आज फेरि पत्र कोरे, कोर्दा कोर्दै च्यातिदिए
घाऊ लागेका मुटुहरू, फेरि पनि फाटिदिए
धन्यवादको पात्र बने, रुवाई कसैलाई यहाँ
छक्याएर आफूलाई, आफैले आज ढाटिदिए
चाहना त हैन मेरो, कसैको दिल तोडिदिने
त्यसैले त दु:खाउन, यी हातलाई काटिदिए
अतालिदै रोइरहन्छु, बेदना झारी आँखाबाट
बेहोसीमा पीइरहे आज, त्यसैले त मातिदिए
मैले सोचेको थिएन, यस्तो पनि हुन्छ भनी
आफ्नै ठानी जीवनलाई, सबैथोक साटिदिए
रन्जना न्यौपाने
चरोकोट, दोलखा