Skip to content

तीन मुक्तक (जो पनि क्रुद्ध देखिन्छ)


मुक्तक थुङ्गा एक
जो पनि क्रुध्द देखिन्छ आजभोलि
शान्ति अबरुध्द देखिन्छ आजभोलि
मानवता बिरुध्द धर्म लागेपछि
बुध्दहरूकै युद्ध देखिन्छ आजभोलि ।

मुक्तक थुङ्गा दुई
पूर्णिमाको जूनमा बयेली खेल्ने ताल हुँ म
चानेचुने नसम्झ कालको पनि महाकाल हुँ म
सुनामी हुदहुद वा निलोफ़र जे नाम दिन्छौ देऊ
मान्द्रो बेरिए झैं बेरिएर आउने छाल हुँ म ।

मुक्तक थुङ्गा तीन
पानीको कुनै आकार हुँदैन
झुठको कुनै आधार हुँदैन
पैसालाई महान देख्छौ भने साथी
हाम्रो मित्रता साकार हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *