मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
के लेख्नु मैले पर्यो
editor — Mon, 10/20/2014 - 03:19
धर्ती यो हरियो थियो सगरका तारा उज्याला थिए
मेरै प्रीति सुहाइ कान्तिपुरका सन्भुयाल अग्ला थिए
छाया आज पर्यो छिप्यो छवि कहाँ के देख्नु मैले पर्यो
आँसूमा अब चिप्लियो कलम यो के लेख्नु मैले पर्यो !
मेरीलाइ म देख्छु झल्झल त्यही टाँसिन्न यो पत्रमा
मेरीको मनको किनार रँगिलो गाँसिन्न यो पत्रमा
यो बायाँ मुटु चस्कँदो छ कसरी जान्दैन कोही पनि
छाया एक मभित्र रुन्छ कसरी सुन्दैन कोही पनि
मेरा अक्षर लेखिदे वनचरी ! वैशाखको पातमा
बोल् हे गोलसिमल् ! चुँडेर दिल यो एकान्तको रातमा
लैजा बादल ! दूर देश दिलको आँसू कहाँ छन् उनी
आउन्नन् हकि काव्य सुन्न उनकै फर्केर कैल्यै पनि
मेरो साथ बसेर हाँसिरहने रानी ! खरानी बन्यौ
आमा शान्ति र कान्तिकी सकलकी साजा कहानी बन्यौ
आफैँ ईश्वरले रचेर कसरी त्यो चित्र च्यातीदियो
के थालूँ अब लेख्न जीवन जहाँदेखिन् इतिश्री भयो
सम्झी ल्याउँछु- आज छैन रिस क्यै गाली गरेहुँ किन
जाने नै रहिछन् नि ! त्यो दिन त्यसो मैले गरेहुँ किन
आपुनैले त कसूर गर्छ अहिले देखेर पो के भयो
के सम्झेर गइन् उनी गुणकथा लेखेर पो के भयो
आनन्दी दुनियाँ छ एक मनका मेरा पखेटामनि
छन् दुःखी परिवार किन्तु घरमा चीसा परेलामनि
केही छैन उपाय खालि कमलो छाती लिएको किव
टाढा ताक्छ नगीच गुम्छ कविता मुर्दा छ छैनन् छिव
यौटा मानिस जो गयो-हृदयको सर्वस्व मेरो गयोप
यौटा पुस्तक लेखियो-हृदयको रुन्चे कुना देखियो
साँचो जीवन त्यो गुमाइ कसरी झूटो कथा यो भनूँ
वैरीलाइ समेत लेख्न नपरोस् यस्तो अरु के भनूँ !
क्वै भन्लान्- शिरको सिँदूरसहितै गौरी गइन् स्वर्गमा
क्वै भन्लान्- यस काव्यमा अमर छन् गौरी यहीँ मत्र्यमा
बाँचेको क्षण सत्य हो अरु कुरा के हो कसो हो अब
ती मेरी घरमा थिइन् हृदयको छन् सम्झनामा अब
कोट्टयाउष कति घाउ यो कलमले अड्कन्छ अड्कन्छ है
सम्झी ती दिन ती कुरा हृदयमा खड्कन्छ खड्कन्छ है
खोली पुस्तक आँसुको लहर यो हेरेर बत्ती मनि
सम्झीद्यौ सबले कुनै दिन यहाँ गौरी थिइन् रे ! भनी
- 557 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- आभार
8 hours 5 min ago - बहुत खुब कहिल्छि ।
3 days 7 hours ago - आभार प्रकट गरे
5 days 6 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
5 days 8 hours ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
6 days 2 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
6 days 4 hours ago - किताब राम्रो रहेछ । बधाई छ
6 days 4 hours ago - एकदम सान्दर्भिक
6 days 9 hours ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
6 days 11 hours ago - भुगोल ले नछेकेको माया
1 week 4 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- चर्चित नेपाली यौनकथा
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- पाँच मुक्तक (अब त टाढा भएछु)
- शूण्य (विज्ञान कथा)
- अधुरो ईच्छा (यौन कथा)
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- हाम्रो बारेमा
- आँसु हाँसो मिलन बिछोड
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- मेरी बहिनी
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- दुब्ले बाइ (कथा)
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- नयाँ बर्षको शुभकामना
- पाठ्यक्रममा साहित्यिक कृति
- तिमीलाई जन्मदिनको शुभकामना
Last viewed:
- दशैँ
- सोझो मान्छे भएछ (मुक्तक)
- पर्खी बसे आउला भनी मेरो उठने पालो
- जीवन व्यर्थै झरेर गयो
- फरक संसार
- दुखी जीवन
- ऐनै ऐनाको रहेछ
- दलित साहित्यको सौन्दर्य
- लाहुरे फूल ! म तिम्रो नाम फेर्न चाहन्छु
- हाइकू कसरी लेख्ने ?
- धेरै हारेँ जिन्दगीमा,अझै पनि हार्नु कति
- तिमीले भनेका सारा देव छोएर
- तिमी राम्री सबै भन्दा
- मेरो अन्तरोद्धन
- धेरै चोटि आँखा जुध्यो तर तिमी हाँसेनौ
- सारस सूची
- बिर्सेर फेरि मलाई नहेर
- सय गङ्ग, स्योंग थासी ङ् हाजी (तामाङ् गीत)
- साला काठमाण्डौं
- जापानमा कृसु क्षेत्रीको हाइकुसंग्रह 'नीलो आँसु'को लोकार्पण
- नया बर्षको शुभकामना
- गाउले जीवन
- आँखाले कोर्ने रङ्गहरूका कोलाज
- नि:शब्द शब्दहरू
- मेरी उनी
- गजल
- तीन मुक्तक (प्रकृति र पबृत्ति)
- आश हजुरको
- एकान्तमा धोको फेरि रुन पाए हुन्थ्यो
- तीन रमाइला मुक्तक
Post new comment