Skip to content

”हामी ती नारी जाति हौँ, जसले हजारौँ बर्षदेखी मानवीय सन्तुलन कायम गर्दैआएका छौँ | मानव जातिमा हाम्रो सँख्या धेरै छ तापनि हामीले छायाँको रुपमाबाँच्नु परेको छ |”

यी पँक्तीहरु महीलावादी लेखिका तथा पत्रकार रबीनमोर्गान र उँहाका साथिहरु मिलेर सन १९९४ मा विमेन्स इन्भ्वारमेन्ट एन्डडिभिलपमेन्ट अर्गनाईजेसन को ग्लोबल स्ट्राटेजी मीटिँगको घोषणामा लेख्नुभएको हो | त्यो घोषणा पात्र आफैँमा महीलाहरुको बारेमा एउटा सिँगोप्रस्तुती छ भन्दा पनि फरक परोईन; त्यसैले यी पँक्तिकारले आफू र आफ्नाजस्ता थुप्रै महीलाहरुका ”अस्तित्व” बारे बयान गर्नको लागि सापट लीइरहेकोछ |”म” नेपाली महीलाकी एउटी प्रतीक; मेरो नामको कुनै महत्ता छैन, मेरो कामकोकुनै मूल्य छैन, मेरो उपलब्धीको कुनै मान्यता छैन !

जसको गर्भमा पुरुश नौ महिनासममा रहन्छ,जसबाट प्रथम पटक स्तन-पान गरेरजीवन धान्ने आहारा लिन जान्दछ, जसले औँला समातेर हिँड्न सिकाउँछीन,केवलआँखाले मुहारेको भरमा ती वाल-ह्रीदयका हर्ष र बिस्मातका बयानहरु लिपिबध्धगरिदिन सक्छिन; तर उनको ”अस्तित्व” नकारिन्छ !”प्राणिको पहीलो सँस्कार कोखमा नै हुन्छ” यी हरफहरुका रचएता हाम्रैपौराणीक गुरु बशिष्ठका शब्दहरुमा घोत्लिने हो भने पनि , त्य्हाँ महिलाकोअस्तित्वले नै काम गर्दोरहेछ ! किनकि, ”कोख” मा धारण गर्ने काम त जननीकैहुन्छ !तर पनि, वारम्बार उनलाई सोधिन्छ,”कसको श्रीमती ?, कसको छोरि…??? कसकीबुहारि ??” मानौँ, कानूनले उनलाई प्रदान गरेको नाम, जन्मिएको ठाँउ अनीपेशागत परिचय केहीको काम छैन; त्यसैले उनको अस्तित्व छैन !

हुनपनि, हामी त्यस्तो समाजमा जन्मियौँ, जहाँ आँखा खुले देखि नै सुनाईयो,पढाईयो,”स्त्रीलाई कुमारिमा पिता, युवतिमा पति र ब्रिध्धाअबस्थामापुत्रले रक्षा गर्दछन…….स्त्रीले स्वतन्त्र रहनु हुँदैन |”चाहे ती पिताहरुले गर्भावस्थामै दोबाटोको ढुँगो जस्तो ठोकर मार्दैहिँडुन, चाहे ती युवतीलाई पति बनेकै हकमा लात्ती र मुड्की कस्दै रहुन याबुढिआमाले खाएका अन्नका हरेक गेडाका परिश्रम असुल्ने गरेरै छोराहरुलेउमेर र रोगले जीर्ण बनाईसकेको शरीरलाई लदाउँदै गरुन !तर महीलाको अस्तित्व ”पुरुष” बिना हुनै सक्तैन, रहनै सक्तैन ! त्यसैलेहोला, कसैसँग परिचय गर्न थाल्यो, अधेड उमेरकी महीला देख्ने बित्तिकैघुमिफिरी प्रश्न तेर्सिन्छ, अनि…..यहाँको श्रीमान को त ?….केगर्नुहुन्छ?…..कता हुनुहुन्छ ? आदि……आदि ! कुरो उहि, घुमिफिरीरुम्जाटार !!”अस्तित्व”को लडाँई कुनै ब्यक्ति बिशेष पुरुषसँग होईन; यो त”पुरुष-प्रबित्ती, जो हैकम मात्र चलाउन जान्दछ” उसैसँगको हो |

यो घरभित्रको शक्ति प्रयोजन बारेको हो; जीवन माथि नीर्णय जनाउन सक्ने अधिकारकोअभिप्राय हो; आर्थिक श्रोतमा हालि-मुहाली गर्न पाउने बिषयसँग सम्बन्धितकुरो पनि हो; समग्रमा भन्नुपर्दा, एउटा महीलाले ब्यक्तिको रुपमा जीवन्तभएर बाँच्न पाउने अधिकारको हो | त्यसको लागि पुरुषले आफ्नो अस्तित्वजन्मिएदेखिनै जनाउन पाउने तर महीलाले आफ्नो अस्तित्व जनाउन ”पुरुषरुपीबैशाखि” कै प्रमाण जुटाईरहनुपर्ने ?चाहे क्यारोल हेन्स्चले सन १९६९ मा लेखेको निबन्धले उठाएको ”पर्सनल इजपोलिटिकल”(नीजी कुरा नै राजनैतिक कुरा हो) बहश होस या सन १९९४ को रविनमोर्गान तथा साथीहरुले लेखेको ”महीलाको विश्वाश” सम्बन्धी घोषणा-पत्र यायो पन्क्तिकारले उठाउन खोजेको ”अस्तित्व” को प्रश्न होस, हामी जस्ताब्यक्तिहरुले चाहेको कुरो यत्तिनै हो, महिलाहरुले पनि एउटा ब्यक्तिकोरुपमा सन्मान पाउन,स्वतन्त्र भएर बाँच्न पाउन !

उनिहरुको जीवन्शैली कसैकोनाकको प्वालमा बढेको रौँ नहोस कि, जुन बेला पनि सकसकाई रहोस !हुनत, बिद्वतबर्गहरुको राय यस बारेमा भिन्ना-भिन्नै छ, उँहाहरु मध्धेकैराम आचार्य भन्नुहुन्छ,” प्रथमत: यो प्रश्न प्राय: गरी महिला साथिहरुलेनैसोध्ने गर्नुहुन्छ जस्तो लाग्छ । आजसम्म मबाट कसै…लाई यो प्रश्नसोधिएको छैन । बरु एक-दुई कुरा हुन नपाउँदै उहाँहरुले नै फलानो मेरोश्रीमान हुनुहुन्छ नि भनेको सुनेको छु । यसलाई नकारात्मक रुपमा लिनु पर्छजस्तो मलाई लाग्दैन । महिला साथीहरुले आफ्नो पुरुषलाई अगाडी सारेर आफ्नोपरिचयलाई दरिलो पार्नुको पछाडी ती महिलाको आफ्नो पुरुषप्रतिको गर्वकोप्रष्फुटन हो ।

हाम्रो परम्परमा एक पतिको प्रथा परपूर्वकालदेखि चलिआएकोछ । जबसम्म यो भित्री भावना जगृत रहन्छ, जबसम्म यो गर्व ताजा रहन्छ,तबसम्म संबन्ध-सम्बेदन गाढ रहन्छ । जब कुनै महिला आफ्नो पहिचान पुरुषहसँगजोड्न चाहन्न भन्नुको पछाडि उनिमा शायद, त्यो गर्व चकनाचुर हुँदै गएको हुन सक्छ । — तर यसै हुनु पर्छ भन्ने जरुरी चाँही छैन । मेरो मनसरी त्यस्ता महीला -साथीहरुमा ठेस पुर्यौनु खोजेको चाहिं होईन|”यस्ता बिचारहरुले ठेस पुगेको त होईन, केवल ”अस्तित्व” को लडाँई लड्नखोजेको! जव ”म” ”मेरो” परिचय दिँदैछु भने त्यहाँ सरोकार नपरेको ब्यक्तिबारे गरिने प्रश्नको प्रयोजन ?अर्का विद्वान सुवास पोखरेलको सोच छ,” खोइ, भन्न न हुने बेथा सारो,कुरोघुमी फिरी कुरो त्यहीं आउँछ, पुरुष प्रधान मानसिकताको उपज हो यो,परिबर्तन हुन अल्ली समय लाग्छ !”फेरि आफैँलाई प्रश्न गर्न मन लाग्छ,”महिलाको अस्तित्व” ब्यक्तिको नाममाजोगाउन अझै कति बर्ष पर्खनु पर्ने ? महीला अधिकार र हकको बिषयमाबिस्वब्यापी नारा उर्लिएको पनि अब त एक सय बर्ष नाघिसकेछ, नेपालकै कुरागर्ने हो भने पनि पौराणीक-काल देखिकै प्रसँग उठाउन सकिन्छ | यस अर्थमा,पौराणीक नारीहरु धेरै शक्तिशाली थिए,कम्तिमा पनि उनिहरुको अस्तित्वदुत्कारिन्न थियो ! उनिहरुको अस्तित्व कुनै न कुनै रुपमा स्विकारिएकैहुन्थ्यो!

उनिहरुले जन्माएका सन्तानलाई ”कुन्ति-पुत्र”, ”गान्धारि-पुत्र””द्रौपदी -पुत्र” भनेर आमाको नामलाई अस्तित्व प्रदान गर्दै सम्बोधनगरिन्थ्यो; तर अहिले महिला अधिकारको नारा गुँजिएको पनि सय बर्ष टेकनैलागेको बर्षमा पनि यो पँक्तिकारले नेपालको पन्जिकाधिकारीको कार्यालयमागएर आफ्नो नाबालीक छोरासँगको नाता प्रमाणित गराउन जाँदा दुत्कारियो,भनियो, ”तपाईँको नागरिकता, अस्पतालको जन्म-दर्ता प्रमाण या कुनै परिचयलेपनि लछारपाटो लाग्दैन (भाषा यही नभए पनि यस्तै ठाडो थियो), जबसम्म उसकोबाबुको नागरिकता ल्याउनुहुन्न, तबसम्म म तपाँईलाई नाता-प्रमाणित गरेर दिनसक्तिन |”

जवकि, अस्पतालको कागतमा बावुको नाम प्रष्टै किटिएको थियो ! तरपनि ”म” र ”मेरो” उपस्थितीले पनि मैले जन्माएको छोरासंगको मेरो नाताप्रमाणित गराउन सकिएन ! भोलिपल्ट परिवारको नातासम्म नपर्ने एकजना साथिलेबावुको नागरिकता लिएर गएपछि, मेरो छोरासँगको मेरो नाता प्रमाणितभयो | त्यहाँनेर ”मेरो अस्तित्व” को के महत्व रहेछ त ? ती सरकारी पदाधिकारीले त्यति बेला भनेका शब्दहरु,”मलाई तपाँइको महिला हकर अधिकारका कुराको कुनै मतलव छैन !……आदी….आदि” भनेर दिएका जवाफहरुझन्डै दश बर्ष बितिसक्दा पनि कानमा तातो शिशा घोलेर हालेझैँ आज पनि भतभतीपोलिरहेछन |

त्यसैले पनि अर्काले एउटा लठ्ठिमा झुत्रा झाम्रा बेरेर उभ्याईदिएको”बुख्याँचा” नै किन नहोस, महिलाको अस्तित्व चिनाउन पुरुष उभिनै पर्छ !तर प्रबुध्धबर्गले यसमा पनि महिलानै अग्रसर छन भन्ने मान्यताराख्नुहुँदोरहेछ भन्ने कुराको प्रमाण फेरि पनि राम आचार्य कै भनाईबाट लिनसकिन्छ | उँहा बिचारमा,” अनौठो कुरो भने किन एक महिलाले नै अर्की महिलालाइयो प्रश्न सोध्छिन ? म न त मनोबैज्ञानीक हुँ या न त समाज शास्त्री नै, योप्रश्न प्राय: गरी ति महिलाबाट सोधिएको हुन्छ जस्को श्रीमान आर्कीमहिलाको श्रीमानको तुलनामा अलि शक्तिशाली छ भन्ने उनिमा भान हुन्छ ।

यस्को पछाडि तीन वटा कुरा लुकेका हुन्छन्: १) उपल्लो दर्जाको परिवार र शक्तिशाली पतिको भ्रम२) म तिमी भन्दा राम्रै हुनु पर्छ र मेरा माइती पनि तिम्रो भन्दा राम्रैहुनु पर्छ, अन्यथा मेरा पतिले मलाई बिहे गर्दैन थिए भन्ने भ्रम३) म तिमीभन्दा भाग्यमानी हुनु पर्छ नत्र यस्तो अवसर मिल्दैन थियो भन्ने भ्रमयी सबैलाई जोड्दा तिमी म जती माथी छैनौ भन्ने भ्रम|”तर राम आचार्यको बिचारसँग पूर्ण रुपमा सहमत हुन पनि यो मन मान्दैन;किनकि, आफ्नै वरिपरिका विबाहित महिलाहरुको जीवन चर्या हेर्दा पनिकहीलेकाँही लाग्छ, उनिहरु उकुस-मुकुस हुने गरि निसास्सिएर बस्दा पनिआफ्ना अभिब्यक्तीहरु नीर्भिकतासाथ पोख्न सक्दैनन | कारण, त्यहाँ समाजको भयहुन्छ, परिवारका मूलीहरुको नदेखिने तर स्पष्टै महशुस गर्न पर्ने आदेशहुन्छ, अझ रविन मोर्गानकै भाषामा भन्ने हो भने, ”हामी ती महिला हौँ, जसकोबारेमा पुरुषहरुले चेतावनी दिन्छन |”अस्तित्वको लडाँईमा,सामाजीक, आर्थीक, शैक्षीक र सँस्कारगत कुराहरुकोभूमिका हुने र सबैलाई एउटै कसिमा राखेर हेर्न नहुने धारणा अर्कीबुध्धिजिवी माधवी बस्नेत-कार्कीको छ | उँहा यसलाई प्रमाणित गर्न आफ्नोतर्क पेश गर्नुहुन्छ, ” मोहनदास कर्मचन्द गान्धी आफ्नै छोरा हरिलालगान्धी भन्दा फरक थिए |”

त्यसैले उँहाको बिचारमा हरेक पुरुषले एकै खालेबिचार प्रकट गर्छन भन्ने छैन र बिशेष गरि नेपालीहरुको सन्दर्भमा यो कुराआउँछ; जहाँ सकारात्मक कुराहरुलाई ध्यान दिनुको साटो नकारात्मक चासोमाधेरै केन्द्रित गरिन्छ|कहिलेकाँही लाग्छ, यदि महीलाहरु पहीले देखिनै शिक्षित हुन पाएका भए,उनीहरुले अस्तित्वको तराजुमा बराबरको हिस्सा पाएका भए, शास्त्र रपुराणमा आधारीत रहेर खाका कोरिएको हाम्रा समाजका नियम कानूनहरुउनिहरुद्वारा पनि लेखिने थियो होला र त्यसमा आफ्नो बर्च्वस्वको हक पनिछुटाउँदैन थिए होलान ! अनी समाजको काया एकाँगी भएर पल्टिने थिएन होला !

तरस्थिती ठीक उल्टो भयो, यसलाई रविन तथा साथिहरुले थोरै शब्दमा धेरैभन्नुभएको छ,”हजारौँ बर्षदेखी महीलाहरुलाई बिना शक्ति ठूलो जिम्मेवारीप्रदान गरिएको छ भने पुरुषहरुसँग बिना जिम्मेवारी अत्याधिक शक्ति सन्चितरहेको छ |”तर ती सबै त कल्पनाका कुरा भए,आजको वास्तविकतामा डुबुल्कि मार्दै अब योप्रण गर्नुपरेको छ कि, ”म” र ”मेरो” अस्तित्वलाई चिनाउन अब कसैको नाम रबैशाखीको आवश्यकता छैन, कसैलाई ”म” ब्यक्तिको ब्यक्तित्व मात्रै ग्राह्यछैन भने ”मेरो” अन्तर्मनलाई पनि त्यस्तो ब्यक्तिको बिचारले कुनै सरोकारराख्तैन ! किनकि, हामी कसैको ”छाँया” भएर होईन ”पूर्ण ब्यक्ति” भएर बाँच्नचाहन्छौँ |आजको नारी दिवसको यथार्थलाई यसै गरि स्वीकार गरौँ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *