Skip to content

धर्म केलाई भाक्ने ?


विश्वभरी भ्रमण गर्ने, नशा भारी बोकी,
वान लाग्यो तरंगको, निष्ठुरी पो हो कि ।
पैरो आई पहाडको, थुनिएछ नदी,
अलपत्र पानी जस्तै, नमाथि न अघी ।

पौरख छन् जाँगरमा, भावनामा इश,
सन्यासमा शान्ति मिल्छ, अज्ञानमा रिष, ।
स्वार्थ बढे द्वन्द बढ्छ, प्रक्रितिको रित,
टाढै हुन बेस हुन्छ, ज्यादै प्रिय सित ।

छिया छिया भयो दिल, चुडिने हो कैले?
त्रिष्णा गयो क्षितिजमा, मुनाहरु वैले ।
छैन भर त्राश वढ्यो, भत्तकेको चौतारी,
जीन्दगानी जाने होला, यसै गरि, गरी ।

किसानको हलो जुवा, कोदालोको भर,
गोठालाको वस्तु गोठ, तस्करको डर,
सुकुम्वासी हासी हासी, आशा मारी बाँच्ने,
स्वर्ग जाने ईच्छै छैन, धर्म केलाई भाक्ने?

निशा खनाल अर्याल

1 thought on “धर्म केलाई भाक्ने ?”

  1. केही प्रतिकृया जनाऊँ भने पनि
    केही प्रतिकृया जनाऊँ भने पनि बहिनीले पढ्ने हाेइनन् अनि के जनाउनु । बरु हाेस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *