Skip to content

मन भन्दा धन भाको खोजी हिड्छेउ कत्ती
कुनै दु:ख कस्टमा सम्झिन्छेउ एहि साथी ।

धनको धनी नभएनी मनको धनी थिए
तिम्रा लागि ज्यान सुम्पे आँसु कत्ती पिए
कत्ति मिलि हिड्छ यी कमिलाका ताती
बुझ्ने गर एथार्थ एस्को पनि साथी।

सबको लागि पैसा होल मेरो लागि साथ ठूलो
बाचकसम खाथे कत्ती आखिर कता भुलो
पैसा पनि दुस्मन बन्छ बन तिमी जाती
छाती पोल्दा याद गर्नेछौ दु:खी यो साथी।

देव घिसिङ (दु:खी)
खनियाखर्क ०८ सिन्धुली

1 thought on “साथी…….देब”

  1. जीवन काश्यप

    प्रतिक्रिया
    यो त गीत होईन र ?गजल नभनेर गीत भन्दा उत्तम होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *