Skip to content

हामीलाइ हाम्रो आफ्नै मौलिक पहिचान चाहिन्छ


हामीलाई हाम्रो आफ्नै मौलिक पहिचान चाहिन्छ
पहिचान अनि संघीयता सहितको जनसंविधान चाहिन्छ

कति गर्छौ छि:छि: दूर दुर सहन्नौँ हेपाइ अब
पोडे मुसहर सबैलाई आत्मसम्मान चाहिन्छ

धेरै कटे कष्टपूर्ण निरङ्कुशताका रातहरू
स्वतन्त्रतासहितको छुट्टै नयाँ सुनौलो बिहान चाहिन्छ

निस्तेज पार्नु पर्छ सबले बिदेशीको अतिक्रमण
त्यसको निम्ति मनभित्र राष्ट्रियताको रुझान चाहिन्छ

थारि थरि धर्म छन् थरि थरि जात जाती
सबै मिली बस्न सक्ने नयाँ नेपाल चाहिन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *