Skip to content

यूवाहरुको उत्प्रेरक श्रोतः सरीता गुरुङ

20141019_AnujKulung


फेसबुक मेरो एउटा अवसरको माध्यम हो । मलाई त्यस्तो लाग्छ । श्रद्धेय संगीतकार बालान्द राई मलाई भन्नुहुन्थ्यो कि “अनुज कतिपय काम त आजकल मलाई फेसबुकले नै पो दिएको छ त हौ । भनौ न यसैले पो कहिले काहि मलाई पालेको हो कि जस्तो लाग्छ । प्रयोग गर्न जाने ठुलो प्लेटफर्म छ अनुज ।”

फेसबुकमा जानेर नजानेर जसरी भए पनि मलाई केही त्यस्ता साथीहरूसँग जोडिदिए । जोसँग मेरो मनोभावनाहरू एकिकृत भइदिन्छ । अनि म पुग्छु । ती व्यक्तिहरूको निकट । र म खुशी हुन्छु । उनीहरूसँग निकटतामा बाधिन पाउदा । त्यस्तै निकटतामा फेसबुकले मलाई जोडिदिएको एक साथी हुन् यूवा बर्गहरूको एक प्रेरणाको श्रोत समाजसेवी सरीता गुरुङ । संभवत फेसबुक नभएको भए मेरो सरीतासँग परिचय नहुन्थ्यो होला । भनौ उनीसँग एक त्यस्तो सामिप्यता नबढ्थ्यो होला ।

सरीताको कार्य गतिबिधीहरू म यी फेसबुके हावाको तरंगहरूमार्फत क्षणभरमा नियाल्न पाउथे । मलाई गर्व लाग्थ्यो । अँझ पनि उत्तिकै गर्व लाग्छ कि सरीताको काम गर्ने शैलीहरू देख्दा । यति कम उमेरमा पनि सरीताले समाज सेवामा सक्रिय भएर दुःख र पीडामा भौतारिरहेका व्यक्तिहरूको घाउ फुक्नमा उनी निर्धक्क अघि छिन् । सधै ती पीडितहरूको मल्हम बन्न उनी रुचाउछिन् । भनौ न दुःखमा साथ दिने अमुर्त या भनौ मुर्त साथी ।

म बिगत ६ वर्ष यतादेखि पोखरामा बसिरहेको छु । उनको घर पोखरा भइकन पनि काँठमाण्डु शहरमा जानेर नजानेर बस्न बाध्य बनिन् । कामको हिसाबले, पढाइको हिसाबले या अरु धेरै हिसाबले उनी काँठमाण्डुमानै बस्दै आएकी छिन् । पोखरा र काठमाण्डु बीचको २०० कि.मी को यो टाढा रहेको साथीको सम्बन्धलाई फेसबुकले हरबखत नजिक भए पनि हामीलई भौतिक रुपले भेटघाट चाहि चाहेको समयमा हुन सकेन । हिमालयन जाभा ठमेलमा एकपटक भेट गर्ने कुरा भए पनि त्यो मौका मिलिरहेको थिएन । भनौ मेरो आफ्नै ब्यस्तताले अनि उनको पनि । केही समयअघि उनी पोखरा हुँदै सिक्लेससम्मको यात्रामा आएको सरीताले फेसबुक वाल पोष्टमा उनले लेखेको थिइन “साथी अनुज । यो पाली म तिमीलाई भेटेरै जानेछु । सके भेट्नु ल ।”

मैले भेट्ने तरखर मिलाए । उनी फोन गर्दा सिक्लेसमा रहेको जानकारी दिए । भोलि फर्किने र त्यही भेट गरौ भनेपछि मैले भेट्ने समयको तारतम्य मिलाए । र एक बिहान भेटे लेकसाइडको भित्रि एक होटलमा । उनी त्यस्तै हसिलो मुहारले अगाडि प्रकट भइन । उनीसँग त्यस्तै उत्साह देखिन्थ्यो । ताकि म महशुष गर्थे कि यिनीसँग प्रबल रुपमा परिवर्तन गर्न सक्ने त्यस्तो अद्भुत क्षमता छ ।

करिब ९ जनाभन्दा बढी असह्य पीडा बोक्ने पीडितहरूको सहयोगमा नेतृत्व गरेर ती व्यक्तिहरूको पीडाको बोझ कम गर्न सफल रहेको सरीताको पहिलो सहयोगको माध्यम चाहि त्यही फेसबुक क्याम्पीन नै हो । “सकरात्मक सोचले नै समाज परिवर्तन गर्न सकिन्छ ।” यो उनको बोलीले मलाई निकै परको नेपथ्यबाट तानिरहेको थियो । उनी नेपाली समाजमा रहेको समस्याहरूको अध्ययन अनुसन्धान गर्न समय समयमा धेरै ठाउँहरू पनि घुम्न रुचाउछिन् ।

जस्तो उनले कर्णालीको केही भेग उनले घुमिसके । उनी भन्छिन् “अनुजजी । मलाई लाग्छ कर्णालीमा हामीले सोचेजस्तो त्यति साह्रै चाहि मैले दुःख पीडा छ भन्ने मलाई लागेन । भलै त्यो क्षेत्रको अन्य ठाउँहरूमा त्यस्तो होला । तर मलाई चाहि त्यो ठाउँमा त्यस्तो हुनुको कारण भनेको त्यही बसोबास गर्ने व्यक्तिहरूको कारणले हो जस्तो लाग्छ ।” उनले त्यहाँ आउने पुरुषहरू अधिकांशले अल्कोहल अनिवार्य प्रयोग गरेको देखे । त्यो देखेर उनलाई असह्य पीडा भो । त्यहाँका महिलाहरूले बच्चा काखमा राखेर तान बुन्ने काम गरिरहेको देखे । ती पुरुषहरू त्यहाँ काम नगरी खाली तास जुवामा सीमित भएको देखेपछि उनलाई लाग्यो कि महिलाहरूको अधिकार के हो ?

उनले त्यहाँ त्यस्तो सम्भावना पनि देखे कि त्यस ठाउँको खेतबारीहरू पुरै बाँझो रहेको र त्यसलाई यदि प्रयोग गर्ने हो भने उत्पादन क्षमता बृहत्तर रहेको पनि जानकारी दिए । “अनि त्यहाँका यूवाहरू, पुरुषहरू काम के गर्छन ?” मेरो प्रश्न त्यतातिर निकै आकर्षित भयो “अनुजजी । त्यहाँका मान्छेहरू काम नभएपछि दिल्ली जाने र काम गर्ने । सकेसम्म केही पैसा कमाउने पनि । तर कर्णाली फर्किदा एचआइभी लिएर फर्किने रहेछन् ।” उनको आक्रोसता देखेपछि लाग्यो कि हाम्रो नेपाली समाजमा सामाजिक परिवर्तनको चेतना नहुनुको मुख्य कारण यस्तै यस्तै लाग्यो । म स्तब्ध भए त्यो कुरा सुनिराख्दा ।

खासा, चरिकोट, जोमसोम जस्ता दर्जनौ ठाउँहरूमा भ्रमण गरिसकेका उनले विभिन्न ठाउँमा विभिन्न प्रकृतिका समाज देखे । नेपालमा महिलाहरू शिक्षित छन् । तर स्वतन्त्र छैनन् । यो पुरुषप्रधान देशमा पुरुषहरूको बढी हाबी भएको बताउछिन् । शिक्षित महिलाहरूले सोचेजस्तो काम गर्न पाउनमा स्वतन्त्रता पाउदैनन् भने अशिक्षित महिलाहरूको के कुरा गर्नु ? उनको आक्रोशता ब्यापक थियो । महिला अधिकार हाम्रो नेपाली समाजमा अँझै पनि फैलिएको छैन । यही कुरा राख्छिन् सरीता ।

“समाज सेवा गर्छु भनेर लाग्नु बचपनदेखिको इच्छा हो ? कहाँबाट प्रेरणा आयो यो क्षेत्रमा लाग्न” मेरो प्रश्नको जवाफमा उनले भनिन् “म मेरो आमाबाट प्रेरित भएकी हुँ र मेरो प्रेरणाको मुख्य श्रोत भनेको फ्लोरेन्स नाइटिंगेल नै हो । जसलाई म सानैदेखि पढ्ने गर्थे । र उनको त्यो लाल्टिन बालेर गरेको सेवाबाट मैले अँझसम्म पनि उत्तिकै प्रेरणा र उत्साह मिलिरहन्छ ।”

आजका यूवा कतातिर जादैछ ? भनेर उनलाई सोध्दा अधिकांश यूवाबर्गहरू अँझै पनि आफ्नो लागि आफै गर्न सक्ने बृहत्तर रुपमा विकास भएको पाउदिनन् । हाम्रा उमेर बर्गका अधिकांश यूवाहरू आफ्नो आमा बुबासँग नै निर्भर रहेको बताउछिन् । देशको राजनीतिक अस्थिरताको प्रभाव हो । जुन प्रभावले नेपालमा हुन सक्ने सम्भावनाहरू पनि अघि बढेको छैन । अर्को कुरा नेपालीहरूसँग त्यो क्षमता छ । जुन क्षमताहरू नेपालमा उपभोग गर्न पाइएको छैन । दुबई, कत्तार, हङकङ सबै नेपालीहरूको श्रमले नै विकास भएको हो भन्ने कुरामा उनी निःसंकोच आफ्नो कुरा राख्छिन् ।

उनी बिगत केही हप्ताअघिसम्म एक म्यानपावर कम्पनीमा काम गर्थिन । भर्खरै उनले राजीनाम दिइन । उनले त्यहाँ काम गर्दाको अनुभवमा बताइन कि हाम्रा नेपाली खाडी मुलुकमा जानको लागि एक लाख नखत तिर्न तयार हुन्छ । त्यो जम्मा महिनाको रु.१२००० । तर त्यही एक लाख नेपालमै खर्च गरेर भैसी तथा अन्य नगदेवाली कृषि क्षेत्रमा खर्च गरेर मेहनत गर्ने हो भने त्यो जतिको कमाई यही हुन्छ । तर नेपाली त्यसो गर्नमा लाज मान्छन् । सम्भावना कति पनि देख्दैनन् । उनको यस्तै गुनासोले मलाई पनि एकाकार गरिरह्यो ।

निकट केही समयमा नै उनले अब आफ्नो यो कार्यलाई संस्थागत रुपले अगाडि लैजाने जानकारी दिइन् । अनि मलाई सोध्न पनि भ्याइन कि मैले संस्थागत गर्दा राम्रै होला नि है ?

मैले हुन्छ भने । आफ्नो कार्यलाई अगाडि बढाइरहनु भने । हामी सधै तिम्रो साथमा हुनेछौ भने । अन्त्यमा भनिन् कि यूवा जनशक्तिहरू बिदेश नगइदिए हुन्थ्यो । आफ्नो सीपलाई नेपालमै प्रयोग गरे काइदा हुन्थ्यो नि । उनको सोचाइ मेरो सोचाइसँगै सधै एउटै ।

“कफि लि म न है ?” एकपटक बिदेशी चिसो झोल खाएर शीतलताको अनुभव लिइसकेपछि अर्को पटक फेरि कफि मगाइन । कफिको सुरुप लिदै उनले आफ्नो साहित्यप्रतिको रुचि अत्यन्त रहेको पनि बताइन । उनले आफ्नो डायरी पनि भबिष्यमा प्रकाशित गर्ने सोच बनाएकी छिन् । असलमा उनी राम्री गीत लेख्छिन् । कविता लेख्छिन् । केही गीतहरू बजारमा आएको पनि छ ।

“अनुजजी । भोग्न अँझै बाकी नै छ । त्यही भएर डायरी निकाल्ने सही समय होइन यो मेरो ।” उनी हरेक काम योजनाबद्ध ढंगले गर्छिन । बिगतमा कस्तो थिए, आज कस्तो हुनुपर्छ र भबिष्यमा के हुन्छ यो कुराको निकै ख्याल गर्दै उनी आफ्नो कार्यमा सरिक भइरहन्छिन् । उनको सफल समाजसेवी बन्ने सपनाहरू यसरी नै सफल बन्दै जाओस् । यही शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *