Skip to content

जानुछ दुनियाँ भुलाएर


जानुछ दुनियाँ भुलाएर एकदिन
आफ्ना मान्छे रुवाएर एकदिन

सुनिन्छ तब चमत्कार हुनेछ
रातमा सूर्य उदाएर एकदिन

बैरीलाई पनि रुवाउने छु मैले
मेरा दर्दहरू सुनाएर एकदिन

प्रयास गरी हेर म हिड्ने बाटो
बलेको दियो बुझाएर एकदिन

कोशिष त मैले गरेको थें हाँस्न
मन’ को पिरलो लुकाएर एकदिन

मनसुन

Leave a Reply

Your email address will not be published. Required fields are marked *