Skip to content

बैमानी कालो मन


हे मेरो मन तै भन, किन भाग्छस् यसरी घरी घरी ?
किन तं उड्छस्, सधैभरी, यताउता दोब्बर हावासरी ।
उपाय छ त केही, तलाई रोकी यहाँ मनाउने ?
गर्छस् किन बैमानी, लाज नभै दुनिया हँसाउने ?

राम्रोमा नि बस्छस्, धेरै नराम्रोमा रमाउदछस् ।
नौलो चाह तं भित्र, किन झन् झन बढाउछस् ।
शंका छ तं भित्र कति,कति छैन सीमा समाउने ?
आफैलाई छली तं, लुकी लुकी किन रमाउने ?

बिहानी उही छ, हावा, रमझम मौसम नि उही छ ।
तं भित्र सधै किन ? नया लालच, चाह र प्यास छ ।
आफै भित्र स्थिर, नबसी बग्छस नदी झैं कलकल ।
उपाय छ केही, मेटाउन, तेरो चाह र तलतल ?

लाग्दैन धुप झरी, तलाई बाक्लो कुहिरो तुसारो पनि ।
उकाली ओराली, जताततै तंलाई छैन छेक्ने बार पनि ।
आफ्नै बसमा, बस्न नमान्ने हे बैमानी कालो मन ?
बाईपखीं घोडाबनी, उड्ने आफै तं भन नढाटी भन रु

Leave a Reply

Your email address will not be published. Required fields are marked *