Skip to content

एक दर्जन हाइकु (च्याब्रुङको आवाज )


चिसो मौसम
च्याब्रुङको आवाज
गुञ्जिन्छ झन

जीवन फूल
मुन्धुमको सिंचन
सुवासमय

सेवारो मित्र
उर्लिएको छालमा
बुझेर बग

लिम्बुनी चेली
सिरबन्दी सिरैमा
नडुब्ने जून

अम्लारी फूल
ओइलि सुके पनि
सुगन्ध उस्तै

चाँप फुलेछ
नयाँ साल फेरियो
हाँसो र आँसु

माघेनी मेला
चिसो रात छर्लङ्गै
धान नाचेर

चिसो मौसम
च्याब्रुङको लयले
न्यानो बनायो

पाकेको बाली
खानु अगाडि न्वागी
किराँती रीति

१०

पालाम बिना
धान नाच्नु भनेको
पानीको फोका

११

लिम्बुवानको
ऐँझेरुहरूलाई
तासेर फालौँ

१२

लिम्बुवानको
सङ्लो पोखरीहरू
धमिलो हुन्न

चाँगे- ५, ताप्लेजुङ
हाल: धरान

First published : 2014-11-03 09:38:12 +0545

Leave a Reply

Your email address will not be published. Required fields are marked *