मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
घर बनाउने साइत
editor — Thu, 10/23/2014 - 03:14
"भोलि मेरो गृहप्रवेशको घरपैँचो कार्यक्रम छ । सपरिवार पाल्नुहोला है, उपसचिवज्यू !"
"घर बनाउन कति खर्च लाग्दो रहेछ खर्दारसाव् ?"
"मेरो तीनतले घर बनाउन बीस लाख लाग्यो । एकतले घर बनाउन उपसचिवज्यूलाई त्यही दशलाख जति मात्र लाग्छ ।"
खरिदारले सुन्नेगरी त उपसचिवले मुख फोरेन । उसले मनमनै सोच्यो – "बाफ् रे ! कहिले जम्मा गर्ने त्यत्रो दशलाख र मैले घर बनाउने ! होस् बरु यही काठको भुइँकटेरोमै बस्छु ।"
हिंजो मात्र लेखापालको गृहप्रवेशको भोज खाएर आएको उपसचिवको टोपी नै खसेको थियो लेखापालको पाँचतले घरको माथितिर हेर्दा । उपसचिवको सामाजिक प्रतिष्ठा नुहेको थियो र आफन्तहरू पराई भएका थिए । सबै सम्बन्धहरू सम्बन्धहीन भएका थिए । यी सबैको एउटै कारण थियो कटेरो अर्थात् उसको घर ।
घरपीडाले उपसचिवको निद्रा आँखाबाट पर पर भाग्दै गएर सिङ्गै रात काँचै हुन थाल्यो । उसको मस्तिष्कमा खालि दशलाख र नयाँ घरले डेरा जमाइरह्यो । मुश्किलले झकाउँदा पनि तन्द्रामा ऊ बर्बराउँथ्यो – "क–कसरी जम्मा गर्ने दशलाख !"साथीभाइ र इष्टमित्रसित ऋणको याचना गर्न थाल्यो । उपसचिवलाई दिन्छु भन्ने आश्वासन मात्र दिए उनीहरूले ।
दुई वर्षमा सातलाख ऋण सिलो गरेर जम्मा पार्यो उसले । सञ्चय कोषमा जम्मा भएको आफ्नो तीनलाख रुपैयाँ आफैँले ऋण सापटी लियो उपसचिवले । यसरी दशलाख रुपैयाँ जम्मा पारेर खुशीले फुरुङ्ग पर्दै ठेकेदारकोमा गयो ऊ । एकघण्टा हिसाव गरेर ठेकेदारले घोषणा गर्यो – "तीनकोठाको एकतले घर बनाउन बीसलाख लाग्छ, उपसचिवज्यू !"
दुई वर्षको महङ्गी वृद्धिको यो हिसाव ठेकेदारबाट सुन्दा उपसचिव छाँगाबाट खस्यो । उपसचिवको घर बनाउने साइत कहिल्यै जुरेन ।
रामविक्रम थापा
फाक्टाङ– २ कृष्णगर्त, खोटाङ
मो.नं. ९७५३००४३६०
- 4002 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
21 hours 42 min ago - आभार
1 day 17 hours ago - बहुत खुब कहिल्छि ।
4 days 16 hours ago - आभार प्रकट गरे
6 days 15 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
6 days 17 hours ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 11 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 13 hours ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 13 hours ago - एकदम सान्दर्भिक
1 week 18 hours ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 20 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- पछिल्ला रचनाहरू
- खहरेको भेल-रहेछ
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- कोरोना भाइरस
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- विद्यार्थी हुँ म
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- हाम्रो बारेमा
- छोरीको जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना
- शुभ दिन बिहानीको
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
- महलकी रानी
- यसै गरी मिलोस तिम्रो माया
- गजल ( बिर्सिएको छैन आमा )
- मैले कविता लेख्नै बिर्सेँ
- पुराना कुरा
- शेक्सपियर, एभन र म
- जुनेली रात
- हामी कोपिला
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- नजन्मिएको गीत
- शुरुशुरुमा
- मौका यही हो गर
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- प्रेम पाप होइन
- देशभक्त हुँ म
- चर्चित नेपाली यौनकथा
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
Last viewed:
- म आजभोलि
- अरूसँग नजोख मलाई
- रेटिँदै छ जिन्दगी
- अँध्यारो प्रभात
- देश हरा'को सुन्न पर्छ कि!
- रीता,गीता र सीता
- गंगा लिगलको सङ्क्षिप्त परिचय
- चार मुक्तक (हानाहान भो)
- थोरै बोल्नु, धेरै गर्नु
- किन लाग्छ माया
- लाहुरे फूल ! म तिम्रो नाम फेर्न चाहन्छु
- "बुद्ध एयर"
- भावनाको तरङ्ग
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- नेपाली साहित्यिक गतिविधिको सङ्क्षिप्त विवेचना
- नादिया र परेवाहरू
- मन
- खुट्टा तान्दै गर
- पिरतीको सुन्दर त्यो संसार तिमीले किन ढाल्यौ
- आशा (कविता)
- पल्टन
- परमपदका लागि रचनादान
- सोह्रको आनामा लेख्छु गजल
- डाँडाघरका माहिला सर
- चङ्गा चेट
- पीडा र आसुँ अनि तिमीलाई प्रश्न
- आधा जिन्दगी
- गर अब राज
- नयाँ विहानी
- २०६६ ले मेरो खुशी लुटेर गयो
Post new comment