Skip to content

तिमीसँगै हुँदा पनि गजल कोरें मैले


तिमीसँगै हुँदा पनि गजल कोरें मैले
छोडी गयौ रुँदा पनि गजल कोरें मैले

याद के हो थाहा हुन्न बिर्सिनेलाई मात्रै
सम्झनाले छुँदा पनि गजल कोरें मैले

तिमीसँगै हाँस्ने मेरो रहर दुखेपछि
आँसुसँगै धुँदा पनि गजल कोरें मैले 

बुन्दा बुन्दै सपनाको तानमा गाँठो पर्दा
नमिलेको बुँदा पनि गजल कोरें मैले

चाँगे- ५ नेसुम, ताप्लेजुङ
हाल: धरान-१०, सुनसरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *