Skip to content

सकारात्मक सोच भए….

सकारात्मक सोच भए …….
कतै फुल्छ जीन्दगी यो काँडैकाँडामा
कतै फुल्छ जीन्दगी यो डाँडैडाँडामा।
जहाँ जता फुले पनि जीन्दगी यो हाम्रो
सकारात्मक सोच भए जहाँसुकै राम्रो।
अक्करिलो भिरमा पनि फुलेकै छ फूल
चट्टानको शिरमा पनि फुटेकै छ मूल।
फूल्मा होस् या मूलमा होस् जीन्दगी यो हाम्रो
सकारात्मक सोच भए जहाँसुकै राम्रो।
मरुभूमि भित्र पनि रसाउँछ पानी
महासागर भित्र पनि हुन्छ जीन्दगानी।
दुख सुख आँसु हाँसो जीन्दगी यो हाम्रो
सकारात्मक सोच भए जहाँसुकै राम्रो।
देवीचरण भण्डारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *