Skip to content


शुन्दर तलाउमा रम्ने राजहंस झै,
आँखाको परेलीमा तिमी सजिएका छौ ।
हरिया डाँडा पखेरूमा फुल्ने लालीगुरास झै,
मनभित्रका तरेलीमा तिमी फुलेका छौ ।।

निलो गगनमा रातमा देखिने ध्रुबतारा झै,
प्रत्येक दृष्यमा तिमी प्रतिबिम्बित छौ।
हर रात आउने मिठा सपनीहरूमा,
मेरा दिलभित्र तिमी बास बसेका छौ ।।

सुन्दर ताज महल झैँ हिर्द्यको महलमा,
सफा एनाको रुपमा शुशोभित छौ ।
हर मन्दिरमा पुज्ने घन्टाको स्वरमा,
तिमी मेरो दिलभित्र गुन्जिएका छौ ।।

निशा खनाल अर्याल

Leave a Reply

Your email address will not be published. Required fields are marked *