Skip to content

पीडा बिर्साइदिने त्यो तिम्रो माया


जबदेखि यो हृदयको तार तिमीसँग जोडियो
मेरा जीवनका पाईलाहरू पनि एकाएक मोडियो
आँसुभित्र पनि सुखद सुभाष खोज्न थालियो
पाईलै पिछे त्यो प्रेमरस जलपान गर्न पाईयो

तिमीसँग हिडदा सुनसान बाटो पनि सुन्दरताले भरिदिन्छ
तिम्रो साथले कठिन लामो यात्रा पनि सहजै छोटिन्छ
कुन रंग हो तिम्रो सवथोकलाई प्रेम मै बदलिन्छ
त्यही साथ पाउन यो मन लालायित भइदिन्छ

तिम्रो नयनले पनि प्रेमकै बाण हान्छ
त्यो मिठो मुस्कानले झन यो मन लठै पार्छ
प्रेमको मुहान नै हौ कि तिमी
सवले तिम्रै निम्ति लाययित हुन्छ

मेरो मन बद्लिने त्यो तिम्रो प्रेम सदवै पाइरहु
त्यो प्रेमको सागर भित्र यो मन सदैव पौडन पाइरहु
पीडा विर्साई दिने त्यो तिम्रो माया सदैव दिइरहनु
रंग, जातवाट माथिल्लो त्यो माया मेरा लागि राखिरहनु

Leave a Reply

Your email address will not be published. Required fields are marked *