यथासंभव, क्वाराइन्टाइनमा लगी अव्जरभेसन गर्न सकिएन भने चाहि मित्रताको हात बढन सक्छ, दिन दुना रात चौगुना नहोला भन्न सकिन्न ? त्यसकारण पहिलो सर्त सचेतना र लक्ष्यणको कुरा आउँछ, एडस जस्तो पाचं/दश वर्ष, क्यान्सर जस्तो एक दुई महिना वा वर्ष यसमा हुदैन, यो एक्काइसो शताव्दीको एक्सप्रेस रेल हो द्रुत गतिमा कुद्छ, निर्धारित विन्दूमा तुरुन्तै (एक्काइस दिन बढीमा) पुगी हाल्छ दुई तीन दिन नै काफी हुन्छ । दश दिनको यात्रा त उसकालागि लामो मानिन्छ । एक्काइस दिन त मार्जिन राखेर दिएको समय हो । उसलाई स्वागत नगर्ने वा टाढै रहने हो भने उसले यसो भन्छ :

कालो गोरो भन्दिन, ठूला साना जान्दिन ।
जात पात मान्दिन, यो देश ऊ देश भन्दिन ।।

सचेतसँग डराउछु, अचेतसँग म रमाउछु ।
प्राणी भए भइहाल्छ, उपस्थिति त जनाउछु ।।

दिन रात भन्दिन, हिउद वर्षा मान्दिन ।
शहर बजार घुम्दछु, बनपाखामा रम्दछु ।।

डाक्टरसँग डराउछु, परिवारमा म रमाउछु ।
हात मिलाए सर्दछु, धोए हात म मर्दछु ।।

अल्कोहलबाट भाग्दछु, रसादिबाट जाग्द छु ।
जान्ने कहां म खादिन, त्यसै, बाटो नभै लादिन ।।

वशं मेरो ठूलो छ, जताततै खाने चुलो छ ।
फेरि दिन्छु तिम्रो चोला, भन्छन् मलाई इबोला ।।

रोग बोकेर, भाइरस लिएर हिड्नेलाई कडा गर्नु जरुरी हो, आवश्यक हो, कुनै पनि देशमा माहामारी फैलिन हुदैन, आफ्नो घरमा लागेको आगोले छिमेकीको घरलाई पनि जलाउछ यदि समयमै रोकिएन भने । त्यसकारण रोक्नु पर्छ यसमा दुईमतै छैन तर आगो नै नलागेको घरलाई, आगो लाग्यो भनेर आफ्नो घर नजिकबाट दमकलले पानीका फोहरा फाल्नु वा दमकल बोलाएर तयार राख्नु त नपर्ने हैन र ? पानी मनि देखिएको छांयाले खान्छ र ? वा छायां, हावा, श्वासबाट यो रोग सर्ने हो र ? थर्मोमीटर गन भन्ने तापक्रम नाप्ने साधन आइसकेको छ जसले हरेक व्यक्तिको कान नजिक राखेर उसका तापक्रम नाप्न र जाच्न सकिन्छ यदि तापक्रम निर्धारित मापनभन्दा बढी भए उसलाई अलग्याउन सजिलै सकिन्छ । जहाजमा प्रवेश गर्नु पहिले हरेक यात्रुलाई अनिवार्य चेक गराएकै हुन्छ, यी देशहरूमा । मान्छे त परै जावोस जहाज पनि विटुलो भो भन्न बेर लाग्दैन, यो कसरी सर्छ भन्ने ज्ञान नभएमा १ र ती यात्रु बोकेर हिडाउने क्रु मेम्बरहरू पनि यही कित्तामा उभ्भिइनु पर्ने हुन सक्छ किनकि जहाज भित्र प्रभावित देशबाट कामगरेर गएका यात्रू छन् । ती देशबाट जाने यात्रुले त क्वारानटाइनमा जालान र दु:ख काटलान् तर ती मेम्बरहरू कहाजाने ? पुन उसलाई अर्को देश प्रवेश गर्न दिनेकी नदिने ? यस्ता प्राविधिक प्रश्न आउन सक्छन् । यसबाट आफूलाई जानिफकार भन्ने वा भनाउन लगाउनेहरूलाई भने क्ष्णिक आनन्द लागे पनि सन्तुष्टि हुदैन । यस्ता जटिल विषयमा चिकित्सकको दिमागले बिश्लेषण गरिनु पर्ने र आवश्यक भएमात्र कडाईकासाथ क्वाराइन्टाइनमा लानु चाहि बेस होला कि ?

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 350
  • 860 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • appreciate
    23 hours 11 sec ago
  • आभार
    1 day 18 hours ago
  • बहुत खुब कहिल्छि ।
    4 days 17 hours ago
  • आभार प्रकट गरे
    6 days 16 hours ago
  • शब्द र भाव राम्ररी मिलाउनु
    6 days 19 hours ago
  • यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
    1 week 12 hours ago
  • सारै राम्रो पुस्तक, बधाई छ
    1 week 14 hours ago
  • किताब राम्रो रहेछ । बधाई छ
    1 week 14 hours ago
  • एकदम सान्दर्भिक
    1 week 19 hours ago
  • आज पनि उत्तिकै शान्दर्भिक छ्न
    1 week 22 hours ago

लोकप्रिय रचनाहरू

Today's:

  • पछिल्ला रचनाहरू
  • खहरेको भेल-रहेछ
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • विद्यार्थी हुँ म
  • कोरोना भाइरस
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
  • छोरीको जन्मदिनको शुभकामना
  • हाम्रो बारेमा
  • जन्मदिनको शुभकामना
  • सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
  • महलकी रानी
  • यसै गरी मिलोस तिम्रो माया
  • शुभ दिन बिहानीको
  • गजल ( बिर्सिएको छैन आमा )
  • मैले कविता लेख्नै बिर्सेँ
  • पुराना कुरा
  • शेक्सपियर, एभन र म
  • जुनेली रात
  • हामी कोपिला
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • देशभक्त हुँ म
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • नजन्मिएको गीत
  • शुरुशुरुमा
  • मौका यही हो गर
  • भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
  • प्रेम पाप होइन
  • आँसु हाँसो मिलन बिछोड

Last viewed:

  • तालमा नाच्दै जाने हो
  • भाग्यले नि ठगेको मान्छे
  • बत्ती निभेको साँझ
  • यात्रा
  • एकै बेथाका दुई बिरामीहरु
  • मान्छे मान्छेबिचको सद्भाव
  • पेनाङ्ग
  • महिला हिंसा भो कि पुरुष हिंसा ?
  • छायाको गहिराइ
  • मन सानो भयो
  • रमाइलो गाउँ
  • जेलरको डायरीबाट
  • क्षितिज चेतना
  • मृत सहर
  • मृत्युको गीत
  • स्वगत
  • (लघुकथा) कामना
  • एकान्तमा मिठामिठा रहर
  • बुबाको मुख हेर्ने दिन
  • सन्दर्भ विश्व कविताको
  • ट्युमेनको किनारमा
  • चोली ...
  • सिंहवाहिनी -१३- तेह्रौं अध्याय (देवी र दानवसेना बीच लडाइँ)
  • राजको अन्तिम पत्र आशालाई
  • अरुको लाख आमाको काख
  • देशप्रेम
  • जन्म रात र पुनःर्मूल्याङ्कन
  • मन्दिरमा छ कि मूर्तिमा माया
  • मूर्ख कालिदास विश्वप्रसिद्ध कवि बने
  • ब्रह्माण्डको ताण्डवमा अनौठो म
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित