Skip to content

माया मेरी साँझ बनी

  • by


माया मेरी साँझ बनी डोली चढी आउँछिन्
एकान्तमा परेलीमा लुकेर निदाउँछिन्

रातभरि हराउँछु डुली सपनीमा
बोलाउँछिन् शीत भई हाँस्दै बिपनीमा
दिनभरि छायाँ बनी अघिपछि हुन्छिन्
एकान्तमा परेलीमा लुकेर निदाउँछिन्

फेरि उही गोधुलीमा भेट हाम्रो हुन्छ
युग-युगसम्म हाम्रो प्रीति दोहोरिन्छ
यसरी नै माया मेरी सधैं मुस्कुराउँछिन्
एकान्तमा परेलीमा लुकेर निदाउँछिन्

शब्द – पुरुषोत्तम सापकोटा
स्वर, संगीत – भक्तराज आचार्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *