जिन्दगीभरि खोजेको थिइन सधैँभर जुनेली
नहुँदो रहेछ चाहे जति नि जीवनमा उजेली
कसैको चाह हुँदैन यहा वियोग हुनलाई
अतितको मिलन संझिदै एक्लै धरधरी रुनलाई
मनको ब्यथा नलुक्दो रैछ पुसेर परेली
नहुँदो रहेछ चाहे जति नि जीवनमा उजेली
शीतको थोपा बिहानीसँगै पातमै बिलीगो
खसेर आखिर धरती भिजाई धर्ती मै मिलीगो
सागरै सुके ननिभ्दो रैछ मनको डढेली
नहुँदो रहेछ चाहे जति नि जीवनमा उजेली
चाँगे – ५, ताप्लेजुङ
हाल: धरान- १०, सुनसरी